ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे - देउवा

काठमाडौं, कात्तिक ६ (नागरिक) - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले सत्ता प्राप्तिलाई लक्ष्य बनाएर सहमति गर्न खोजेकोले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको बताएका छन्। नेपाली कांग्रेस सम्वद्ध मुस्लिम संघ नेपालले दशै, तिहार, छट र इदुल फित्रको अवसर पारेर राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पौडेलले भने,'सत्ता प्राप्तिलाई लक्ष्य बनाएर माओवादीले सहमति गर्न खोजेको छ त्यसैले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको हो।' माओवादीको अन्तिम लक्ष्य सत्ता प्राप्ति गर्ने भएको प्रतिक्रिया जनाउदै सडक आन्दोलनले सत्तामा जान नसकिने जिकिर पौडेलको थियो। 'सडक आन्दोलनको चेतावनीले सत्ता प्राप्ति हुदैन, संसदमा बहुमत पुर्‍याएर सरकार हट्छ' पौडेलले माओवादी तर्फ आक्रोशित हुदै भने। 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले त्रिदलिय साझा सहमतिको प्रस्तावमा राष्ट्रपतिको कदमलाई असंवैधानीक भन्ने किसिमको कुनै पनि भाषा राख्न नहुने बताएका छन्। '१८ दलको सिफारीसका आधारमा तत्कालिन प्रधानसेनापतिका विषयमा राष्ट्रपतिले कदम चालेको कुरालाई असंवैधानिक भन्न मिल्छ?' देउवाले प्रश्न गरे। 

उनले उपप्रधानमन्त्रीमा सुजाता कोइरालालाई वढुवा गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भने, 'पार्टी भित्र छलफलै नगरी गिरिजावावुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे।' देउवाले पार्टीलाई जानकारीनै नदिए भएका यस्ता निर्णयले सुजाताको राजनीतिक छवी थप घट्ने टिप्पणी गरे। 

कांग्रेस कार्यवहाक सभापति सुसिल कोइरालाले नयाँ संविधान निर्माण गर्न सबै दलहरु सहमतिमा आउनु पर्ने बताए। सहमति विना संविधान लेखन र शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन त्यसको लागि सबै दल सहमतिमा आउनै पर्छ' कोइरालाले भने।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by