ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 18, 2009

माओवादीको व्यवहारले सहमितमा ढिलाईःओली



भक्तपुर, २०६६ कार्तिक १ - एमाले नेता केपी ओलीले माओवादीका नेताहरुले पिपलपाते कुरा गरेका कारण दलहरुबीच सहमति हुन नसकेको बताएका छन् । एमाले गाउँ कमिटी बालकोट भक्तपुरले आइतबार बिहान आयोजना गरेको दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा उनले साझा सहमति र आन्दोलन दुबै थरीका कुरा गर्ने प्रवृतिका कारण माओवादीलाई विश्वास गर्न नसकिएको बताए ।

ओलीले माओवादीले सहमतिको मिति तोक्दै जाने र सहमतिको पालना पनि नगरी जनतालाई अल्मल्याउने काम गरेको आरोप लगाए । शान्ति प्रक्रिया, संविधान निर्माण अहिलेको मुख्य ऐजेण्डा भएकाले त्यसका लागि तत्काल संविधानसभा र संसद सुचारु गर्न दिनुपर्ने उनको भनाई थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by