ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

'राष्ट्रपतिबाहेकका बिषयमा लचिलो हुन्छौ'

दीपेन्द्र बिष्ट/काठमाडौ, २०६६ कार्तिक ३ - 
कांग्रेस कार्यवाहक सभापति सुशिल कोइरालाले राष्ट्रपतिलाई लान्छना लगाउनेबाहेक अन्य बिषयमा आफ्नो पार्टी लचिलो हुने बताएका छन् । माओवादीले मंगलबार आयोजना गरेको चियापानमा उनले राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेस लचिलो हुने बताए । उनले भने, 'राष्ट्रपतिलाई लान्छाना लगाउनेबाहेकका बिषयमा लचिलो हुन्छौ ।' तर माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई लान्छना लगाउने नभइ उनले चालेको असंबैधानिक कदमबारे संसदमा छलफल हुनुपर्ने बताए । उनले पनि राजनीतिक गतिरोध अन्त्य गर्न माओवादी हदैसम्म लचिलो भएको बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले सहमति र सहकार्यको लागि एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । दसैको अवसरमा आफ्नै पार्टीले आयोजना गरेको तथा एमालेको चियापानमा सक्रिय उपस्थित देखाएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला भने माओवादी चियापानमा उपस्थित भएनन् । कांग्रेसका कार्यवाहक सभापति कोइराला, रामचन्द्र पौडेललगायत केही मन्त्रीहरुको मात्र चियापानमा उपस्थिति थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by