ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

प्रधानमन्त्री माओवादीको चियापानमा सहभागी नहुने



काठमाडौ, २०६६ कार्तिक ३ - प्रधानमन्त्री माधवकुमार नेपाल माओवादीले आयोजना गरेको चियापानमा सहभागी नहुने भएका छन् । एमाले बरिष्ठ नेताको रुपमा मात्र माओवादीले आमन्त्रण गरेपछि उनी चियापानमा सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्री निकट श्रोतहरुका अनुसार उनलाई प्रधानमन्त्रीको रुपमा नभइ एमाले बरिष्ठ नेताको रुपमा मात्र आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले प्रधानमन्त्रीलाई चियापानमा आमन्त्रण गरिएकोबारे जानकारी नभएको बताए । उनले भने, 'निम्तो आएको बारे जानकारी भएन । निम्तो गरे नगरेको बारे माओवादीलाई सोध्नुस न ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by