ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 18, 2009

चीन र नेपालका वैज्ञानिकद्वारा जलवायु परिवर्तन असर अध्ययन


केदार ओझा-काठमाडौ, २०६६ कार्तिक १ - 
नेपाल र चीनको संयुक्त वैज्ञानिकहरूको टोलीले रसुवा जिल्लाको लाङटाङ हिमालय अन्तर्गतका विभिन्न हिमशृंखलामा जलवायु परिवर्तनले पारेको असरबारे स्थलगत अध्ययन थालेको छ । नेपालको त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र इन्स्िटच्युट अफ तिब्बतियन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सको संयुक्त प्रयासमा यो आध्ययन थालिएको हो । 

प्रारम्भिक अध्ययन र अनुसन्धानका लागि बेइजिङबाट काठमाडौं आएका वरिष्ठ प्राध्यापकहरू सहितको नेपाली टोलीले लाङटाङको माथिल्लो भेगमा रहेका हिमाली क्षेत्रमा एघार दिनको स्थलगत अध्ययन गरी हालै काठमाडौं फर्केका छन । टोलीले यला हिमालको हिमतालदेखि नुवाकोटको त्रिशूलीमा बग्ने पानीको नमुना परीक्षण गर्न संकलन गरेका 

छन् । संकलन गरिएका नमुना बेइजिङस्थित प्रयोगशालामा परीक्षण हुने बताएको छ । 

हिउँको वाषिर्क उतार चढाब मापनका लागि पूर्वनिर्धारित रूपमा राख्ने योजना बनाएको अत्याधुनिक प्रविधि भने वैज्ञानिकहरूले यस पटक राख्न सकेनन् । बेइजिङमा हिउँको उतारचढाव र जलवायु परिवर्तनसम्बन्धी विषयमा पीएचडी गरिरहेका डीबी कट्टेलका अनुसार अकस्मात मौसममा आएको परिवर्तनका कारण हिमक्षेत्रमा पुगेर पनि प्रविधि जडान गर्न सकिएन । कट्टेल पनि संयुक्त टोलीमा सहभागी थिए । तर टोलीले खराब मौसमका बाबजुद जीपीएस प्रविधिबाट नक्सांकन, उच्च भागको हिउँको नमुना संकलन र अनुसन्धानका लागि उक्त क्षेत्र उपयुक्त भएको ठहर गर्न सफल भएका छन् । 

यो परीक्षणबाट विभिन्न उचाइहरूमा जलवायुको अवस्थाको वितरण कसरी भइरहेको छ, एवं विगतको अवस्था कस्तो थियो भन्ने पत्ता लाग्ने कट्टेलको दाबी छ । 

चीनमा विज्ञान र प्रविधि क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने चाइनिज एकेडेमी अफ साइन्सले त्रिभुवन विश्व विद्यालय 

मातहतको जल तथा मौसम विज्ञान, केन्द्रीय विभागसँग गरेको सम्झौतपछि यस प्रकारको अनुसन्धान थालिएको हो । चाइनिज एकेडेमी अफ साइन्सले नेपालका साथै समानान्तर रूपमा तिब्बत हिमाली क्षेत्रमा पनि तुलनात्मक अध्ययन गरिरहेको छ ।

दुई देशमा यस क्षेत्रका वरिष्ठ वैज्ञानिकहरू संलग्न भएर थालेको यो अनुसन्धान पहिलो भएको सरकारी अधिकारीले बताए । संलग्न वैज्ञानिकहरूले सोचेजस्तो अनुसन्धान समयमै सम्पन्न भए निष्कर्ष जलवायु परिवर्तनको क्षेत्रमा विश्वव्यापी चर्चाको विषय हुनसक्ने ठानिएको छ । 

उत्तर र दक्षिण दुई ध्रुवका विषयमा व्यापक अध्ययन भइसकेको भए पनि हाल आएर तेस्रो ध्रुव -थर्ड पोल) पनि रहेका मान्यता

राख्दै त्यसप्रति विश्वव्यापी चासो बढेको हो । वैज्ञानिकहरूका अनुसार तेस्रो ध्रुव तिब्बतियन प्लेटलाई मानिन्छ । तेस्रो धु्रवमा नेपाल, पाकिस्तान, काजकिस्तान, चीन, भारत, भुटान आदि हिमालयन क्षेत्रका देशहरू 

पर्छन् । 

गत अगस्ट महिनाको 

दास्रो साता बेइजिङमा विश्वका वैज्ञानिकहरूले तिब्बतियन प्लेटलाई तेस्रो ध्रुव मान्दै गहन अध्ययनका लागि 'थर्डपोल इन्भारोमेन्टल कार्यक्रम' थाल्ने सहमति व्यक्त गरेका थिए । अनुसन्धानबाट हिउँ पग्लने, जलवायु परिवर्तन र विश्वमा बढ्दै गएको तापक्रमका सम्बन्धमा निचोड निकाल्ने चिनियाँ वरिष्ठ वैज्ञानिक थान्तोङ याओ बताउँछन् । 

हिउँ पग्लने मापदण्डको अनुगमन र जलवायु परिवर्तनले हिम क्षेत्रको गतिविधिमा परेको असर र स्थानीय नदीहरूको अवस्था बुझन अनुसन्धान थालिएको चिनियाँ वैज्ञानिक याओको दाबी छ । वैज्ञानिकहरूले स्वचालित मौसमी उपकरण रसुवा जिल्लाको क्यान्जिङमा स्थापना गर्ने निर्णय गरेका छन् । त्यसका लागि संयुक्त टोलीले अनुमतिका प्रयास थालिसकेको छ ।

हिमक्षेत्र विश्व तात्ने प्रक्रियाको संवेदनशील सूचक मानिन्छ । यी क्षेत्र स्वच्छ पानीका मुहान पनि हुन् । विश्वव्यापी जलवायु परिवर्तनका विषयमा नोबेल पुरस्कार पाएको संस्था इन्टरनेसनल प्यानल फर क्लाइमेट चेन्जको प्रतिवेदनमा समेत हिन्दुकुश हिमालयको जलवायु परिवर्तनबारे विवरण अपूरो रहेको बताइन्छ । वैज्ञानिकहरूले यो अनुसन्धानबाट हिमालवारि र पारिको जलवायुका अन्तक्रिर्याका बारेमा 

पनि नयाँ निष्कर्ष निस्कने बताएइएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by