ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

माओवादी लडाकूको तलबभत्ता रोक्ने प्रमको चेतावनी

काठमाडौं, ७ कातिक (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाइ धम्कीको भाषा प्रयोग नगर्न र सहमतिको राजनीतिमा आउन आग्रह गरेका छन । उनले राष्ट्रपतिलाइ गम्भीर आक्षेप लगाएर कुनै पनि प्रस्ताव अघि नसार्न भन्दै सहमतिमा आउन आग्रह गरे । राजधानीको कोटेश्वरस्थित सर्वेश्वर मावि पाल्पाकोटको भवन हस्तान्तरण कार्यक्रममा उनले संसदको गतिरोध जारी राखेर बजेट पारित गर्नका लागि अवरोध गरे माओवादीका लडाकूको पनि तलबभत्ता रोकिने चेतावनी दिए । प्रधानमन्त्री नेपालले एकीकृत माओवादीका कारण राजनीतिक गतिरोध अन्त्य हुन नसकेको भन्दै संसदीय गतिरोध जारी राखे सरकारलाई मात्र नभई माओवादीलाई पनि अप्ठेरो पर्ने बताए ।

गतिरोध अन्त्यका लागि जिम्मेवार बन्न माओवादीलाई आग्रह गर्दै उनले माओवादीका लागि सरकारको ढोका सदैव खुला रहेको दोहोर्याए। 
माओवादी आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पार्दै प्रधानमन्त्री नेपालले सहमति नआउने भए सरकारको खुट्टा तानेर भाँडभैला नमच्चाउन माओवादीलाई आग्रहसमेत गरे । 
कार्यक्रममा सो माविलाइ सरकारका तर्फबाट २ वटा कम्प्युटरसमेत हस्तान्तरण गरिएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by