ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

सशस्त्र समूहलाई निशस्त्र पारौं - गृहमन्त्री


काठमाडौं, कात्तिक ५ (नागरिक) - 
गृहमन्त्री भीमबहादुर रावलले सरकारले ल्याएको विशेष सुरक्षा योजना जसरी पनि लागु गराएरै छाडिने बताएका छन्। नेपाल प्रहरीको ५४ औँ दिवसको अवसरमा प्रधान कार्यालय नक्सालमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रावलले कुनै पनि डर, धम्की र त्रासमा नलागी जनताको सेवामा समर्पित रहन प्रहरीलाई निर्देशन दिए। उनले हतियारधारी समूहलाई निशस्त्र पारी देशमा अमन चयन कायम गर्ने सरकारको कर्तव्य भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्न प्रहरीलाई निर्देशन दिए। विभिन्न जातजाती, धर्म, वर्ग, लिङ्गलगायत सबैको हित हुने गरी सुरक्षा योजना ल्याइएकाले सबै क्षेत्रको सहयोग भएमा मात्र यो सफल हुने उनले बताए। 'सरकार मात्रैले विशेष सुरक्षा योजना लागु गर्न सम्भव हुँदैन,' गृहमन्त्री रावलले भने, 'यसलाई सफल पार्न राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई आग्रह छ।'

उनले नेपाल प्रहरीले मात्रै मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकाले सबै पक्षले साथ दिएमा मात्रै यो सफल हुने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले मानव अधिकारको सम्मान हुने गरी शान्ति सुरक्षा कायम राख्न निर्देशन दिए। उनले नेपाल प्रहरी जस्तोसुकै अवस्थामा पनि जनताको शान्ति सुरक्षा प्रति दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल प्रहरीले बिहीबारदेखि तीन दिनसम्म प्रहरी दिवस मनाइरहेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by