ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

गाँजाको ठाउँमा तरकारी/एकै बर्ष २ करोड आम्दानी


हेटौडा, २०६६ कार्तिक ७ - 

वर्षौदेखि गाँजाको वोट लहलहगाउदै आएको दुम्सीखर्कको खेतवारी अहिले काउली, मूला र वन्दाकोपीले ढाकेको छ । सरकारी भय र त्रासले उनीहरुले गाँजा खेती गर्न छाडेका होइनन् । गाउँमा मोटर वाटो पुगेपछि उनीहरुले गाँजा खेती गर्न छाडेका हुन् ।  यो वर्षमात्र गोगने गाविस-७ दुम्सीखर्क, भकुण्डेलगायत यस क्ष्ाेत्रका वासिन्दाले करिब २ करोड मुल्य वरावरको तरकारी विक्री गरिसकेका छन । अझै खेतवारीमा मूला, काउली र बन्दाकोपी फुल्दैछ ।  मोटरवाटो पुगेपछि उनीहरुले विगत लामो समयदेखि गर्दै आएको गाँजा खेती चटक्क छोडिदिएका छन । जोखिम पनि नहुने र आम्दानी पनि वढी हुने भएकाले तरकारी खेती गर्न थालेको सानुकान्छा थिङले बताए । 

'मोटरवाटो नभएकाले विगतमा वाध्यताले गाजा खेती गर्नु परेको हो' उनले भने । उनले मात्र यस वर्ष करिब १ लाख रुपैया भन्दावढीको आलु, मूला र काउली विक्री गरे । तरकारीको आम्दानीका कारण यस क्ष्ाेत्रका वासिन्दाको जीवनशैलीमा नै परिवर्तन आएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by