ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

'चीनले जिम्मेवारीको पाठ सिकायो'



'माओवादी अध्यक्ष दाहाललाई चीनले जिम्मेवारीको पाठ सिकाएको छ । अब उनी दरखास्त बोकेर भारत जान्छन होला । तर भारतले पनि उनलाई जिम्मेवारीकै पाठ सिकाउने छ ।' 

श्यामसुन्दर शशी/जनकपुरधाम , २०६६ कार्तिक ३ -
एमाले स्थायी कमिटी सदस्य केपी ओलीले चीनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवार हुन सुझाव दिएर पठाएको बताएका छन् । धनुषामा एमालेको समानान्तर जिल्ला कमिटी गठन गर्न मंगलबार आयोजितअसन्तुष्ट पक्षको भेलाको उद्घाटन गर्न जनकपुर आएका उनले भने, 'माओवादी अध्यक्ष प्रचण्डलाई चीनले जिम्मेवारीको पाठ सिकाएको छ । अब उनी दरखास्त बोकेर भारत जान्छन होला । तर भारतले पनि उनलाई जिम्मेवारीकै पाठ सिकाउने छ ।'

झण्डै एक घन्टे भाषणको क्रममा एमाले असन्तुष्ट पक्षका नेता ओलीले अधिकांश समय माओवादी नीतिको विरोध तथा पार्टीभित्रको विवादबारे बोलेका थिए । उनको आरोप थियो, 'माओवादी हठको कारण संविधान निर्माण प्रकृया प्रभावित भएको छ । माओवादीको एउटैमात्र लक्ष्य हो- सरकारमा जानु ।'

एमाले धनुषा र महोतरी कार्यसमितिमा देखिएको विवादबारे उनले भने- 'केही नेताले पार्टीलाई व्यक्तिगत हिसावले परिचालन गर्न खोजेका छन् । निर्वाचित पदाधिकारीलाई हटाएर आसेपासेलाई टिका लगाएर पदाधिकारी बनाउदैमा पार्टीको हित हुन सक्दैन ।'

एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले कार्यकर्ता भेलाबाट चयन गरिएका जिल्ला कार्यसमितीलाई अपदस्थ गरी स्थायी कमिटी सदस्य रामचन्द्र झाले मनोमानी गरेको आरोप लगाउदै आएका छन् । झा संस्थापन पक्षका हुन् । महोत्तरीमा यसअघि नै समानान्तर जिल्ला कमिटी गठन भईसकेको छ भने धनुषामा समेत समानान्तर कमिटीको घोषणा हुने कार्यक्रम छ । वैकल्पिक केन्दि्रय सदस्य योगनारायण यादवको अध्यक्षतामा बसेको असन्तुष्ट पक्षको बैठकमा पोलिटव्युरो सदस्य उर्मिला अर्याल, वैकल्पिक पोलिटव्युरो सदस्य ज्ञानेन्द्र चौधरी, केन्दिय सदस्य रघुवीर महासेठ, सभासदहरु जुली महासेठ, सारदा झा, रामचन्द्र प्यासीसहितका नेता तथा जिल्लाभरिका अगुवा कार्यकर्ताको सहभागिता छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by