ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

बायोडिजेल कम्पनी स्थापना

काठमाडौ, २०६६ कार्तिक ७ - 

आयातित खनिज डिजेलको परनिर्भरता घटाउँदै लैजाने लक्ष्यसहित एभरेस्ट बायोडिजेल कम्पनी स्थापना भएको छ ।  उपलब्ध जैविक स्रोत, विषेशगरी सजिवनको तेल प्रसोधनबाट बायोडिजेल उत्पादन गर्ने कम्पनीले जनाएको छ ।  बायोडिजेल नयाँ नेपालको दिगो इन्धनु भन्नेमा यस कम्पनी प्रतिबद्ध रहने छ, विज्ञप्तिमा भनिएको छ । कम्पनीको चुक्ता पुँजी एक करोड र जारी पुँजी १५ करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले चितवनको चुम्लिङटारमा झन्डै २ विगाह जमिन खरिदगरी बायोडिजेल उत्पादन तथा सजिवन अनुसन्धान केन्द्र स्थापना गरेको जनाएको छ । 

यस स्थानमा सजिवनबाट तेल पेल्ने उपकरण केही सातामै जडान भइसक्ने छ, कम्पनीको विज्ञप्तिमा भनिएको छ, निकट भविष्यमै बायोडिजेल प्रशोधन प्लान्ट पनि जडान गर्न पहल भइरहेको छ । कम्पनीले हाल सजिवनको गेडा प्रतिकिलो २५ रुपैयाँमा किन्ने व्यवस्था मिलाएको विज्ञप्तिमा छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by