ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

कपडा सिलाएर स्वदेशमै लाखौ आम्दानी

विदेश जानेहरूलाई चुनौती दिदैछन् युवाहरू

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ४
तानसेन भिमसेनटोलमा एक सहकारी संस्थाले सञ्चालन गरेको सिलाइकटाई सेन्टरमा कार्यरत मिना थापाले भनिन्, ‘कपडा सिलाएरै प्रति महिना १२ /१३ हजारसम्म पनि आम्दानी हुन्छ।’ स्वदेशमै मेहनत गर्ने हो भने पैसा कमाउनकै लागि विदेश जानुपर्दैन। कम लगानीमा राम्रो आम्दानीको स्रोत भएकाले जिल्लामा पछिल्लो समयमा सिलाइकटाई पेशा अपनाउनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ। 
ग्रामीण इलाका तथा शहरमा पनि केही वर्ष अघि सम्म कायम रहेको बालीघरे प्रथा क्रमशःअन्त्य हुँदै गएकोले पनि खुद आम्दानी हुने भएकोले यो पेशाप्रति आर्कषित हुनेको संख्यामा बृद्वि भएको व्यवसायीहरू बताउछन्। यो पेशामा खासगरी नव युवायुवतीहरूको प्रवेशको लहर नै चलेको छ। भने उनीहरूको राम्रो आम्दानीको स्रोत समेत यही पेशा बनेको छ।
तानसेन भिमसेनटोलमा स्टार सिलाइकटाइ सेन्टर सञ्चालन गर्दै आएकी कल्पना थापाले आफू एक्लैको आमदानीले छोराछोरीलाई पढाउन देखि खान बस्न राम्रैस“ग चलेको बताउ“छिन्। उनी भन्छिन् यो पेशामा त्यति शारीरिक तथा मानसिक परिश्रमको आवश्यता नपर्ने र व्यवसाय सञ्चालनका लागि पनि त्यति धेरै लगानीको आवश्यकता नपर्ने भएकोले पनि यसतर्फ युवाहरूको आर्कषण बनेको र कतिपयले यसैलाई पेशाकै रूपमा अगाडि बढाएका छन्।’
व्यवसायिक सीप सिकाउने घरेलु तथा साना उद्योग कार्यालयले हालसम्म ८ सय ४७ जनालाई आधारभूत तथा ३ सय ६५ जनाको लागि एड्भान्स तालीम प्रदान गरेको छ। तालीम प्राप्त मध्ये ११ जना पुरूष बाहेक अरू सबै महिला र त्यसमा पनि नवयुवाहरू बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख टामलाल पाण्डेले जानकारी दिए। जिल्लामा सिलाइकटाई नै सिकाउने १० वटा सेन्टरहरू विधिवत् दर्ता भएपनि यसको संख्या कति छ भन्ने पुरा विवरण भने छैैन।
एकातिर देशमा बेरोजगारी समस्या बढिरहेको बेला यो पेशाले व्यक्ति स्वयम् स्वरोजगार बन्ने र त्यति मेहनत गर्न पनि नपर्ने तथा व्यक्तिले आफ्नो सरसफाईमा समेत विश्ोष ध्यान दिने भएकोले यो पेशालाई एक आर्कषक पेशाको रूपमा लिन थालिएको व्यवसायीहरू बताउँछन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by