ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

आजको कार्टुन !


पर्यटकहरू टेम्पोबाट पोखरा


पोखरा, २०६६ आश्विन १० - पर्यटन प्रवर्द्धन तथा सामाजिक संस्थाको सहयोगार्थ भारतको गोवाबाट हिँडेका साहसिक पर्यटक तीनपांग्रे टेम्पो -अटोरिक्सा) चढेर पोखरा आइपुगेका छन् । सेप्टेम्बर १३ मा हिँडेका उनीहरू करिब तीन हजार किलोमिटर पार गरी बुधबार पोखरा आएका हुन् । कुल ६१ मध्ये बुधबारसम्म सात टोली पोखरा आइपुगेका छन् भने अन्य शुक्रबारसम्म आइपुग्ने छन् ।

राष्ट्रिय सरकार आवश्यकःयादव


उनले भने, 'नयाँ संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षसम्म पुर्‍याउने मुल जिम्मेवारीबाट वर्तमान सरकार दिगभ्रमित भईसकेको छ, मुलुकलाई यस   दलदलबाट बचाउन सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् ।' 


राजविराज , २०६६ आश्विन ८ - मधेशी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई वर्तमान समस्याबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।  

बैंक प्रबन्धक रकम माग्दै व्यापारीको घरदैलोमा

जाजरकोट , २०६६ आश्विन ९ -   नेपाल बैक लिमिटेड शाखा कार्यालय जाजरकोटमा रकम अभाब भएपछि बैंक प्रबन्धक ब्यापारीकहाँ धाउन थालेका छन् । बैकमा रकम सकिएपछि  शाखाका निमित्त प्रबन्धक आनन्द कुमार कार्की स्थानीय ब्यापारीको पसलपसलमा रकम जम्मा गर्दै हिड्न थालेका हुन् । अहिले बैकले २ हजारको चेक पनि साट्न नसक्ने अवस्था रहेको छ  ।

माओवादीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेः नेपाल







'समयमै संविधान बन्छ । त्यसका लागि हामी साझा सहमति पहिल्याउँछौं ।'

न्युयोर्क, २०६६ आश्विन १० - प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरिम संविधानले बन्देज गरेको विषयमा राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेकोमा माओवादीको आलोचना गरेको छन् ।महाअभियोग बाहेक अन्य राष्ट्रपति विरुद्ध उठाउन नपाइने संबैधानिक प्रावधानलाई माओवादीले नागरिक सर्वोच्चताको नाममा मिच्न खोजेकोमा उनले आपति प्रकट गरे ।

माओवादी लोकतन्त्रलाई कमजोर बनाउँदै छः खाँड


"अब यसलाई जोगाउन जिम्मेवारी पनि कांगे्रसकै कांधमा आएको छ ।"
बुटवल, २०६६ आश्विन १० - सिंचाइमन्त्री बालकृष्ण खाँडले लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई कमजोर पार्ने षडयन्त्रमा माओवादी लागेको आरोप लगाएका छन् । पछिल्लो समय माओवादीको नागरिक सर्वोच्चताको बेमौसमी बाजा पनि त्यसकै लागि बजाउने गरेकेा उनले दाबी गरे ।

कोइरालाले यस पटक दसैँ टिका नलगाउने

 विराटनगर (मोरङ), असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले यसपटकको दसैँमा टीका नलगाउने बताएका छन्। आफ्नी भाञ्जी शैलजा आचार्यको गत जेठमा निधन भएको हुँदा कोइराला परिवारले नै खुशियालीका साथ दसैँ नमनाउने सभापति कोइरालाले बताए।

उत्तर-दक्षिणबाहेक राज्य पुनःसंरचना हुनै सक्दैनः कोइराला

विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राज्य पुनःसंरचना गर्दा उत्तर दक्षिण बाहेक अन्य ढङ्गले गरिएमा राज्य टुक्रिने धारणा पुनः व्यक्त गरेका छन्। उत्तर दक्षिण बाहेक अन्य ढङ्गले राज्य पुनःसंरचना हुनसक्तैन, उनले भने।

काली मन्दिरमा के मागे कोइरालाले?

विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थानीय काली मन्दिरमा शनिबार बिहान परम्पराअनुसार टीका र प्रसाद ग्रहण गरे। सो अवसरमा उनले उपस्थित पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मुलुकमा स्थायी शान्ति, समृद्धि एवम् नयाँ नेपाल निर्माणका लागि भगवानसँग कामना गरेको बताए।

Friday, September 25, 2009

आजको कार्टून !


ऋण लिएर वृद्ध भत्ता वितरण

झापा ९ असोज(दैनिकी)
नोट अभावका कारण बैकहरुले भुक्तानी गर्न नसकेपछि झापाको दमक नगरपालिकाले ऋण लिएर वृद्ध भत्ता वितरण गरेको छ। नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आठ लाख रुपैया ऋण लिएर दुई हजार जनालाई भता वितरण गरेको बताए।

कसले बनाउन पाउला नयाँ पासपोर्ट?



लेखनाथ पाण्डे, काठमाडौं, असोज ९-

परराष्ट्र मन्त्रालयले मेसिनले पढ्न सक्ने ४० लाख आधुनिक राहदानी (एमआरपी) छपाइका लागि सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड निर्धारण गरेको छ। स्रोतका अनुसार एक वर्षभित्र हस्तलिखित नेपाली राहदानी विस्थापित गर्न मन्त्रालयले जारी गर्न लागेको एमआरपी छपाइ, आपूर्ति तथा वितरण र उपकरण जडानका लागि युरोपका दुईमात्र कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने मापदण्ड तोकेको छ।

प्रहरी र टाइगर्स कार्यकर्ताबीच गोली हानाहान, तीनको मृत्यु

मिथिलेस यादव, लहान, असोज ९-
सप्तरीको बैरवा ६ मा आज बिहान प्रहरी र मधेसी मुक्ति टाइगर्स कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागि तीन जना टाइगर्स कार्यकर्ताको मृत्यु भएको छ। घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको सप्तरी प्रहरी प्रमुख गोपाल भण्डारीले बताए।

असोज २१ गते सम्ममा सहमति हुन्छः प्रचण्ड



सिन्धु ढकाल/ चितवन ९ असोज


नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज २१ गते सम्म गतिरोध अन्त्य हुने र राजनैतिक निकास निस्कने आशा ब्यक्त गरेका छन । पश्चिम नेपालको भ्रमण सकेर राजधानी फर्कने क्रममा नबलपरासीको गैडकोटामा चितवन र नवलपरासीका संचारकर्मीसँग कुराकानी गर्दै उनले सो आशा ब्यक्त गरेका हुन। 

सहमति नभए नयाँ सविधान बन्दैनः सिटौला




सञ्जीव चापागाई, झापा ९ असोज।
पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले राजनैतिक दलहरुबीच सहमति नभएसम्म नयाँ सविधान नबन्ने दावी गरेका छन। झापाको घेराबारी स्थित संत्सग सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले राजनीतिक


'बन्द ढोकाभित्र हाकाहाकी छलफल हुनुपर्छ’

काठमाडौं, ८ असोज/ 
अनमिन-प्रमुख करिन लनग्रेनले नेपालको शान्ति-प्रक्रिया र संविधान निर्माण चुनौतीपूर्ण रहेको बताएकी छिन् । उनले प्रधानमन्त्रीको भ्रमण समस्या-समाधान गर्ने अवसर भएको बताइन् । 

राष्ट्रपतिविरुद्ध कालो बेलुन उडाए माओवादीले


काठमाडौँ, असोज ९ (नागरिक)- फूलपातिको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको बडाइँ कार्यक्रममा राष्ट्रपति रामवरण यादवविरुद्ध माओवादीले कालो बेलुन उडाएका छन्। कालो बेलुन उडाउने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।· दशैँका कारण भीड बढेको हुँदा सुरक्षाकर्मीलाई माओवादी पहिचान गर्न गाह्रो भएको थियो। 

Thursday, September 24, 2009

आजको कार्टून !


हेल्लो नेपाल मोबाइलले थाल्यो परीक्षण सेवा

काठमाडौं, असोज ८ (नागरिक)- नेपाल स्याटेलाइट टेलिकमले बिहीबारदेखि 'हेल्लो नेपाल' ब्राण्डमा सञ्चालन गरेको मोबाइलको पक्षण सेवा सुरु गरेको छ।देशको पाँचौ टेलिफोन सेवा प्रदायक कम्पनीका रुपमा यसले मोबाइल सुरु गरेको हो। मोबाइल टेलिफोनको परिक्षण उद्घाटन (सफ्ट लञ्च) देशका तीन ठूला दलका तीन नेताहरुले एक आपसमा कुराकानी गराएर भएको थियो। 

अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय झण्डा


सञ्जीव चापागाई/झापा ८ असोज
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतद्वारा अतिक्रमित नेपाली भूमिको अवलोकन गरी राष्ट्रिय झण्डा गाड्ने अभियान सुरु गरेको छ। भारतद्वारा अतिक्रमित पूर्वी नेपालको पशुपतिनगरबाट अनेरास्ववियुले सो अभियान सुरु गरेको हो। 

नेपाली पत्रकारलाई भारतीय प्रहरीको दुर्व्यबहार


कपिल भट्ट/कैलाली,८ असोज
नेपाल भारत सीमाक्षेत्र गौरीफण्टा नाकामा समाचार संकलन गर्न गएका पत्रकार श्रवण देउवालाई भारतीय सीमा सुरक्षावल एसएसबीले बिहीबार दुर्व्यबहार गरेका छन्। पत्रकार देउवा भारतबाट दशैँका लागि घर फर्किदै गरेका नेपालीहरुबाट एसएसबीले रकम असुल्ने गरेको समाचार संकलन गर्न सीमाक्षेत्र गएका थिए। 

आजदेखि त्रुटियुक्त नोट बजारमा आउने


काठमाडौं, ८ असोज (दैनिकी)
आजदेखि नेपाल राष्ट्र बै‌कले सामान्य त्रुटियुक्त एक हजार र पाँच सय दरका ९४ करोड रुपैयाँ बजारमा पठाउने भएको छ । देशैभरि नोटको हाहाकार मच्चिएपछि बुधबार अर्थ मन्त्रालयमा बसेको विशेष बैठकले सामान्य त्रुटि भएका ती नोट बजारमा पठाउन लागेको हो ।

एमालेद्वारा माओवादीलाई चार विकल्प; 'माओवादी मात्तिएको साँढे'

गजेन्द्र बोहरा, दाङ असोज ८- एमालेका महासचिव ईश्वर पोख्रेलले 'सरकार ढाल्ने' चेतावनी दिइरहेको माओवादीलाई चारवटा विकल्प दिएका छन्। उनले माओवादीका लागि अघि सारेको पहिलो विकल्पअनुसार ऊ सहमतिमा आउन नमाने 'विद्रोह गरेरै सत्ता कब्जा गर्नुपर्नेछ।' तर माओवादीले भनेजस्तो विद्रोहको परिणाम थेग्न सक्छ कि सक्दैन भन्नेबारे भने अघि नै विचार गर्न उनले माओवादीलाई सुझाव दिए। 

एटीएमबाट झिक्न मिल्ने पैसा बढ्यो

काठमाडौं, असोज ८ (नागरिक)-
एक सातायताको चरम नोट अभाव बिहीबार केही मथ्थर भएको छ। राष्ट्र बैंकले ६० करोड रुपैयाँ प्रवाह गरेकाले अभाव केही कम भएको हो। पूर्व गभर्नर तिलकबहादुर रावलको हस्ताक्षरका पूर्व राजाको तस्बिर भएका सामान्य त्रुटिपूर्ण नोट पनि बिहीबारदेखि बजारमा आएका छन्।  बुधबार अर्थ मन्त्रालयमा बसेको बैठकले ९४ करोड रुपैयाँ बराबरको यस्ता नोट प्रचलनमा ल्याउने निर्णय गरेको थियो।

कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, असोज ८ (नागरिक)-
प्रधानमन्त्री माधवकुमार नेपालले आज अमेरिकाको प्रसिद्ध कोलम्बिया विश्वविद्यालयमा मुख्य सम्बोधन (कि नोट एड्रेस) गर्दैछन्। कोलम्बिया विश्वविद्यालयमा यसरी सम्बोधन गर्ने उनी पहिलो नेपाली राजनेता हुनेछन्। विश्वविद्यालयका सभापति डा.लिसि.वोलिङ्गरले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री नेपालले नेपालको वर्तमान अवस्था, शान्ति प्रक्रिया, विश्व शान्ति, अहिलेका चुनौतीलगायतका विषयमा प्रकाश पार्नेछन्।

Wednesday, September 23, 2009

आजको कार्टून !


नेपाली बिन लादेन


केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, ६ असोज



हिन्दू राज्य र राजतन्त्रका पक्षमा हिंसात्मक गतिविधि गर्दै आएको भूमिगत संगठन रणवीर सेनालाई नेपालमा हिन्दूवादी अलकायदा बनाउने योजना भएको रहस्य खुलेको छ । रणवीर सेनाकै प्रमुखले आफ्नो योजनामा भारतका प्रभावशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ र शिव सेनाको सहयोग रहेको दावी गरेका छन् ।

ओबामा भेट्दैछन् प्रधानमन्त्री


काठमाडौं, असोज ७ (रासस)-
संयुक्त राष्ट्रसङ्घको ६४ औँ महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपालको आज व्यस्त कार्यतालिका छ। आजै उनले नेपालका लागि महत्वपूर्ण दुइटा विशेष कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति बाराक ओबामा र राष्ट्रसंघ महासचिव बान्की मुनसँग भेट गर्दैछन्। तीमध्ये पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा आयोजित शान्ति स्थापना कार्यक्रममा सेना तथा प्रहरी पठाउने विश्वका १० प्रमुख मुलुकको बैठक हो, जसलाई प्रधानमन्त्री नेपालले सम्बोधन गर्दैछन्।

कोक-पेप्सी पनि अखाद्य!!!


कपिल भट्ट/कैलाली, ७ असोज
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत बसन्तकुमार कनौजियाको संयोजकत्वमा गठित बजार अनुगमन समितिले अनुगमनका क्रममा धनगढी बजारबाट बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको हो।
अनुगमनका क्रममा बहुराष्ट्रिय कम्पनीका उत्पादन समेत उपभोग अवधि सकिएको अवस्थामा भेटिएका छन्।

बिन्ती चढाएर माधव प्रधानमन्त्री बनेः प्रचण्ड


यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ७ असोज
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपतिलाई बिन्ती चढाएर प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। उनले शाहीकालमा राजालाई बिन्ती चढाएर प्रधानमन्त्री बन्ने प्रयास गरे पनि असफल भएपछि अहिले राष्ट्रपतिलाई बिन्ती चढाएर प्रधानमन्त्री बनेको आरोप लगाए।

पोस्टपेड मोबाइलभन्दा तारवाला महँगो

रामचन्द्र भट्ट, काठमाडौं, असोज ७-

 नेपाल टेलिकमले सञ्चालन गरेका तीन प्रकारको टेलिफोन महसुलमै एकरुपता छैन।  टेलिकमको मोबाइल, सिडिएमए र तारवाला फोनबाट कल गर्दा लाग्ने एसटिडी महसुलको बीचमा एकरुपता नभएको हो। मोबाइलबाट भन्दा पनि तारवाला फोनबाट एसटिडी फोनको महसुल महंगो पर्ने गरेको छ।

'कांग्रेस र एमालेलाई समाप्त पार्न सक्छौं'

किरण पुन, काठमाडौं, असोज ७- प्रमुख प्रतिपक्षी एकीकृत माओवादी नेताहरुले 'सहमतिको राजनीति त्यागेर जनतासँग निहु खोजे' राजा ज्ञानेन्द्रलाई जस्तै सत्तारुढ कांग्रेस र एमालेलाई पनि समाप्त पार्ने चेतावनी दिएका छन्। उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले 'राजा ज्ञानेन्द्रले संविधानसभाका लागि सहमति गर्न नमानेपछि चिहानमा पुगेको' दाबी गर्दै 'दलहरुले पनि राजनीतिक गतिरोध हटाई शान्ति र संविधान निर्माणका लागि सहमति नजनाए' समाप्त गर्ने चेतावनी दिएका हुन्। 

अमेरिकाले १५ अर्ब सहयोग दिने

काठमाडौं, असोज ७ (नागरिक)- अमेरिकाले आगामी पाँच वर्षका लागि झण्डै १५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ। अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् उपलब्ध गराउने सहयोगसम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयका सहसचिव कपिलदेव घिमिरे र युएसएडका निर्देशक केभिन ए रसिङले हस्ताक्षर गरेका छन्।

झुक्किएर फोटो खिचे दाहालले

टेकनारायण भट्टराई, पाल्पा असोज ७- 
फोटो खिचिसकेपछि दाहालका कानमा पर्‍यो- यो त पञ्चायत स्तम्भ हो। मुस्कुराउँदै उनले सोधे- 'हँ, हो र भन्या ?' सबै गलल् हाँसे। निजी क्यामेरामेनतर्फ हेरेर उनी बोले- 'फोटो लिइसक्नु भो ?' हाँसो झन् थपियो। 'राम्रो बनाएका रैछन्'- दाहालले पञ्चायत स्तम्भ रुचाएछन्। उनले ठट्यौली पारामा स्थानीय पार्टी नेतातर्फ संकेत गर्दै भने- तपाईहरुले अहिलेसम्म पनि यसलाई बचाईराख्नु भा रैछ त !' यसो भन्दा उनी आँफै मुख छोपेर हाँसेका थिए।

देशभर नोट अभाव, राष्ट्र बैंकले भारु दियो

विजय घिमिरे/नारायण सापकोटा, काठमाडौं, असोज ७-
राष्ट्र बैंकले नेपाली नोट मागअनुसार दिन नसकेपछि भारतीय रुपैयाँ (भारु) बजारमा पठाएको छ। नोट अभाव टार्न वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारु दिएको हो।यहीअनुसार अधिकांश बैंकले राष्ट्र बैंकबाट भारु ल्याएर बचतकर्तालाई भुक्तानी दिएका छन्। 'नेपाल बैंकर्स संघका पदाधिकारीलाई मंगलबार २/२ करोड नेरु र आवश्यकताअनुसार यति नै रकम बराबरको भारु दिएको हो,' संघका अध्यक्ष शसिन जोशीले भने।

Tuesday, September 22, 2009

आजको कार्टुन !


भन्साररहित प्रवेशका लागि पहल गर्न सुझाव

काठमाडौ, २०६६ आश्विन ५ - प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमणका क्रममा सिनेटमा पेस भएको तयारी पोसाकको भन्साररहित प्रवेशलाई पारित गर्न पहल हुने अपेक्षा गरिएको छ । भ्रमण दलमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले यसबारे पहल गरिने जानकारी दिइन् । 'भन्सार रहित सुविधाका लागि हामी सक्दो प्रयास

सहमति भए ५ दिनमै नयाँ संविधानः गजुरेल


सिन्धुली-, २०६६ आश्विन ६ - माओवादीका सचिव सीपी गजुरेलले दशैं, तिहार लगत्तै जनबिद्रोह नगर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले दशैं तिहार लगत्तै जनबिद्रोह गर्ने चेतावनी दिइरहेको बेला सचिव गजुरेलले भने जनताले चाहेपछि मात्र जनबिद्रोह हुने बताए । क्रान्तिकारी पत्रकार संघले सिन्धुलीमाढीमा मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनबिद्रोह ज्यातिषीलाइ साइत हेराएर नगर्ने हुँदा जनताले जुन बेला चाहन्छन् त्यही बेला शुरु हुने धारणा राखे ।

सरकार अल्पमतमा/ मधेसवादी दलले समर्थन फिर्ता लिदैछनः दाहाल


लालप्रसाद शर्मा
राष्ट्रपतिको कदमविरुद्धको संकल्प प्रस्ताव माथि छलफल गर्न नदिएको दाबी गरेका छन् । रोल्पा जाने क्रममा पोखरा आएका दाहालले क्रान्तिकारी पत्रकार संघले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा 'संसदभित्र गयो की सरकार पनि ढल्यो' भन्ने अवस्था रहेकाले कांग्रेस र एमालेले संकल्प प्रस्तावका विषयमा छलफल गर्न नचाहेको बताएका हुन् । पोखरा , २०६६ आश्विन ६ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार अल्पमतमा परिसकेकाले संसदमा दाहालले एक दुई दिनमै केही मधेशबादी दलका सभासद्हरुले सामूहिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने दावी पनि गरे । उनले भने, 'सरकार ढल्ने भएकाले अंसबैधानिक र अलोकतान्त्रिक तरीकाले सरकार टिकाईराख्न संसदमा छलफल गर्न दिइएको छैन ।'

माओवादी मागमा लचक हुन एमालेको कांग्रेसलाई आग्रह


काठमाडौं, असोज ६ (नागरिक)- एकिकृत नेकपा माओवादीले राखेको मागमा लचकता प्रदर्शन गर्न एमाले अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग अनुरोध गरेका छन्। मंगलबार कोइराला निवास महाराजगन्ज पुगेका अध्यक्ष खनालले माओवादीलाई सहमतिमा ल्याउन गर्न सकिने  गृहकार्यका विषयमा छलफल गरेका थिए। 

प्रदेशको विभाजन उत्तर-दक्षिण - कोइराला


'राष्ट्रपतीय प्रणाली अस्वीकार्य'
गोविन्द परियार, काठमाडौं असोज ६- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संघीयतामा देशलाई लाँदा एउटै राज्यभित्र हिमाल,पहाड र तराईका भुभागलाई समेट्नु पर्ने विषयमा आफूले भारतसँग छलफल गरिसकेको बताएका छन्। "उत्तर दक्षिण मिलाएर संघमा लाने हो। पूर्व पश्चिम होइन," मंगलबार राजधानीमा एक कार्यक्रममा कोइराला भने। 

वीर अस्पतालको क्याबिन मन्त्रीका पिएको गेस्टहाउस

image
पिसाब रोकिएका बिरामीलाई वीर अस्पतालले बेड छैन भन्दै निकालेपछि गेटको चिसो भुइँमा कुर्दै छन् विवश बाबु (बायाँ) । तर, स्वास्थ्यमन्त्रीका स्वस्थ पिए क्याबिनलाई गेस्टहाउस बनाएर ताला ठोकेर हिँडेका छन् । तस्बिर: न्हुच्छेमान डंगोल





'राजनीतिक संयन्त्रको विकल्प छैन'


कान्तिपुर संवाद्‍दाता

काठमाडौ, २०६६ आश्विन ६ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन् । राजधानीमा मंगलबार पुस्तक विमोचन गर्दै उनले संयन्त्र निर्माण गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै यसलेनै दलहरुबीचको गतिरोध अन्त्य गर्ने समेत विश्वास ब्यक्त गरे । उनले यसबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग समेत कुरा गरेको बताए । उनले भने, 'यसबारेमा प्रचण्डलाई पनि प्रष्ट भनेको छु । उनले माने मान्छन, नमाने मान्दैनन् ।'

Monday, September 21, 2009

आजको कार्टून!


दशैंपछि माओवादी फेरि तात्ने


काठमाडौं, ५ असोज (दैनिकी)
एकीकृत नेकपा माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस मुख्य बाधक रहेको निष्कर्ष निकाल्दै निकाल्दै दसैंपछि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको विस्तारित बैठकले दसैंलगत्तै बैठक बसी आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको हो । बैठकपछि माओवादी नेता कुष्णबहादुर महराले गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस मुख्य बाधक रहेको निष्कर्ष निकालेको जानकारी दिए।

मध्य तथा सुदूरपश्चिममा भोकमरी ; अक्षता बनाउने चामल पनि छैन


गणेश कार्की /सुर्खेत ५असोज

वर्षेनी भोकमरीको चपेटमा पर्दै आएका मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा यो वर्ष पनि चाडवाडको मुखैमा फेरि खाद्यान्न संकट परेको छ । खडेरीले मकै, आलु, फापर,र कोदोलगायतको बालीनाली नभएपछि कालिकोटमा यो वर्ष छिटै खाद्यान्न अभाव सुरु भएको हो । पाँखा, दाँहा, छाप्रे, थिर्पू राम्नाकोट, नानीकोट, वदालकोट, फुकोट, फोइमहादेव, राँचुली र गेला लगायतका गाउँ विकास समितिहरुमा खाद्यान्न संकट देखा परेको छ ।

इन्टरनेसनल डेभलपमेन्ट बैंकको कारोबार सुरु



नयाँ पत्रिका

काठमाडौं, ४ असोज

नेपाल राष्ट्र बैंकबाट हालै सञ्चालन अनुमति पाएको इन्टरनेसनल डेभलपमेन्ट बैंकले आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राजधानीको टेकुस्थित अम्बे कम्लेक्समा प्रधान कार्यालय रहेको बैंक राष्ट्रिय स्तरको बाह्रौं विकास बैंक हो । दुई अर्ब अधिकृत पुँजी र ६४ करोड जारी पुँजी भएको बैंकको चुक्ता पुँजी ४४ करोड ८० लाख रुपैयाँ छ ।



'कु' गर्न नसकेपछि माओवादी आन्दोलनमाः पौडेल

कान्तिपुर संवाद्‍दाता

काठमाडौ, २०६६ आश्विन ५ - माओवादीले 'कु' गर्न नसकेपछि नागरिक सर्वोच्चताको नाममा आन्दोलनमा गएको कांग्रेस संसदीय दलका नेता राचन्द्र पौडेलले बताएका छन् । सोमबार दलको सूचना केन्द्र उद्घाटन कार्यक्रममा उनले राष्ट्रपति र नेपाली सेनाकै कारण माओवादीको अभिष्ट पुरा नभएको उनले बताए । 

प्रधानमन्त्री न्यूयोर्क प्रस्थान


काठमाडौं, असोज ५ (नागरिक) - प्रधानमन्त्री माधवकुमार नेपाल ६४ औं राष्ट्रसंघीय महासभामा भाग लिन आइतबार राती न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। अढाई दर्जन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गरी गएका उनले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दीका कारण नेपाल लगायत अतिकम विकसित देशले भोग्नु परेका विविध समस्याबारे धारणा राख्नेछन्।

कोइराला र पदाधिकारीबीच विवाद तीव्र

काठमाडौं, असोज २ (नागरिक)- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र पार्टीका पदाधिकारीहरूबीच महासमिति बैठकलाई लिएर तीव्र विवाद भएको छ। कोइरालाले पार्टीका पदाधिकारीलाई केन्द्रीय कार्यसमितिको बैठकबाट विधिवत् तय गरिएको महासमिति बैठक रद्द गर्न दोस्रोचोटि दबाब दिएपछि विवाद भएको हो।


'आन्दोलनको पहिलो चरण सफल'


सहमतिका लागि कांग्रेस वाधक-
काठमाडौ, असोज ५ (नागरिक) - एकिकृत नेकपा माओवादीले नागरिक सर्वोच्चताको पक्षमा र वर्तमान सरकारको विरोधमा भएको पहिलो चरणको आन्दोलन सफल भएको निश्कर्ष निकालेको छ। माओवादी स्थायी समितिको सोमबार बसेको बैठकमा नेताहरुले दलहरुबीच सहमति हुन नसक्नुमा नेपाली कांग्रेसलाई दोष दिएका छन्। 

Sunday, September 20, 2009

आजको कार्टून!


सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गरेको छः प्रधानमन्त्री

काठमाडौ, २०६६ आश्विन ४ - 

प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली सेनाले सदैव नागरिक सर्वोच्चताको सम्मान गर्दै आएको बताएका छन् । सेनाको तालिम केन्द्र खरिपाटीमा आइतबार अधिकृत आधारभूत तालिमको समापन कार्यक्रममा प्रधानमन्त्री नेपालले राष्ट्रियता र सार्वभौमसत्ता संरक्षणको महत्वपूर्ण जिम्मेवारी सेनाको काँधमा रहेको

तयारी चिया आयात निर्यातमा रोक


झापा ४ असोज (दैनिकी)
हरियो चियापत्तीको मुल्य निर्धारणमा चिया उद्योगीहरुले ध्यान नदिएको भन्दै चिया किसानहरुले आइतबारबाट तयारी चिया आयात निर्यातमा रोक लगाएका छन। हरियो चियापत्तीको मुल्य समायोजन उचित हुनुपर्ने माग गर्दै आन्दोलनरत साना किसान चिया उत्पादक संघले आजबाट झापा जिल्लाभर रहेका सम्पुर्ण फ्याक्ट्रीमा उत्पादित तयारी चिया आयत निर्यात र बिक्री वितरणमा रोक लगाएको हो।

५० करोडको च्याङ्ग्राको कारोबार


विजय नेपाल/पोखरा, ४ असोज
पोखरा र यसपासमा यसपटक ५० करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको कारोबार हुने अनुमान गरिएको छ। दशैको लागि भनेर हिमालपारीका जिल्ला मुस्ताङलगायत डोल्पा, हुम्ला र नेपाल(चीनको नाकाबाटसमेत भेडाच्याङग्रा पोखरा भित्रिने क्रम सुरु भएको छ। यसवर्ष दशैको आसपासमा ५० हजार वटा भेडाच्याङग्रा यहाँ ल्याइपुर्याइने ब्यापारीहरु बताउँछन्।

ओबामाले बैठकमा बोलाउन गर्वको कुराः प्रम


काठमाडौं, ४ असोज (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको कदर गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूलाई एक बैठकमा बोलाएको बताएका छन। नेपाली सेनाको अधिकृत क्याडेट तालिम–५० तथा पदिक हुद्दा अधिकृत क्याडेट तालिम–३९ को आयुक्त पद प्रदान कवाज कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायमा

द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न समिति; ऋषि धमलाको मुद्दा फिर्ता

काठमाडौं, असोज ४ (नागरिक)-


 सरकारले द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न शान्ति मन्त्री रकम चेम्जोङको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले समिति गठन गरेको हो । समितिले द्वन्द्वका बेला भएको क्षति र घर जग्गा कब्जाबारे अध्ययन गरी क्षतिपूर्ति निर्धारण गर्नेछ ।

न्युयोर्कमा प्रधानमन्त्रीलाई अवसरै अवसर

 लेखनाथ पाण्डे, काठमाडौं, असोज ४- 
स्वदेशमा राजनीतिक गतिरोध अन्त्य गर्न 'असमर्थ' रहेको आरोप खेपिरहेका प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघीय महासभामा भने राम्रो 'एक्पोजर' पाउने भएका छन्। ६४ औं महासभाका बेला उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाको नियमित 'रिसेप्सन' मा सहभागी त हुने नै छन्।सुरक्षा परिषद्को रोलक्रम अनुसार अध्यक्षता गरिरहेको अमेरिकी राष्ट्रपतिले मंगलबार आयोजना गर्ने शान्ति सेनासम्बन्धी विशेष गोलमेचमा सहभागी हुनेछन्। शान्ति सेनामा सहयोग गर्ने

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by