ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, असोज ८ (नागरिक)-
प्रधानमन्त्री माधवकुमार नेपालले आज अमेरिकाको प्रसिद्ध कोलम्बिया विश्वविद्यालयमा मुख्य सम्बोधन (कि नोट एड्रेस) गर्दैछन्। कोलम्बिया विश्वविद्यालयमा यसरी सम्बोधन गर्ने उनी पहिलो नेपाली राजनेता हुनेछन्। विश्वविद्यालयका सभापति डा.लिसि.वोलिङ्गरले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री नेपालले नेपालको वर्तमान अवस्था, शान्ति प्रक्रिया, विश्व शान्ति, अहिलेका चुनौतीलगायतका विषयमा प्रकाश पार्नेछन्।
 उहाँले शान्ति स्थापना, संविधान लेखन, विकास निर्माणजस्ता मुख्य सवालमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नेछन्। नेपालमा आर्थिक विकासका सम्भावना, विदेशी लगानीलगायतका विषयमा पनि प्रधानमन्त्रीले नेपालको धारणा राख्नेछ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाको पाँचौं पुरानो विश्वविद्यालय हो। संयुक्त राष्ट्रसंघको महासभाको अवसर पारी यस विश्वविद्यालयले हरेक वर्ष विश्वका प्रमुख नेताहरुको विचार मञ्चको आयोजना गर्ने गर्दछ। गत वर्ष इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले मुख्य सम्बोधन गरेका थिए।
प्रधानमन्त्री नेपालले आजै बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, मोरिससका प्रधानमन्त्रीलगायत विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग भेट गर्नेछन्। दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोव जुमाले आयोजना गर्नुभएको जलपान समारोहमा पनि प्रधानमन्त्री नेपाल सहभागी हुनेछन्। आजै साँझ राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यले प्रधानमन्त्री नेपाल र श्रीमती गायत्री नेपालको सम्मान आयोजना गर्नुभएको रात्रिभोजमा उनीहरु सरिक हुनुहुने कार्यक्रम रहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by