ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

उत्तर-दक्षिणबाहेक राज्य पुनःसंरचना हुनै सक्दैनः कोइराला

विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राज्य पुनःसंरचना गर्दा उत्तर दक्षिण बाहेक अन्य ढङ्गले गरिएमा राज्य टुक्रिने धारणा पुनः व्यक्त गरेका छन्। उत्तर दक्षिण बाहेक अन्य ढङ्गले राज्य पुनःसंरचना हुनसक्तैन, उनले भने।

मुलुकमा जारी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता पनि उनले जाहेर गरे। सहमति, सहकार्य र एकताबाट मात्रै समस्याको समाधान हुनेभएकाले राष्ट्रिय सहमतिको सुरूवात भइसकेको सभापति कोइरालाले बताए।

उनले अन्तरराष्ट्रिय सहयोग र समर्थनसमेत रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुगेरै छाड्ने अठोट व्यक्त गरे। पूर्व प्रधानमन्त्री कोइरालाले आफ्नो पार्टीले गरेका कामहरूको भावनात्मक समीक्षा गर्दै भने-"हिँड्दैछ पाइला मेट्दैछ" को अवस्थामा काङ्ग्रेस पुगेको छ।
सभापति कोइरालाले पार्टीका हरेक निकायलाई सक्रिय हुन सङ्केत गर्दै नेपाली काङग्रेस र यसका जनवर्गीय सङ्गठनहरूले आफ्नो इतिहास नै बिर्सिसकेका हुन् कि भन्ने चिन्ता पनि व्यक्त गरे। रास

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by