ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

नेपाली पत्रकारलाई भारतीय प्रहरीको दुर्व्यबहार


कपिल भट्ट/कैलाली,८ असोज
नेपाल भारत सीमाक्षेत्र गौरीफण्टा नाकामा समाचार संकलन गर्न गएका पत्रकार श्रवण देउवालाई भारतीय सीमा सुरक्षावल एसएसबीले बिहीबार दुर्व्यबहार गरेका छन्। पत्रकार देउवा भारतबाट दशैँका लागि घर फर्किदै गरेका नेपालीहरुबाट एसएसबीले रकम असुल्ने गरेको समाचार संकलन गर्न सीमाक्षेत्र गएका थिए। 
सीमा क्षेत्रमा स्वदेश फर्किदै गरेका नेपालीबाट रकम असुल्दै गरेको फोटो खिच्दै गर्दा भारतीय सुरक्षाकर्मीहरुले क्यामरा खोस्ने प्रयास गर्नुका साथै दुर्व्यबहार गरेका थिए। देउवा नयाँ पत्रिका राष्ट्रिय दैनिक, एबिसी टेलिभिजन तथा कैलालीबाट प्रकाशित हुने अनुमोदन दैनिकमा कार्यरत छन्। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट पटक–पटक नेपालीहरुमाथि दुर्व्यवहार हुने तथा खुलेआम पैसा असुल्ने गरेको भए पनि नेपालको स्थानीय प्रसाशन भने मौन रहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by