ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 25, 2009

ऋण लिएर वृद्ध भत्ता वितरण

झापा ९ असोज(दैनिकी)
नोट अभावका कारण बैकहरुले भुक्तानी गर्न नसकेपछि झापाको दमक नगरपालिकाले ऋण लिएर वृद्ध भत्ता वितरण गरेको छ। नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आठ लाख रुपैया ऋण लिएर दुई हजार जनालाई भता वितरण गरेको बताए।
विगत चार महिनाको कुल चालीस लाख रुपैया वितरण गर्नु पर्ने भए पनि आठ लाख मात्र वितरण गरिएको उनले जानकारी दिए। लामो समय वितिसक्दा पनि वृद्ध–वृद्धाले रकम पाउन नसकेपछि नगरपालिकाले ऋण लिएर वितरण गरेको हो

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by