ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 23, 2009

पोस्टपेड मोबाइलभन्दा तारवाला महँगो

रामचन्द्र भट्ट, काठमाडौं, असोज ७-

 नेपाल टेलिकमले सञ्चालन गरेका तीन प्रकारको टेलिफोन महसुलमै एकरुपता छैन।  टेलिकमको मोबाइल, सिडिएमए र तारवाला फोनबाट कल गर्दा लाग्ने एसटिडी महसुलको बीचमा एकरुपता नभएको हो। मोबाइलबाट भन्दा पनि तारवाला फोनबाट एसटिडी फोनको महसुल महंगो पर्ने गरेको छ।
मोबाइलबाट देशभित्र जहाँसुकै कल गर्दा पनि मिनेटको साढे दुई रुपैयाँभन्दा बढी लाग्दैन। साधारण तारवाला र सिडिएमएको सि(फोनबाट देशभित्रै कल गर्दा भने मिनेटको झण्डै चार रुपैयाँ टेलिकमले लिन्छ। नेपाल टेलिकमले वेवसाइटमा राखेको महसुल दररेट अनुसार प्रिपेड मोबाइलबाट देशभित्रको जुनसुकै स्थानमा फोन गर्दा पनि बढीमा मिनेटको दुई रुपैयाँ ४८ पैसामात्र लाग्छ। यो कर समेत जोडा हो। टेलिफोनका उपभोक्ताले १० प्रतिशत दूरसञ्चार सेवा शुल्क र त्यसमा थप १३ प्रतिशत भ्याट तिर्नुपर्छ।

पोष्टपेड मोबाइलका उपभोक्ताले देशभरि जहाँसुकै कल गर्दा पनि पिकआवर (बिहान ८ देखि बेलुकी ८ बजेसम्म) १ रुपैयाँ ९८ पैसामात्र तिरेपुग्छ। बिहान र बेलुकीको समयमा पोष्टपेडका उपभोक्ताले नेपालभित्र जहाँसुकै कल गर्दा पनि मिनेटको १ रुपैयाँ २४ पैसा मात्र तिरेपुग्छ। रातिको समयमा अझै सस्तो अर्थात मिनेटको ९६ पैसामा पोष्टपेडका उपभोक्ताले कुराकानी गर्न पाउँछन्।

'मोबाइलको तुलनामा तारवाला फोनको लागत महंगो रहेकोले एसटिडी महंगो हुन पुगेको हो,' टेलिकम स्रोतले भन्यो। आफैंले सञ्चालन गरेको दुई किसिमको टेलिफोन सेवाको महसुलमा रहेको अन्तर मिलाउन टेलिकमले सकेको छैन।

टेलिकमले तारवाला र सिडिएमएको सि-फोनबाट ५० किलोमिटर भन्दा टाढा एसटिडी कल गर्दा आइतबारदेखि शुक्रबारसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म ३ रुपैयाँ ७२ पैसा लाग्छ। यो मोबाइलबाट गर्दा भन्दा मिनेटको एक रुपैयाँ २४ पैसा धेरै हो।

एउटै अञ्चलमा तारवाला फोनबाट कल गर्दा मिनेटको एक रुपैयाँ २४ पैसा लाग्छ। एउटै अञ्चल बाहेक ५० किलोमिटरसम्मको स्थानमा कल गर्दा मिनेटको २ रुपैयाँ ४८ पैसा लाग्छ।
टेलिकमले मोबाइल फोनबाट देशभित्र जहाँसुकै कल गरेपनि तीन किसिमको महसुल मात्र लिन्छ। बिहान बेलुकीको लागि एउटा, दिउँसो अर्को र राति १० देखि भोलीपल्ट बिहान ६ बजेसम्मको लागि अर्को किसिमको महसुल लिन्छ।

तारवाला र सि(फोनको लागि स्थानीय, एउटै अञ्चल भित्र, ५० किलोमिटभत्र र ५० किलोमिटर भन्दा टाढाको स्थानमा गरि १२ किसिमको महसुल लिन्छ। यो फोनमा बिहान ८ देखि साँझ ६, साँझ ६ देखि १० र बिहान ६ देखि ८, राति १० देखि भोलीपल्ट बिहान ६ बजेसम्मको लागि छुट्टाछुट्टै महसुल तोकेको छ।

टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले मोबाइल र अरु फोनको बीचमा रहेको एसटिडी महसुलको असमानतालाई हटाउन काम सुरु भएको जानका दिए। 'तारवाला र सि(फोनको बीचमा रहेको एसटिडी महसुलको भिन्नतालाई कस हटाउने भन्ने विषयमा सुझाव दिन कार्यदल गठन गरिएको छ,' थिकेले भने।

नेपालमा मोबाइल टेलिफोन भित्रिएको १० वर्षमात्र भयो। आधा शताव्दीभन्दा बढी समयदेखि रहेको तारवाला फोनको महसुल मोबाइलभन्दा महंगो हुन पुगेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by