ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 22, 2009

सरकार अल्पमतमा/ मधेसवादी दलले समर्थन फिर्ता लिदैछनः दाहाल


लालप्रसाद शर्मा
राष्ट्रपतिको कदमविरुद्धको संकल्प प्रस्ताव माथि छलफल गर्न नदिएको दाबी गरेका छन् । रोल्पा जाने क्रममा पोखरा आएका दाहालले क्रान्तिकारी पत्रकार संघले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा 'संसदभित्र गयो की सरकार पनि ढल्यो' भन्ने अवस्था रहेकाले कांग्रेस र एमालेले संकल्प प्रस्तावका विषयमा छलफल गर्न नचाहेको बताएका हुन् । पोखरा , २०६६ आश्विन ६ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार अल्पमतमा परिसकेकाले संसदमा दाहालले एक दुई दिनमै केही मधेशबादी दलका सभासद्हरुले सामूहिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने दावी पनि गरे । उनले भने, 'सरकार ढल्ने भएकाले अंसबैधानिक र अलोकतान्त्रिक तरीकाले सरकार टिकाईराख्न संसदमा छलफल गर्न दिइएको छैन ।'
असोज २१ गतेसम्म कुनै पनि सहमति हुन नसके त्यसपछि हुने आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिने दाहालले बताए । संकल्प प्रस्तावमाथि छलफल र संविधान संशोधन सहमतिको विकल्प हुने उनको भनाइ छ । सहमति नभए सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सोंच पनि बनेको उनले जानकारी दिए ।
संविधान निर्माण र सेना समायोजन तथा शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन छिमेकी मुलक तथा युरोपेली युनियन तथा अन्य देशसंग छलफल भैरहेको उनले बताए । 
 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by