ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 24, 2009

आजदेखि त्रुटियुक्त नोट बजारमा आउने


काठमाडौं, ८ असोज (दैनिकी)
आजदेखि नेपाल राष्ट्र बै‌कले सामान्य त्रुटियुक्त एक हजार र पाँच सय दरका ९४ करोड रुपैयाँ बजारमा पठाउने भएको छ । देशैभरि नोटको हाहाकार मच्चिएपछि बुधबार अर्थ मन्त्रालयमा बसेको विशेष बैठकले सामान्य त्रुटि भएका ती नोट बजारमा पठाउन लागेको हो ।

तत्कालीन गभर्नर डा तिलक रावलको हस्ताक्षर भएको ती नोटहरुमा असतोमा सदगमय लेखिनु पर्नेमा असतामा सदगमय उल्लेख भएकाले त्यतिखेर चलनचल्तीमा ल्याइएको थिइएन । यो बाहेक आजै साँझसम्ममा १५ करोड रुपैयाँबराबरको सय दरको नोट पनि वीरगञ्ज आइपुग्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले जानकारी दिए ।


उनले दशैंको विदामा पनि बैंकहरु खोलेर नोट वितरण गर्न लागिएको पनि जानकारी दिए । अर्थमन्त्री सुरेन्द्र पाण्डेले फ्रान्सबाट छपाई भएर नेपाल पठाइएको रकम मलेसिया आइपुगेको उल्लेख गर्दै त्यहाँबाट कार्गोबाट झिकाउने तयारी भइरहेको बताए । बैंकहरुमा रकम अभावका कारण शिक्षक तथा कर्मचारीहरुले तलब खान पाएका छैनन भने सर्वसाधारणले समेत बैंकमा राखिएको रकम झिक्न पाएका छैनन । नोट अभाव गहिरिएपछि सरकारले बुधबारमात्र अर्थविद तथा सभासद मंगलसिद्धि मानन्धरको संयोजकत्वमा एक छानबीन समिति गठन गरेको थियो । जसमा पूर्व अर्थसचिव भानु आचार्य र महालेखा नियन्त्रक अवनेन्द्रकुमार श्रेष्ठ सदस्य रहेका छन ।


यसअघि बुधबारमात्र अर्थमन्त्री पाण्डेले बजारमा पैसाको माग र आपूर्तिको विश्लेषण नगरी गैर जिम्मेवारीका साथ प्रस्तुत हुने राष्ट्र बैकमाथि छानबीन गरिने बताएका थिए । उनले कमिसन खाने र विदेश भ्रमणका लोभमा राष्ट्र बै‌कका कर्मचारीहरुले थोरै थोरै गरेर नोट छाप्न पठाउन गरेको आरोप लगाए । उनले बजारमा दखिएको नोटको अभावलाई केही हदसम्म सम्बोधन गर्न नेपाल राष्ट्र बैंकमा रहेका केहि पुराना त्रुतीपुर्ण नोटहरु हाललाई प्रयोगमा ल्याउने सोच रहेको बताए ।


मन्त्री पाण्डेले प्राविधिक रूपमा केही त्रुटी देखिएका नोट प्रयोगमा ल्याई तत्कालको हाहाकार अन्त्य गरी पुनः ती नोट बैंकमा खिच्ने तयारी भइरहेको जानकारी दिए । गभर्नर विजयनाथ भट्टराईले फ्रान्सेली कम्पनीले समयमै नोट आपूर्ति नगरेका कारण संकट देखिएको बताए ।


1 comment:

  1. latha linge desh ko bhata bhunge chala bhane ko0 yehi ho. jasle je gare ni hune je bhane ni hune ani janata le sajilai patyune ke bho ra? normal ho ni hamro desh ko lagi.

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by