ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 23, 2009

अमेरिकाले १५ अर्ब सहयोग दिने

काठमाडौं, असोज ७ (नागरिक)- अमेरिकाले आगामी पाँच वर्षका लागि झण्डै १५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ। अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् उपलब्ध गराउने सहयोगसम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयका सहसचिव कपिलदेव घिमिरे र युएसएडका निर्देशक केभिन ए रसिङले हस्ताक्षर गरेका छन्।


उक्त रकम नेपालमा शान्ति स्थापना, प्रजातन्त्र तथा सुशासन सबलीकरण, सुदृढ स्वास्थ्य सेवा, आर्थिक विकास र शिक्षामा सहयोग र मानवीय संकटका बेला प्रयोग गरिने अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 'नेपाल सरकारको तर्फबाट म अमेरिकी जनता तथा सरकारलाई यो सहयोग र नेपालको सामाजिक आर्थिक विकासमा उनीहरुको निरन्तर रुची र सहायताका निम्ति आभार व्यक्त गर्न चाहन्छु' सहसचिव घिमिरेले भने।


निर्देशक रसिङ्गले 'यो सम्झौताले अमेरिकी सरकारको नेपालमा विकास प्राथमिकताप्रति निरन्तर र बढ्दो प्रतिबद्धता प्रतिविम्बित गर्ने' बताए। सम्झौताअनुसार युएसएडले गरिब जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपालको स्वास्थ्य सम्बन्धी २०१५ सहस्राब्दी लक्ष्य प्राप्त गर्ने प्रयासमा सहयोग गर्न ६ अर्ब ३३ करोड २० लाख रुपैयाँ उपलब्ध गराउनेछ।


राष्ट्रिय तथा स्थानीयस्तरमा शान्ति स्थापनाका लागि ९२ करोड १० लाख रुपैया उपलब्ध गराइनेछ। यस अन्तर्गत उक्त संस्थाले समुदाय, नाागरिक समाज र सरकारबीच मैत्रीपूर्ण वातावरण सृजना गरी क्षतिग्रस्त भौतिकसंरचना पुनर्निर्माण र शान्ति प्रकृयालाई सहयोग गर्नेछ। प्रजातन्त्र र सुशासन कार्यक्रमका लागि ४ अर्ब ६ करोड ८० लाख र आर्थिक विकास कार्यक्रम लागि ४ अर्ब ३३ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ। मानवीय सहायता तथा प'नस्थापन कार्यक्रमका लागि भने ७ करोड ६७ लाख ५० हजार रुपैयाँ सहयोग हुनेछ। सिङ्गले नेपालका सम्पूर्ण सहायता कार्यक्रममा समाजिक समावेशी र नेपालका युवा वर्गलाई विशेष जोड दिइने बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by