ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

कोइराला र पदाधिकारीबीच विवाद तीव्र

काठमाडौं, असोज २ (नागरिक)- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र पार्टीका पदाधिकारीहरूबीच महासमिति बैठकलाई लिएर तीव्र विवाद भएको छ। कोइरालाले पार्टीका पदाधिकारीलाई केन्द्रीय कार्यसमितिको बैठकबाट विधिवत् तय गरिएको महासमिति बैठक रद्द गर्न दोस्रोचोटि दबाब दिएपछि विवाद भएको हो।


महाराजगन्जस्थित कोइराला निवासमा बिहीबार बिहान भएको अनौपचारिक बैठकमा पदाधिकारीहरूले सभापतिको दबाबलाई अस्वीकार गर्दै कार्यसमितिबाट निर्णय गरी बोलाइएको महासमिति बैठक रद्द गर्न नसकिने अडान राखेका थिए। कांग्रेस कार्यसमितिले वीरगन्जमा कात्तिक १५-१७ मा महासमिति बैठक बोलाएको छ।


कोइरालाले थोरै समयको अन्तरालमा महासमिति र महाधिवेशन गर्दा व्यावहारिक नहुने र खर्च पनि बढी लाग्ने भन्दै महासमिति बैठक स्थगित गर्न दबाब दिएका थिए। तर, पदाधिकारीहरूले कार्यसमितिबाट तय भइसकेको महासमिति बैठक रद्द गर्दा कार्यकर्ता र जनतामा नराम्रो सन्देश जाने र महाधिवेशनमा विवादको मुद्दा बन्ने भन्दै कोइरालाको दबाब अस्वीकार गरेका थिए



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by