ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

माओवादी लोकतन्त्रलाई कमजोर बनाउँदै छः खाँड


"अब यसलाई जोगाउन जिम्मेवारी पनि कांगे्रसकै कांधमा आएको छ ।"
बुटवल, २०६६ आश्विन १० - सिंचाइमन्त्री बालकृष्ण खाँडले लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई कमजोर पार्ने षडयन्त्रमा माओवादी लागेको आरोप लगाएका छन् । पछिल्लो समय माओवादीको नागरिक सर्वोच्चताको बेमौसमी बाजा पनि त्यसकै लागि बजाउने गरेकेा उनले दाबी गरे ।



जनता सदैब लोकतान्त्रिक मुल्य र मान्यता संस्थागत र समृद्ध बनाउने पक्षमा रहेकाले माओवादीको प्रयास विफल हुने उनको तर्क थियो । उनले जनताको पक्षमा सर्धै कांगे्रस रहेकाले त्यसकारण लोकतन्त्रको वकालत गर्दै  हिंडेको बताए  । उनले भने, 'अब यसलाई जोगाउन जिम्मेवारी पनि कांगे्रसकै कांधमा आएको छ । '
रुपन्देहीको राममणिक्याम्पसमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पूर्व राजाले कांगे्रसमाथि आक्रमण गरेकाले नारायणहिंटी छाड्न परेको प्रसंग उल्लेख गर्दै अव मासिने पालो माओवादीको भएको तर्क गरे । मुलुक विभिन्न जातजाति भाषाभाषिको मिलन विन्दु भएकाले सबैले एकअर्काको सम्मान गर्न पर्ने उनले बताए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by