ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

तयारी चिया आयात निर्यातमा रोक


झापा ४ असोज (दैनिकी)
हरियो चियापत्तीको मुल्य निर्धारणमा चिया उद्योगीहरुले ध्यान नदिएको भन्दै चिया किसानहरुले आइतबारबाट तयारी चिया आयात निर्यातमा रोक लगाएका छन। हरियो चियापत्तीको मुल्य समायोजन उचित हुनुपर्ने माग गर्दै आन्दोलनरत साना किसान चिया उत्पादक संघले आजबाट झापा जिल्लाभर रहेका सम्पुर्ण फ्याक्ट्रीमा उत्पादित तयारी चिया आयत निर्यात र बिक्री वितरणमा रोक लगाएको हो।

त्यस्तै किसानहरुले आइतबारैबाट नेपाल चिया उत्पादका संघ झापाको कार्यालयमा तालाबन्धी गरी कामकाज ठप्प पार्ने जनाएका छन। हरियो चियापत्तीको बजार ब्यवस्थित हुनुपर्ने लगायतका दुई सूत्रीय मागसहित आन्दोलनमा उत्रिएका चिया किसानहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन।
संघले आफ्नो आन्दोलनका कार्यक्रमअनुसार झापा सदरमुकाम चन्द्रगढीमा नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोणसभा गरको छ।
आफूहरुले मुल्यनिर्धारण उचित तवरले गर्न पटकपटक आग्रह गरे पनि सम्बन्धित पक्षले बेवास्था गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको संघका सचिव हरिकृष्ण अधिकारीले जानकारी दिए। यस अघि भारतीय चिया बजारका आधारमा हरियो चियापत्तीको मुल्य निर्धारण गरिदै आएकोमा २०६५ साल फागुनयता स्थानीय उद्योगपतिहरुले मनोमानी ढङ्गले हरियो पत्तीको मुल्य निर्धारण गर्दै आएकोउनले बताए। संघले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी आन्दोलनलाई थप ससक्त बनाउदै लगिनेसमेत जनाएको छ। चिया किसानहरुले असारयता तीन महीनाको चियापत्ती बिक्री गरेको रकम चिया कारखानाले अझै सम्म नदिएको संघका अध्यक्ष पूर्ण कार्कीले बताए।

झापामा १० हजार बिगाहा क्षेत्रफलमा चिय खेती रहेको र बार्षीक १२ करोड केजी हरियो पत्ति चिया उत्पादन हुदै आएको छ भने चिया खेतीमा १ हजार २ सय किसानहरु प्रत्यक्ष संलग्न रहेका छन।


सञ्जीव चापागाइ

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by