ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

ओबामाले बैठकमा बोलाउन गर्वको कुराः प्रम


काठमाडौं, ४ असोज (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको कदर गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूलाई एक बैठकमा बोलाएको बताएका छन। नेपाली सेनाको अधिकृत क्याडेट तालिम–५० तथा पदिक हुद्दा अधिकृत क्याडेट तालिम–३९ को आयुक्त पद प्रदान कवाज कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायमा
समेत नेपाली सेना व्यावसायिक र कुशल सङ्गठनका रूपमा परिचित भएको स्मरण गर्दै शान्ति स्थापनामा उल्लेख्य योगदान पुर्‍याउने विश्वका १० वटा प्रमुख राष्ट्रहरूबीच हुने सो बैठकमा हाम्रो मुलुकलाई निमन्त्रणा गर्नु गौरवको कुरा भएको बताएका हुन। 

नेपाली सेना जनताको साझा शक्ति र सम्पत्ति हो भन्ने तथ्यलाई हृदयङ्गम गरी व्यवहारमा उतार्नुपर्नेमा जोड दिदै उनले जनताको सेवक भई उनीहरूको बाँच्न पाउने मौलिक हक र अधिकारलाई सुनिश्चित पार्न सदा कटिवद्ध रहन निर्देशन दिए। अस्वस्थताका कारण केही समयदेखि आराम गरिरहेकी रक्षा मन्त्री विद्या भण्डारीसमेत उपस्थित सो कार्यक्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल पनि गएका थिए|


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by