ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 20, 2009

द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न समिति; ऋषि धमलाको मुद्दा फिर्ता

काठमाडौं, असोज ४ (नागरिक)-


 सरकारले द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न शान्ति मन्त्री रकम चेम्जोङको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले समिति गठन गरेको हो । समितिले द्वन्द्वका बेला भएको क्षति र घर जग्गा कब्जाबारे अध्ययन गरी क्षतिपूर्ति निर्धारण गर्नेछ ।
समितिमा गृह, अर्थ र महिला तथा बालबालिका मन्त्रालयको पनि सहभागिता छ । बैठकले देशभरका अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको सञ्चार मन्त्री शंकर पोखरेलले जानकारी दिए। यसैगरी बैठकले पत्रकार ऋषि धमला, रामशुभक महतो र वीरेन्द्र केएमविरुद्धको मुद्दा पनि फिर्ता लिने निर्णय गरेको छ । 

हतियार तथा खरखजाना मुद्दा लागेकामध्ये धमला पहिले छुटिसकेका छन् भने अरु दुई जना आठ महिनादेखि थुनामा छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by