ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 25, 2009

राष्ट्रपतिविरुद्ध कालो बेलुन उडाए माओवादीले


काठमाडौँ, असोज ९ (नागरिक)- फूलपातिको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको बडाइँ कार्यक्रममा राष्ट्रपति रामवरण यादवविरुद्ध माओवादीले कालो बेलुन उडाएका छन्। कालो बेलुन उडाउने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।· दशैँका कारण भीड बढेको हुँदा सुरक्षाकर्मीलाई माओवादी पहिचान गर्न गाह्रो भएको थियो। 
सेनाले गरेको फूलपाती बडाइँ समारोहमा राष्ट्रपति रामवरण यादव, कार्वाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख तथा प्रधान न्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु सहितका व्यक्तित्वको उपस्थिति थियो। बडाइँ हेर्न टुँडिखेल वरिपरि सर्वसाधारणको भीड लागेको थियो

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by