ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

काली मन्दिरमा के मागे कोइरालाले?

विराटनगर, असोज १०- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थानीय काली मन्दिरमा शनिबार बिहान परम्पराअनुसार टीका र प्रसाद ग्रहण गरे। सो अवसरमा उनले उपस्थित पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मुलुकमा स्थायी शान्ति, समृद्धि एवम् नयाँ नेपाल निर्माणका लागि भगवानसँग कामना गरेको बताए।
सभापति कोइरालाले सहमति, सहकार्य र एकताबाट नै मुलुकमा सबै किसिमका अवरोधको निकास निस्कने भएकाले यस कार्यमा सघाउन सबैलाई आग्रह गरे। सभापति कोइराला सदाझैँ यस वर्ष पनि वडादसैँ मनाउन शुक्रबार अपराह्न विराटनगर आइपुगेका हुन्। कोइराला भोलि नै राजधानी फर्कने कार्यक्रम छ। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by