ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 21, 2009

'आन्दोलनको पहिलो चरण सफल'


सहमतिका लागि कांग्रेस वाधक-
काठमाडौ, असोज ५ (नागरिक) - एकिकृत नेकपा माओवादीले नागरिक सर्वोच्चताको पक्षमा र वर्तमान सरकारको विरोधमा भएको पहिलो चरणको आन्दोलन सफल भएको निश्कर्ष निकालेको छ। माओवादी स्थायी समितिको सोमबार बसेको बैठकमा नेताहरुले दलहरुबीच सहमति हुन नसक्नुमा नेपाली कांग्रेसलाई दोष दिएका छन्। 
"पहिलो चरणको आन्दोलनले जनमानसमा नागरिक सर्वोच्चताको पक्षमा नयाँ माहौल सृजना गरेको छ," प्रवक्ता दिननाथ शर्माले बैठकपछि भने, "हाम्रा माग संवोधन नभए दशैपछि थप आन्दोलनका कार्यक्रम आउनेछन्।" शर्माकाअनुसार बैठकमा आन्दोलनका पक्षमा नेताहरुले जोड दिएका थिए। बैठकमा देशव्यापी सम्पन्न पहिलोचरणको आन्दोलन, जनसभा र प्रशिक्षण भव्यतापूर्वक सफल भई जनतालाई वैचारिक-राजनीतिक रूपमा दिशावोध गरेको र नागरिक सर्वोच्चताको नारा जनतामा स्थापित भएको निश्कर्ष निकालिएको थियो।


पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकमा राजनीतिक गतिरोध अन्त्यका लागि कांग्रेससँग थप वार्ता गर्नुपर्ने  निष्कर्ष निकालेको माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए। "राष्ट्रपतिका विषयमा छलफल गर्नै नहुने‍ र उनले चालेका कदम उचित थियो भन्ने कांग्रेसको भनाइले राजनीतिक सहमति निस्कदैंन," महराले भने।


पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरूसँग सहमतिका लागि गरिने गृहकार्यलाई अझै तीव्रता दिने निर्णय भएको बताए। उनले भने, "सकेसम्म समझदारीमै जोड दिने र काँग्रेस- एमाले संविधान संशोधनमा पनि तयार नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने विषयमा कुरा भएको छ।"
उनले एमाओवादीले हदैसम्मको लचकता अपनाइसकेकाले अब संविधान संशोधन भन्दा तल ओर्लन नसकिने बताए। बैठकमा काङ्ग्रेस यथास्थितिबाट माथि उठ्न नसकेकाले राजनीतिक गतिरोधको अन्त्य हुन गाह्रो भएको विश्लेषण गरिएको र राजनीतिक गतिरोधको अन्त्यका लागि एमालेले पुनर्विचार गर्नुपर्नेमा जोड दिइएको थियो। महाधिवेशन तयारीकै क्रममा आगामी कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय भएको सो पार्टीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो।
संसदको गतिरोध अन्त्यका लागि माओवादीले राष्ट्रपतिको पूर्व प्रधानसेनापति रुक्माङ्द कटवाललाई पदमै रहन दिएको निर्देशनका विषयमा संसदमा छलफल गर्नु पर्ने माग राख्दै आएको छ। कांग्रेसले भने राष्ट्रपतिका कदमबारे संकल्प प्रस्तावमा छलफल गर्न नसकिने तर्क गर्दै आएको छ।
राष्ट्रपतिको कदम नसच्याएसम्म संसदको कामकारबाही माओवादीले अगाडि बढ्न नदिएपछि गत साउनमा सरकारले प्रस्तुत गरेको बजेट हालसम्म पारित हुनसकेको छैन । प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनको तयारीकाबारेमा समेत छलफल भएको जानकारी दिए। माओवादीले अर्को वर्ष महाधिवेशन गर्ने बताउँदै आएका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by