ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 23, 2009

कोक-पेप्सी पनि अखाद्य!!!


कपिल भट्ट/कैलाली, ७ असोज
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत बसन्तकुमार कनौजियाको संयोजकत्वमा गठित बजार अनुगमन समितिले अनुगमनका क्रममा धनगढी बजारबाट बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको हो।
अनुगमनका क्रममा बहुराष्ट्रिय कम्पनीका उत्पादन समेत उपभोग अवधि सकिएको अवस्थामा भेटिएका छन्।


बजारमा भेटिएका सामानहरुमा कोकाकोला, पेप्सी कम्पनीका पेय पदार्थ र अन्नपूर्ण भेजेटेवल प्रोडक्टको अमृत सोयाविन तेल, उपहार चिया, मायोज चाउचाउ लगायतका उत्पादन प्रयोग मिति सकिएको अवस्थामा फेला परेका छन्। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भदौ २५ गते बसेको सरोकारवालाहरुको बैठकले कनौजीयाको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको थियो।
समितिले भदौ २९ गतेदेखि असोज २ गतेसम्म अनुगमन गरेको थियो। अनुगमनका क्रममा धनगढी बजारका ४६ वटा पसलमा गरेको चेकजाँचमा १३ वटाले मात्र उपभोक्ता संरक्षण ऐन बमोजिम कार्य गरेको पाइएको छ। अन्य ३३ वटा पसलले मूल्यसूची नराखेको र नापतौलका सामान गैरकानुनी रुपमा प्रयोग गरेको पाइएको संयोजक कनौजियाले जानकारी दिएका छन्।

अन्य केही सामानको प्रयोगशालामा परिक्षण भैरहेको जानकारी दिदै संयोजक कनौजियाले केही व्यापारीहरुलाई कारवाही समेत गरिएको जानकारी दिए। उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर अनुगमन समितिले बजार अनुगमनको कार्यलाई आगामी दिनमा निरन्तरता दिने बताईएको छ। दशै र तिहारको समयमा अखाद्यवस्तुको बढि बिक्री हुने भएकाले अनुमगन समितिले बजारमा कडा निगरानी गरिरहेको समेत संयोजक कनौजीयाले जानकारी दिए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by