यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ७ असोज

पाल्पाको तानसेनमा बिहीवार जनभेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने– हरूवाहरूले नै सरकारको नेतृत्व गर्ने भए चुनावको के महत्व? आफ्नो मन्तव्यको क्रममा धेरै समय वर्तमान सरकारको आलोचना गर्नमा खर्चेका अध्यक्ष प्रचण्डले भने एमाले र कांग्रेस भित्रका सभासद्हरू पनि वर्तमान सरकारबाट रुस्ट छन् त्यसैले यो सरकार सदनमा अल्पमतमा छ।
राष्ट्रपतिले नागरिक सर्वोच्चता भन्दा बाहिर गएर निर्णय गरेपछि देश र जनताको लागि आफूले राजीनामा दिएको बताउदै प्रचण्डले भने –पुराना नेताहरूको मानसिकता पनि पुरानो भएकोले समस्या देखिएको हो, अब जनताले नया अपेक्षा गर्दैछन् ,त्यसैले उनीहरूलाई जतनाले नै धपाउने छन्।
माओवादीलाई जनताले बढी मत दिएर सरकार चलाउन र अरू दललाई कम मत दिएर माओवादीको पछिपछि हिड्न भनेपनि पैसाको खेलमा सभासद्हरू लाग्दा हरूवाहरूको नेतृत्वमा सरकार पुगेको प्रचण्डको भनाई थियो।
२०३६ सालमा पाल्पा आएको सम्झदै अध्यक्ष प्रचण्डले भने"अहिले त पाल्पाको विकास निकै भइसकेछ त्यसैले नया नेपाल निर्माणका लागि पाल्पाको पर्यटन विकास महत्वपूर्ण छ।"
प्रचण्डले नेपाललाई ड्युटी फ्रि देशको रूपमा अगाडि बढाउनुपर्ने बताए। उनले भने "अरु देशमा गएर कमाएको पैसा खर्च गर्न मान्छे नेपालमा आउने बातावरण बनाउनु पर्छ। तवमात्र नेपालको विकास सम्भव छ। " अध्यक्ष प्रचण्डले पाल्पाको श्रीनगर, धवल पुस्तकालय, तानसेन दरवार तथा धरमपानीमा रहेको वाइसिएल क्याम्पको समेत निरीक्षण गरेका थिए। उनले गणतन्त्र नेपालमा पनि कतिपय नेपालीमा ज्ञानको अभाव रहेको बताउदै शैक्षिक विकासका लागि सहयोगी नेपालको सबैभन्दा पुरानो र ज्ञानको भण्डार धवल पुस्तकालयको विकासका लागि आफूले पार्टी र संसदको तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिन भ्याए। पोखराबाट रोल्पा जाने सिलसिलामा पाल्पा बास बस्न अध्यक्ष प्रचण्ड बुधवार साझ पाल्पा अएका थिए। उनी एक कार्यक्रमका लागि रोल्पा प्रस्थान गरेका छन्।
No comments:
Post a Comment