ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 26, 2009

माओवादीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेः नेपाल







'समयमै संविधान बन्छ । त्यसका लागि हामी साझा सहमति पहिल्याउँछौं ।'

न्युयोर्क, २०६६ आश्विन १० - प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरिम संविधानले बन्देज गरेको विषयमा राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेकोमा माओवादीको आलोचना गरेको छन् ।महाअभियोग बाहेक अन्य राष्ट्रपति विरुद्ध उठाउन नपाइने संबैधानिक प्रावधानलाई माओवादीले नागरिक सर्वोच्चताको नाममा मिच्न खोजेकोमा उनले आपति प्रकट गरे ।राष्ट्र संघको महासभामा भागलिन न्युयोर्कमा रहेका प्रधानमन्त्री नेपालले शनिबार आदिवासी जनजाति महासंघ अमेरिकाले गरेको कार्यक्रममा संसदमा राष्ट्रपतिको कदमबारे कुनै छलफल नहुने स्पष्ट पारे । उनले भने, 'माओवादीले भनेको नागरिक सर्वोच्चता के हो ? मैले बुझ्न सकेकेा छैन ।' उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान लेखन कार्य नै सरकारको प्रमुख दायित्व रहेकाले त्यसमा कुनै सम्झौता नहुने उल्लेख गरे । यस अघि ३ महिनाको समयमा संविधान लेखिएको प्रसंग उल्लेख गर्दै उनले भने, 'समयमै संविधान बन्छ । त्यसका लागि हामी साझा सहमति पहिल्याउँछौं ।'

उनले नयाँ संविधान जारी नहुन्जेल वर्तमान सरकारले नै निरन्तरता पाउनेसमेत दाबी गरे ।










६४ औं महासभालाई सम्बोधन गर्न न्युयोर्क पुगेका प्रधानमन्त्री नेपालले आज राति सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । १२ औं वक्ताका रुपमा रहेको नेपालले नेपालको जारी शान्ति प्रक्रियाको प्रगति र जलवायु परिवर्तनबारे सम्बोधन गर्ने सल्लाहकार रिजालले बताए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by