ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

आजको कार्टुन!


नेताका दुःख




image



राजनीतिक ब्युरो/नयाँ पत्रिका
काठमाडौं, २ असोज




बिहानदेखि बेलुकासम्म सहकर्मी नेता, कार्यकर्ता, सहयोगी र शुभेच्छुकसँग हेलमेल भइरहने उच्च तप्काका राजनीतिक सबै नेताका दुख्ख उस्तै-उस्तै छन् । यान्त्रिक जीवन-शैली । अभाव, पीरमर्का र अन्यायका अनुभव भरिएका गुनासा या मागसहितका भेटघाट । निजी जीवनका लागि समय अभाव, यस्तै-यस्तै

'भारतीय नीति हस्तक्षेपकारी'

गंगा बीसी



काठमाडौं, २०६६ आश्विन ३ -  माओवादी स्थायी समिति सदस्य एवं विदेश बिभाग प्रमुख कृष्णबहादुर महराले भारतीय नीति हस्तक्षेपकारी भएको बताएका छन् । चीनको नीति भने ठिक रहेको उनको भनाइ छ । शनिबार कान्तिुरसंगको कुराकानीमा उनले भने, 'हाम्रो लागि चिनीय नीति ठिक छ ।' केही दिनअघि मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालसंगै हङकङ पुगेर

यो तालले संविधान बन्दैनः खनाल


झापा, ३ असोज(दैनिकी)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शीर्ष ३ दलबीच अधिकतम राजनीतिक सहमति नजुटे तोकिएको समयमा संविधान नबन्ने ठोकुवा गरेका छन। इलामको फिक्कलमा एमालेले आयोजना गरेको चियापान

राष्ट्रसंघको सहयोगमा जनविद्रोह हु्न्छ : दाहाल

चाँदनी हमाल, चितवन असोज ३- माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई खेलाँची नसम्झन दलहरुलाई चेतावनी दिएका छन् । खेलाँची सम्झने भुल गरे भने राष्ट्रसंघको सहयोगमा जनविद्रोह गर्ने धम्की पनि उनले दिए । 'दशैं तिहारभित्र सहमति भए माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ, होइन भने जनविद्रोह हुन्छ', उनले भने- जनविद्रोहलाई राष्ट्रसंघले पनि सहयोग गर्छ । 

तराईमा बहुप्रदेश माग


हेटौंडा ३ असोज (दैनिकी)
हेटौंडामा भएको थारु महिला सभाको प्रथम राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै शनिबार सकिएको छ। सम्मेलनले शिक्षित थारु महिलाहरुलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, संसदमा देखिएको गतिरोध अन्त्य हुनुपर्ने, समयमै संविधान जारी हुनुपर्ने लगायतका ७ बुँदे घोषणा

माओवादीलाई आन्दोलन रोक्न का‌ग्रेसको आग्रह

काठमाडौं, असोज २ (नागरिक) - नेपाली कांग्रेसले माओवादीले जारी राखेको सडक र सदन आन्दोलनलाई फिर्ता लिन आग्रह गरेको छ। शुक्रवार वसको कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले माओवादीले संसद अवरोध गर्दा वजेट अधिवेशन अन्त्य गर्न अवरोध पुग्नुका साथै संविधाननिर्माणमा समेत नकरात्मक असर पुगेको भन्दै माओवादीलाई यस्तो आग्रह गरेको हो।

चितवन निकुञ्जभित्र पर्यटक निषेध !

चाँदनी हमाल, चितवन असोज ३- चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल मजदुरले चितवनमा पर्यटक भित्रन रोक लगाएपछि सौराहा जाने पर्यटकलाई सुरक्षा व्यवस्थासहित लैजान थालिएको छ। होटल मजदुरले सडक र हवाई दुवै मार्गबाट आउने पर्यटकलाई चितवन छिर्न रोक लगाउने गरेका छन्। उनीहरुले जान नदिएपछि स्थानीय प्रशासनले प्रहरी स्कर्टिङमा पर्यटक सौराहा पुर्याउन थालेको हो ।

Friday, September 18, 2009

आजको कार्टून !


प्रहरीको यो सक्रियता


६० हजार चोरिएको दुई घण्टा नबित्दै हात पर्यो

विजय नेपाल/पोखरा, २ असोज
पोखराबाट पेन्सन थापेर घर फर्कने क्रममा तनहूँका एक भूपू भारतीय आर्मी, साथबाट ६० हजार रुपैयाँ लुटिएपछि इन्तु न चिन्तु भए। मुखैमा आएको दशै कसरी मान्ने हो भन्ने चिन्ता उनलाई बढेर गयो। तर घटना भएको २ घण्टा पनि नबित्दै उनको मुहारमा चमक छायो। पाइण्टको भित्री गोजीमा राखेको पैसा समेत लुटेर फरार भएका चोरहरुलाई प्रहरीले रंगेहात समात्यो। पत्रकारहरुको रोहबरमा उनलाई शुक्रबार उक्त रकम स-सम्मान प्रदान गरियो। 

दशैपछि माओवादीले गर्ने निर्णायक आन्दोलनले विश्व नै चकित हुन्छ - दाहाल


प्रधानमन्त्री नेपाललाई राजिनामा दिन सुझाव- 
चितवन, असोज २ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले दशैपछि निर्णायक आन्दोलन गर्ने बताएका छन्। दोस्रो चरणको आन्दोलनको अन्तिम दिन नारायणघाटमा बोल्‍दै दाहालले चितवनबाटै  निर्णयक आन्दोलन शुरु हुने भन्दै त्यसका लागि दिमागी रुपमा तयार रहन चितवनवासीलाई आग्रह गरे।

'उडायो सपना सबै हुरीले...’

image

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, १ असोज

गृह राज्यमन्त्री रिजवान अन्सारीको स्वकीय सचिवको नक्कली परिचयपत्र बनाएको अभियोग लागेका उमानाथ खतिवडाले गृह राज्यमन्त्री अन्सारीका लागि दसैंअगाडि घर किनिदिने सर्तमा मन्त्रालयबाटै कार्ड पाएको दाबी गरेका छन् । गृह राज्यमन्त्रीकै आदेशअनुसार पैसा संकलन गर्दा पक्राउ परेपछि

सरकारले तत्काल राजीनामा दिनु पर्ने प्रचण्डको शर्त


काठमाडौं, २ असोज(दैनिकी)
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले 'प्रचण्ड'ले नागरिक सर्वोच्चता मान्ने हो भने वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका छन। चितवनको नारायणगढमा आयोजित जनसभामा उनले राष्ट्रपतिको कदम विरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याए सत्तारुढ दलका सभासदले नै समर्थन गर्ने दावी गरे । सत्तारुढ एमाले र मधेसवादी दलका केही सभासदले संकल्प प्रस्तावका लागि सहयोग गर्ने वचन दिएको बताए ।

यही राष्ट्रिय झन्डा 'राम्रो'

कान्तिपुर संवाद्‍दाता
काठमाडौ, २०६६ आश्विन २ - माओवादीलगायतका दलले राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव ल्याएलगत्तै यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । अध्येताहरूले नेपालको त्रिकोणात्मक झन्डा विश्वमा छुट्टै महत्त्व रहेकाले फेर्नु आवश्यक नरहेको बताएका छन् । उनीहरूले नयाँ सन्दर्भमा झन्डालाई फरक ढंगबाट व्याख्या गर्न सकिए पनि यसलाई परिवर्तन गर्नु ठीक नहुने धारणा राखेका छन् ।

एकै वर्ष ६ लघु विद्युत् आयोजना

लमजुङ, २०६६ आश्विन २ - जिल्लाको पूर्वी भेगका विकट चारवटा गाविसमा यस वर्ष एकैसाथ ६ लघु जल विद्युत् आयोजना निर्माण पूरा हुने भएका छन् ।पाचोकको किसेदी खोला, इलामपोखरीको छहरे खोला र पैसे खोला, कोल्कीको चिल्ली खोला दोस्रो र क्रिखोला तथा दूधपोखरीको फिरीपैचे खोला आयोजना

Thursday, September 17, 2009

आजको कार्टुन !

संविधान संशोधन गरेर भएपनि निकास निकालिने

काठमाडौ, २०६६ आश्विन १ - 





माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गरेर भएपनि राष्ट्रपति कदमको बारे निकास निकालिने बताएका छन् । बिहीबार हङकङबाट फर्केका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अरु दलसँग छलफल अघि बढाएर निकास निकाल्ने जानकारी दिए ।

स्याटेलाइटले ८ असोजदेखि मोबाइल टेलिफोन सुरु गर्ने

काठमाडौं, असोज १ (नागरिक)। नेपाल स्याटेलाइटले असोज ८ गतेदेखि मोबाइल टेलिफोन सुरु गर्ने भएको छ। यो कम्पनीले सुरुमा जिएसएम प्रविधिबाट टेलिफोन सुरु गर्ने घोषणा गरेको छ। यसको नम्बरको सुरुमा '९६३' अंक हुनेछ।

नेपालमा छिमेकीविरुद्ध कुनै गतिविधि छैनः प्रचण्ड


काठमाडौं, १ असोज (दैनिकी)
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भारत वा अन्य कुनै मुलुकमा गडबडी मच्चाउनेका लागि आश्रय स्थल नभएको स्पष्ट पारेका छन । पाँच दिने हङकङ भ्रमण सकेर स्वदेश फिर्ता हुने क्रममा बिहीबार उनले अन्तर्राष्ट्रिय

सोलुबाट किरात वर्कर्स कार्यकर्ता पक्राउ

महेश्वर चामलिङ राई, उदयपुर, असोज १ -


किरात जनवादी वर्कर्स पार्टीका कार्यकर्ता भएको आशंकामा ५ जनालाई सोलुखुम्बु प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। सदरमुकामदेखि ३ दिन लाग्ने जुगु गाउँ विकास समिति -४ बाट हतियार र कागजातसहित उनीहरु पक्राउ परेका हुन्। सोलु र ओखलढुङ्गाको सीमास्थलमा पर्ने उक्त

श्रीनगर डाँडामा १० तलाको भ्यू टावर बन्ने


यज्ञमूर्ति तिमिल्सिना/पाल्पा असोज १
पर्यटन वर्ष सन् २०११ लाई लक्ष्य बनाएर तानसेनको श्रीनगरडाँडामा भ्यूटावर निर्माण हुने भएको छ। विश्वभरी नै परिचित पाल्पाली करूवाको स्वरूपमा निर्माण गर्न लागि उक्त भ्यू टावर १ सय फिटको उचाई

तीस लाख राहत हस्तान्तरण


काठमाडौं/ 
माओवादी नेवाः राज्य समितिले पश्चिम नेपालमा फैलिएको झाडापखाला प्रभावितका लागि उठाएको झन्डै ३१ लाख रुपैयाँ राहत हस्तान्तरण गरेको छ । राहतमा ३० लाख ९४ हजार पाँच सय ६ नगद, एक सय २० कार्टुन औषधि, चार सय क्विन्टल

ज्वालासिंहको युद्धविराम


काठमाडौं, १ असोज (दैनिकी)
तराइमा सशस्त्र आन्दोलनरत जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वालासिंह समूहले ३६ दिनका लागि युद्धविरामको घोषणा गरेको छ।

राजदूत छन्, दूतावास र कर्मचारी छैनन्



image

क्यानडा, दक्षिण अफ्रिका, ब्राजिल र कुवेतका लागि राजदूत छन् तर उनीहरू बस्ने ठाउँ छैन


पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ३१ भदौ
सरकारले चार देशका लागि पहिलोपटक राजदूत नियुक्त गरेको छ । तर, कर्मचारी नहुँदा दूतावासको समेत ठेगान लागेको छैन ।

Wednesday, September 16, 2009

आजको कार्टुन !

पार्टीकै लडाकु बने सरकारले तलव भत्ता रोक्नेछः खाँण

भैरहवा, २०६६ भाद्र ३१ -


सिंचाई मन्त्री बालकृष्ण खाँणले माओवादी लडाकुले पार्टी नछाडे उनीहरुलाई दिएको तलब भत्ता सरकारले रोक्ने बताएका छन् । बुधबार भैरवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँडले राज्यको ढुकुटीबाट तलव भत्ता खाएपछि माओवादी लडाकुले पार्टीको काममा लाग्न नपाउने बताए ।


ल्यापटपमा पढ्दै विद्यार्थी


छत्र साउद
उहिले गाउँतिरका पाटीका भित्तामा बालबालिका खरीले अक्षर कोरिरहेका हुन्थे । तर, अहिले गाउँका विद्यार्थीहरू ल्यापटपमा पढ्छन् । 'छोराछोरीले यस्तोमा पढ्न पाउलान् भन्ने कल्पना पनि गरेको थिइनँ,' ३५ वर्षीया सरुदेवी भुलले भनिन्, 'मेरा तीनैजना छोराछोरी ल्यापटपमा पढ्छन् ।'
नजिकै रहेको विद्यालयका विद्यार्थी झोलाभरि किताब बोकेर स्कुल जाँदा जनज्योति प्राविका विद्यार्थी भने हातमा ल्यापटप बोकेर विद्यालय हिँडेको देखिन्छ । समान विद्यार्थीबीच कति ठूलो भेदभाव ?

माओवादी राष्ट्रिय झण्डा परिवर्तनको पक्षमा


काठमाडौं, भदौ ३१ (नागरिक) - प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीले राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव संविधानसभामा ल्याएको छ। राज्य संघीयतामा गएपछि प्रान्तको संख्या अनुसार तारा अंकित नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने प्रस्ताव माओवादीले संवैधानिक समितिमा गरेको छ।


लुम्बिनीमा पर्यटक बढे


लुम्बिनीमा सात वर्षयताकै सबैभन्दा बढी पर्यटक भित्रिए

 गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यो वर्ष पर्यटक आगमन बढेको छ । लुम्बिनी विकास कोषले जनाएअनुसार सन् २००२ देखिकै सबैभन्दा बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन् । सन् २००२ मा ९ हजार ३६ पर्यटक आएकोमा २००३ मा २८ हजार ५३ जना पर्यटक आएका थिए । त्यस्तै, सन् २००४ मा ३७ हजार ८ सय ९२, २००५ मा ३९ हजार ७ सय ९२ र २००६ मा ४९ हजार ६ सय ९५ तथा २००७ मा ७१ हजार ५३ पर्यटकले

एक हप्ताभित्रै नेपाल रेल्वेमा परिवर्तनः मन्त्रीआलम


विजेता सिंह/जनकपुर, ३० भदौ
श्रम तथा यातायात मन्त्री अफताब आलमले एक हप्ता भित्रै नेपाल रेल्वेको अवस्थामा तत्कालै सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन। अत्यन्त दयनीय अवस्थामा रहेको नेपाल रेल्वेको स्थलगत अध्ययन तथा निरीक्षण गर्न जनकपुर आएका मन्त्री आलमले तत्कालै रेल्वेको स्लिपर,कोच तथा अन्य अन्य परिर्वतनको अनुभुति हुने बताए।

त्रिविको दीक्षान्तमा प्रधानमन्त्रीलाई ढुङ्गा प्रहार

काठमाडौं, भदौ ३१ (नागरिक) - त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर पुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादी कार्यकर्ताले नाराबाजी गर्दै कालोझन्डा देखाएका छन्। प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउँदै गर्दा स्टेजमा कालो झण्डा र ढुङ्गा प्रहार भएको छ। 


Tuesday, September 15, 2009

आजको कार्टुन !

बिगमार्टको मुलुकभर सन्जाल विस्तार योजना


राजधानीको सिटिसेन्टरमा दुई महिनाअघि खुलेको बिगमार्ट सुपरमार्केटले मुलुकभर सन्जाल विस्तार गर्ने भएको छ । नेपालमा नै विकसित देशमा पुगेर किनमेल गरेजस्तो आभास दिने गरी खुलेको बिगमार्टले मुलुकका विभिन्न सहरमा सोही प्रकारका रिटेल मार्केट विस्तारको घोषणा गरेको हो ।







सीमा स्तम्भ गायव


सर्लाही, भदौ ३० - भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरी घर टहरा बनाउने क्रम बढेपछि सर्लाहीका दुई ठूलासहित ८२ वटा अन्तरराष्ट्रिय सीमा स्तम्भ हराएका छन्। भारतीय सीमासँग जोडिएका सर्लाहीका १५ गाविसमा रहेका सीमा स्तम्भमध्ये अधिकांश अतिक्रमणका कारण जीर्ण भएर नस्ट भएका छन्।

नेपाललाई सहयोग गर्न दातृनिकायलाई राष्ट्रपतिको आग्रह


कडा सुरक्षाका बाबजूद पनि राष्ट्रपतिलाई कालोझण्डा

विजय नेपाल /पोखरा, ३० भदौ
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु मुलुकको मुख्य चुनौती रहेको बताएका छन्। पोखरामा मंगलबारदेखि सुरु भएको सामुदायिक वनको अन्तर्राष्ट्रिय गोष्ठीको उदघाटन गर्दै राष्ट्रपति डा. यादवले यसको निम्ति मुलुकमा जारी हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति बनेयता पहिलोपटक पोखरा आएका उनले विकासको मेरुदण्ड वनजंगल भएकोले संरक्षणमा जोड दिए।

समयमा संविधान नलेखिए जनमत संग्रह:वादल

लीलावल्लभ घिमिरे

विराटनगर, २०६६ भाद्र ३० - एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापाले तोकिएको समयमा संविधान नलेखिए जनमत संग्रहमा जानुपर्ने वताएका छन् । उनले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार नवनेसम्म संविधान लेख्ने काम हुन नसक्ने तर्फ लक्षित गर्दै भन,े 'यदी यथास्थितिवादीहरुले त्यसो हुन दिएनन् भने विकल्पमा जनमत संग्रह हुनसक्छ ।' 

माओवादी सरकारमा आए नेतृत्व हेरफेर गर्न सकिन्छः एमाले उपाध्यक्ष

रुद्र खड्का, नेपालगन्ज भदौ ३० - सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष अशोक राईले माओवादी यही सरकारमा सामेल हुने हो भने नेतृत्वमा फेरबदल गर्न सकिने जानकारी दिएका छन्। कांग्रेस, एमाले र माओवादीविना संविधान निर्माण सम्भव नहुने धारणा राख्दै राईले मंगलवार नेपालगन्जमा पत्रकारहरूसँग भने, 'राष्ट्रिय सरकार बन्छ भने एमालेले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुनै जरुरी छैन।' सरकारको नेतृत्व गर्न दिन्छौ/दिन्नौ भन्नलाई

संविधानसभा भङ्ग हुने हल्लाको पछि नलागौं : प्रधानमन्त्री

काठमाडौं, भदौ ३० - प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा भङ्ग हुन्छ र देशमा सैनिक सर्वोच्चता कायम हुन्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्। अन्तरराष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा पूर्व सांसद क्लबद्वारा 'राजनीतिक सहिष्णुता र लोकतन्त्र' विषयमा सोमबार राजधानीमा आयोजित राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री नेपालले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रको संस्थागत सुदृढीकरणका लागि सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

Monday, September 14, 2009

आजको कार्टुन !

कालापानी र सुस्ता छोडेर सिमा बिबाद टुङ्याउने भारतीय प्रस्ताव

लेखनाथ पाण्डे, काठमाडौ भदौ २९ - सिमा सम्बन्धी समस्या एकैपटक 'प्याकज'मा समाधान गर्ने भन्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ। नेपाल भ्रमणमा सोमबार आएकी भारतीय विदेश सचिव निरुपमा रावसँग नेपालका समकक्षी ज्ञानचन्द्र आचार्यले सिमा विवाद टुङ्गाउने प्रस्ताव राखेका थिए।

सजीवनबाट बायोडिजेल निकाल्न सुरु

विष्णु घिमिरे





नेपालमै पहिलोपटक पाल्पामा सजीवनको दानाबाट बायोडिजेल निकाल्न थालिएको छ । सजीवनको तेलबाट गाडी चलाएर सफल परीक्षण गरिएको एक वर्षपछि पाल्पाको दोभान-५ मा नेपालमै पहिलोपटक प्रशोधन गरी सजीवनको दानाबाट बायोडिजेल निकाल्न थालिएको हो ।

लाइसेन्स अब इन्टरनेटमा






केदार ओझा काठमाडौं, भाद्र २८ - तपाईंको सवारी चालक अनुमतिपत्र -लाइसेन्स) सक्कली हो कि नक्कली ? सावधान ! जानीजानी वा दलालको विश्वासमा पर्दा लाइसेन्स नक्कली परेको छ भने त्यसले अब कुनै पनि बखत तपाईंहरुलाई हिरासतको चिसो छिँडीमा पुर्‍याउनेछ । ट्राफिक प्रहरीले नक्कली लाइसेन्स खोजी अभियान सुरु गरेपछि यतिखेर यातायात व्यवस्था विभागमा आफ्नो लाइसेन्सको वैधता जाँच्नेको ठूलो भीड लाग्न थालेको छ।

माओवादीको उग्रप्रदर्शनले मन्त्रीहरुलाई टेन्सन ; तागत भए गोली हानः गच्छदार





काठमाडौं २९ भदौ (दैनिकी)
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तागत भए एकीकृत माओबादी कार्यकतालाई गोली हान्न चुनौती दिएका छन।
माआवादी कार्यकर्ताले पूर्व निधारित कार्यक्रमअनुसार प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक कार्यक्रम बहिस्कार र कालो झन्डा प्रदर्शनलाई तीब्र पादै लगेपछि उपप्रधानमन्त्री गच्छदारले सक्ने भए गोली हान्न चुनौती दिएका हुन।


परमानन्द झालाई बम राखेरै हैरान




काठमाडौं, २९ भदौ (दैनिकी)
नेपाली भाषामा सपथ नलिएका उपराष्ट्रपति परमानन्द झाको गौरीघाट स्थीत निजि निवास नजिकै सकेट बम फेला परेको छ। झाको निवास नजिक भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। उनको निवासदेखि १० मिटर परको दुरीमा सकेट बम फेला परेको थियो । 

मध्यपश्चिममा तरकारी र खाद्यान्नबाट लाखौ आम्दानी



गणेश कार्की/सुर्खेत, २९ भदौ
मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाका किसानहरुले यो वर्ष तरकारी खेती र अन्य खाद्यान्नबाट लाखौ आम्दानी गरेको एक तथ्यांकले देखाएको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको तथ्यांक अनुसार अदुवा, च्याउ, सुन्तला, स्याउ, मह र अन्य फलफूल तथा खाद्यान्न बिक्री गरी कृषकले मनग्य आम्दानी गरेका हुन। सुर्खेतमा ५४ हजार २ सय ९६ मेट्रीक टन तरकारी तथा खाद्यान्नबाट उत्पादन गरी ५९ करोड आम्दानी गरेको जनाइएको छ। यस्तै दैलेखमा ३४ हजार ७ सय ५० बोट सुन्तलाबाट ४ लाख र १८ हजार ६ सय ६५ मेट्रीक टन तरकारी र खाद्यान्न विक्रिबाट ३२ करोड ९३ लाख आम्दानी भएको क्षेत्रीय कृषि कार्यालयले जनाएको छ।

सरकारले हतियार ल्याउँदैछः भट्टराई









रोल्पा,२०६६ भाद्र २९ - सरकारले शान्ति सम्झौताविपरित भारतबाट हतियार ल्याउन लागेको माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दाबी गरेका छन् । संयुक्त क्रान्तिकारी परिषद्द्वारा रोल्पामा सोमबार आयोजित कार्यक्रममा उपाध्यक्ष भट्टराईले सरकारले भारतबाट माओवादीविरुद्ध प्रयोग गर्न हतियार ल्याउन लागेको विशेष स्रोतबाट थाहा भएको दावी गरेका हुन् ।

Sunday, September 13, 2009

आजको कार्टुन !

गृहमन्त्रीलाई चाहियो ८५ लाखको मित्सुबिसी







सागर पण्डित/नयाँ पत्रिका
मन्त्रिपरिषद्का सदस्यलाई गाडी नपुगेपछि सरकारले ११ वटा गाडी किन्ने तयारी गरेको छ । यही मौकामा गृहमन्त्री भीम रावलले भने आफ्ना लागि ८५ लाख मूल्यको विशेष कार मगाउन थालेका छन् । चार महिनामा मन्त्रिपरिषद् आठपटक विस्तार हुँदा ४४ जना मन्त्री भएपछि अहिले गाडीको अभाव भएको छ । मन्त्रीका लागि गाडी नपुगेको मौकामा गृहमन्त्री रावलले ८५ लाख मूल्यको जापानिज मित्सुबिसी जीप किन्न मन्त्रालयका अधिकारीहरूलाई दबाब दिएका छन् । 

सुनको मूल्य १७ महिनाकै उच्च आइतवार

काठमाडौं, भदौ २८ (नागरिक)- सुनको मूल्य १७ महिनाकै उच्च विन्दुमा पुगेको छ। लगानीकर्ताहरु सुक्षत लगानी खोज्दै सुनतिर आकर्षित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नेक्रम सुरु भएको थियो। अन्तराष्ट्रिय बजारलाई 'फलो' गर्दै नेपाली बजारमा पनि सुनको मूल्य उच्च रह्यो।

भनेको नमान्ने कर्मचारी र प्रहरीलाई डम्प गर्छु: गृहमन्त्री आइतवार



बनेपा, भदौ २८ (नागरिक)- गृहमन्त्री भीम रावलले कानुन अनुसार काम नगर्ने निजामति कर्मचारी र प्रहरीलाई 'डम्पिङ' गराएर राख्न सकिने बताएका छन्। 'कानुन अनुसार काम नगर्ने मन्त्रालय मातहतका उच्चस्तरीय निजामति र प्रहरी कर्मचारीलाई डम्पिङमा राख्न सकिन्छ', उनले शनिबार आयोजित एक कार्यक्रममा भने। 

साल्टट्रेडिङले ग्याँस बिक्री गर्ने


साल्टट्रेडिङ कर्पोरेसनले तिहारपछि एलपी ग्याँस बिक्री गर्नेभएको छ । यसका लागि धादिङमा कारखाना स्थापनाको काम अन्तिम चरणमा पुगेको कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । 'तिहारलगत्तै उपत्यका र धादिङका लागि सेवा सुरु गर्नेछौं,' उनले भनिन्, 'पोखराका लागि पछि निर्णय गरिनेछ ।' दसैं तिहारको समय उपभोक्ताका लागि सहज बनाउन यी पर्वमै बिक्री गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ भएको श्रेष्ठले बताइन् ।

संविधानको भावना अनुसार अघि बढः राष्ट्रपति


राष्ट्रपति रामवरण यादवले मुलुकलाई निकास दिन संविधानको भावना अनुरुप चल्नुपर्नेमा जोड दिएका छन् । उनले लोकतन्त्रमा हिंसा, बल र हतियारको प्रयोग अशोभनीय हुनेपनि बताए । राजधानीमा शनिबार आयोजित महिला हिंसा विरुद्धको कार्यक्रममा उनले राज्यको तीन अंग न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच सन्तुलन भएमात्र लोकतन्त्र बलियो हुनसक्ने भन्दै शान्ति प्रकृया र हिंसाको

पछिल्लो ढोकाबाट प्रधानमन्त्री लुसुक्क ; माओवादी सडकमा रुँदै हिडेः प्रम नेपाल


 सिन्धु ढकाल/ चितबन २८ भदौ
उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसानको प्रथम राष्ट्रिय सम्मेलन उदघाटन गर्न चितवन पुगेका प्रधानमन्त्री माधवकुमार नेपाल भरतपुर विमानस्थलको मूलद्वारबाट ननिस्की पछिल्लो ढोकाबाट निस्केका छन । राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका कार्यकर्ताहरुले भरतपुरबाट नारायणगढ पुग्ने क्रममा अवरोध गर्ने संभावना देखिएपछि उनलाई सुरक्षाका लागि पछिल्लो ढोकाबाट निकालिएको हो ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by