ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

नेपालमा छिमेकीविरुद्ध कुनै गतिविधि छैनः प्रचण्ड


काठमाडौं, १ असोज (दैनिकी)
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भारत वा अन्य कुनै मुलुकमा गडबडी मच्चाउनेका लागि आश्रय स्थल नभएको स्पष्ट पारेका छन । पाँच दिने हङकङ भ्रमण सकेर स्वदेश फिर्ता हुने क्रममा बिहीबार उनले अन्तर्राष्ट्रिय
विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने सरकारको नीति रहेको र आफ्नो पार्टी पनि त्यसैका पक्षमा रहेको भन्दै उनले सो धारणा अघि सारेका हुन ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले हालै मात्र भारतीय माओवादीहरुको नेपालका माओवादीसँग सम्बन्ध रहेको बताएका थिए ।
"दुबै छिमेकीसँग राम्रो सम्बन्ध बनाउनु पर्छ भन्ने हाम्रो स्पष्ट नीति नीति छ । चीन र भारतको समन्ध राम्रो भयो भने हाम्रो हितमा हुन्छ" उनले भने ।
अर्को एक प्रस‌गमा उनले आफ्नो चीनका उच्चअधिकारीहरुसँग कुनै भेटघाट नभएको स्पष्ट पारे । "हङकङमा रहेका चीनका केही कर्मचारीहरुसँग भेट भएको हो तर प्रचारमा आएजस्तो कुनै चिनिया उच्च अधिकारीसँग भेट भएको छैन"- उनले भने ।
प्रचण्डले राष्ट्रपतिको कदमका विषयमा संविधान संशोधन भए आन्दोलन फिर्ता हुने बताए । संकल्प प्रस्तावमाथि छलफल हुनुपर्ने माओवादीको माग भए पनि एक कदम माथि उठेर राष्ट्रपतिको क्षेत्राधिकार स्पष्ट पारेर संविधान संशोधन भए लचकता अपनाउने उनको भनाई थियो । पूर्वघोषित आन्दोलनको कार्यक्रम त सकिनै लाग्यो नि भनी पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष दाहालले भने- "बैठक बसेर रणनीति तयार पार्छौँ ।"


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by