ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

श्रीनगर डाँडामा १० तलाको भ्यू टावर बन्ने


यज्ञमूर्ति तिमिल्सिना/पाल्पा असोज १
पर्यटन वर्ष सन् २०११ लाई लक्ष्य बनाएर तानसेनको श्रीनगरडाँडामा भ्यूटावर निर्माण हुने भएको छ। विश्वभरी नै परिचित पाल्पाली करूवाको स्वरूपमा निर्माण गर्न लागि उक्त भ्यू टावर १ सय फिटको उचाई
रहने निर्माण समितिका संयोजक केशव पौडेलले जानकारी दिए।
शिक्षा स्वास्थ्य पर्यटन र कुटीर उद्योगको नारा बोकेको पाल्पालाई थप पर्यटकीय गन्तव्य बनाई जिल्लाको आन्तरीक तथा बाह्य पर्यटनमा टेवा पुर्‍याउने उद्देशयले निर्माण गनृ लागि उक्त भ्यू टावरको उचाई १ सय फिटको रहने निर्माण समितिले जनाएको छ।
काठमाडौमा मुख्य पर्यटकीय केन्द्र पशुपतिनाथ भएजस्तै पाल्पाका विभिन्न स्थानहरू पर्यटकीय भए पनि अझ पाल्पालाई नजिकबाट चिनाउनका लागि भ्यू टावरले मद्धत पुर्‍याउने संयोजक पौडेलले जानकारी दिए।
सो भ्यू टावर निर्माणका लागि कुल १ करोड २५ लाख रूपैयाको इस्टमेट गरिए पनि अहिले भनेसरकारको ५० लाख तथा तानसेन नगरपालिकाको १५ लाख रूपैयाको सहयोगमा अहिले जमीन सम्याउने, डाडामा रहेका पुराना विश्रामस्थलहरू मर्मत गर्ने काम भइरहेको निर्माण समितिले जानकारी दिएको छ।
१० तलाको रहने उक्त भ्यू टावरको नवौ तलामा चिया क्यान्टीन सञ्चालन गर्ने, बूढाबूढी समेतमाथि सम्म पुग्न सकुन भनेर लिफ्ट सञ्चालन गरिने योजना निर्माण समितिको रहेको छ।
निर्माण कार्य सम्पन्न भएपछि पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची, पर्वत, तनहुँ, कास्की लगायतका विभिन्न जिल्लाहरूको सहजै अवलकोकन गर्न सकिनुका साथै विभिन्न हिमश्रृंखलाहरूको समेत दृश्यावलोकन गर्न सकिने पर्यटनविद्हरूको भनाई छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by