ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 16, 2009

माओवादी राष्ट्रिय झण्डा परिवर्तनको पक्षमा


काठमाडौं, भदौ ३१ (नागरिक) - प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीले राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव संविधानसभामा ल्याएको छ। राज्य संघीयतामा गएपछि प्रान्तको संख्या अनुसार तारा अंकित नयाँ झण्डाको व्यवस्था गर्नुपर्ने प्रस्ताव माओवादीले संवैधानिक समितिमा गरेको छ।


नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका नेताहरु भने झण्डा परिवर्तनको विपक्षमा उभिएका छन्। संविधानसभाद्वारा गठित उपसमितिमा झण्डाको बिषयलाई लिएर दलहरुबीच विवाद भएको हो । बुधबार बसेको उपसमितिको बैठकमा एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीले राज्यको पुर्नसंरचनापछि मुलुकको झण्डा परिवर्तन गर्नुपर्ने अडान राखेका थिए।

कांग्रेस, एमालेका सभासदहरुले नेपालको झण्डा विशिष्ट रहेको र यसले अन्तर्राष्ट्रिय पहिचान गर्न सक्षम रहेको भन्दै परिवर्तनको आवश्यक नरहेको जिकिर बताए। यसबारे थप छलफल जारी रहने समितिले जनाएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by