ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 16, 2009

एक हप्ताभित्रै नेपाल रेल्वेमा परिवर्तनः मन्त्रीआलम


विजेता सिंह/जनकपुर, ३० भदौ
श्रम तथा यातायात मन्त्री अफताब आलमले एक हप्ता भित्रै नेपाल रेल्वेको अवस्थामा तत्कालै सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन। अत्यन्त दयनीय अवस्थामा रहेको नेपाल रेल्वेको स्थलगत अध्ययन तथा निरीक्षण गर्न जनकपुर आएका मन्त्री आलमले तत्कालै रेल्वेको स्लिपर,कोच तथा अन्य अन्य परिर्वतनको अनुभुति हुने बताए।

मंगलवार जनकपुरमा आयोजित सर्वदलीय अन्तक्रिया कार्यक्रममा मन्त्री आलमले रेल्वेको वर्तमान अवस्थाप्रति सरकार गम्भीर रहेको बताए। गत २०५७ सालमा आएको बाढीले खुट्टास्थित विग्ही पुल भत्काएपछि अवरुद्ध रहेको जनकपुर(विजलपुरा सेवा सञ्चालनका लागि सो पुल निर्माणका लागि तत्कालै इस्टिमेशनको कार्य सुचारु गरिने उनले जानकारी दिए। तत्कालको लागी १ करोड ३८ लाख रुपैया बजेट विनियोजन गरिने तथा अन्य थप रकमको लागि अर्थ मन्त्रालयसँग समन्वय गरी निकाशा गरिने उनले प्रतिवद्धता जनाए।
जयनगर जनकपुर विजलपुरा ब्रोडगेजका लागि भारत सरकारसँग छलफल गरिने तथा लामो समय कुर्नु पर्ने अवस्था आएमा नेपाल सरकार आफैले कुनै कदम उठाउन तयार रहेको मन्त्री आलमले बताए। पुरानो मेसिनरी, कर्मचारीतन्त्रमा बदलाव ल्याउन आवस्यक रहेको भन्दै रेल्वे सुधारका लागि आउने सो रकमको निगरानी राखी सदुपयोग गराउन स्थानीयबासीसँग मन्त्री आलमले आग्रह गरे। सोही कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले नेपाल रेलवेको पुरानो नाँउ जनकपुर रेल्वे नै नामाकरण गरिनुपर्ने,रेल्वे सम्पति तथा यात्रीहरुको सुरक्षाका लागी छुट्टै निकायको गठन गर्न सरकारसँग माग गरे।
एमाले सभासद तथा वैकल्पिक केन्द्रिय सदस्य शत्रुधन महतोले रेल्वेको उचित व्यवस्थापनका लागी समक्ष व्यवस्थापनको नियुिक्त गरी आर्थिक उन्नतिका लागि पनि रेल्वे सुधार आवश्यक रहेको धारणा राखे। सभासद हरिनारायण यादव,रामसरोज यादव,महेन्द्र यादव,किरण यादव,रेल्वे वोर्डका अध्यक्ष शरद चन्द्र पौडेल सहितका टोलीले नेपाल रेल्वेको जनकपुर देखि महिनाथपुर स्टेशन सम्म निरिक्षण गरी तत्कालै नया शिराले रेल्वेको सुधार तथा विकास गरिने बताएका थिए। निरिक्षण गरी जनकपुर फर्कने क्रममा रेल्वे स्टेशनमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले मन्त्री आलमसहितको टोलीलाई कालो झण्डा देखाएका थिए। कालो झण्डा देखउने क्रममा प्रहरीले बल प्रयोग गरेका थिए। प्रहरीले बल प्रयोग गर्दा केही माओवादीका कार्यकर्ता घाइते समेत भएका छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by