ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 18, 2009

दशैपछि माओवादीले गर्ने निर्णायक आन्दोलनले विश्व नै चकित हुन्छ - दाहाल


प्रधानमन्त्री नेपाललाई राजिनामा दिन सुझाव- 
चितवन, असोज २ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले दशैपछि निर्णायक आन्दोलन गर्ने बताएका छन्। दोस्रो चरणको आन्दोलनको अन्तिम दिन नारायणघाटमा बोल्‍दै दाहालले चितवनबाटै  निर्णयक आन्दोलन शुरु हुने भन्दै त्यसका लागि दिमागी रुपमा तयार रहन चितवनवासीलाई आग्रह गरे।

उनले भने, 'दशैपछि निर्णायक आन्दोलन हुन्छ जुन विद्रोहको आन्दोलन पनि हुनेछ ,त्यसका लागी तपाँईहरु तयार रहनुस'। विद्रोहले त्यो आन्दोलनलाई विश्वले नै चकित भएर हेर्ने पनि उनले दाबी गरे। सफलताको लागि पटक पटक आन्दोलन गर्नु जनताको नियम भएको उल्लेख गर्दै उनले फटाहाहरुले गडबडी गर्ने दिन गएको बताए।


'जनताले पुरैजित्ने दिन नजिक आउदैछ त्यो दिन फटाहाहरुले पुरै हार्ने दिन हुनेछ 'उनको थप भनाई थियो - 'यसअघिको आन्दोलन ट्रेलर मात्र भएको उल्लेख गर्दै उनले भने दशैपछि अब पुरै सीन बन्नेछ।' दाहालले देशमा अहिले उल्टो गंगा बगेको बताए। दाहालले हारेकाहरुले देश चलाउनु भनेको पूर्वबाट बग्नुपर्ने गंगा पशिचमबाट बग्नु जस्तै हो भने।  दाहालले जनताको सर्वोच्चताका लागि पदबाट राजिनामा दिन प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरे।


उनले काँग्रेस र एमालेको वुद्धी नआएकाले देशमा अस्थिरता छाएको बताउँदै दलहरुको कृयाकलापले देशमा दिउसै रात पर्न थालेको बताए। काँग्रेस र एमालेको वुद्धी आउन पूर्व राजा ज्ञानेन्द्र जस्तै लात हान्न सक्ने व्यक्ति चाहिएको बताउदै उनले भने, 'लात हान्ने मान्छे नै खोजेको हो भने खबरदार तपाँईहरुको हविगत ज्ञानेन्द्रको भन्दा पनि बेहाल हुनेछ। ' ज्ञानेन्दलाई युद्धविरामको बाण हानेर परास्त गर्ने माओवादीकै विरुद्धमा दलहरु लागेको उल्लेख गरे।
उनले भने, 'संसदमा समेत माओवादीलाई हराएर बहुमत ल्याउन दलहरुले एक करोडमा सांसद नै किनबेच गर्ने षडयन्त्र गरिरहेका छन्।' ज्ञानेन्द्रसँग पैसा चढाउदै प्रधानमन्त्री बन्न पाउँ भनेर विन्ती भाउ गर्नेहरु अहिले सोझो राष्ट्रपतिको वरपर झुम्मिएर कुर्सीको खेल खेलिरहेको आरोप दाहालले लगाए। उनले भने, 'ज्ञानेन्द्रकै जस्तो आदेश किन खोज्छन् एमाले र काँग्रेसले जनताको आदेश पनि बुझ्नुपर्छ अब।' 


एमालले हिङ नभएपनि हिङ भएको टालो सम्झेर सहकार्य गरेका बताउदै एमालेले नै आफुहरुलाई पटक पटक खाल्डामा हाल्न तम्सेको दाहालले बताए। एमालेमा माओवादीका बारेमा बढी भ्रम रहेको औल्याउदै उनले माओवादीले सत्ता कब्जा गर्न खोजेको भन्ने गलत आरोप दलहरुले लगाएको बताए।


माओवादीले थालेको शान्ति प्रकृयामै हस्तक्षेप हुन थालेकाले आफु सरकारबाट बाहिरिएको बताउदै उनले अब आफ्ना केही कमजोरी हटाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे। दलहरुले पुरानो नीति नछोडे पनि सहमतीका लागि आफुले पनि पहल नछाडेको उनले बताए। नयाँ सहमतीका लागी माओवादीको मागमाथि दलहरुले बिचार नगरेसम्म आन्दोलन नरोकिने उनले बताए। कार्यक्रममा सहभागी हुन आएका दर्जनबढी माओवादी नेताहरु मध्ये जनादृन शर्मा बाहेक अन्यले मन्तब्य दिएनन्। एकीकृत माओवादीद्वारा गठित संयुक्त जनआन्दोलन परिषदका सचिव समेत रहेका उनले ४६ सुत्रीय माग पत्र तयार गरेको जानकारी दिए। मागपत्रमा नागरिक सर्वोच्चता, नयाँ संविधान, शान्ति प्रकृया, राष्ट्रिय सरकार, राष्ट्रिय स्वाधिनता लागयतका मूख्य एजेण्डा रहेको बताएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by