ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 14, 2009

माओवादीको उग्रप्रदर्शनले मन्त्रीहरुलाई टेन्सन ; तागत भए गोली हानः गच्छदार





काठमाडौं २९ भदौ (दैनिकी)
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तागत भए एकीकृत माओबादी कार्यकतालाई गोली हान्न चुनौती दिएका छन।
माआवादी कार्यकर्ताले पूर्व निधारित कार्यक्रमअनुसार प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक कार्यक्रम बहिस्कार र कालो झन्डा प्रदर्शनलाई तीब्र पादै लगेपछि उपप्रधानमन्त्री गच्छदारले सक्ने भए गोली हान्न चुनौती दिएका हुन।


प्रधानमन्त्री माधवकुमार नेपाल माओवादी कार्यकर्ताहरुको उग्र प्रदर्शनका कारण विराटगनरका कार्यक्रम स्थलनै छाडेर होटल रत्नामा बस्न बाध्य भएका छन भने शनिबार अर्थमन्त्री सुरेन्द्र पाण्डे चढेको ढुंगामूढाका कारण गाडीबाटै उत्रन नसकी काठमाडौं फर्केका थिए। आइतबार चितवनमा प्रधानमन्त्री नेपालले आफू हिड्ने रुटनै परिवर्तन गर्नु परेको थियो।
उपप्रधानमन्त्री गच्छदार पनि माओवादी कार्यकर्ताका उद्दण्ड प्रदर्शनबा६ बचेनन। कार्यक्रम स्थलमै माओवादी कार्यकर्ताले विरोध स्वरुप कालो झन्डा ओडाइदिएपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदार आक्रोसित बनेका थिए।
काठमाडौंको सिनामङगल र भीमसेनगोला जोड्ने नबनिर्मीत पुलको सिलन्यास गर्दै उपप्रधानमन्त्री गच्छदारले माओवादीले जनमत र जनभावनाको अवमुल्यन गरेको आरोप लगाए।
माओबादीलाई मत दिएको प्रति जनताले पछुतो महसुस गर्न थालेको भन्दै सविधान सभा माओवादीको मात्र पेवा नभएको टिप्पणी गरेे।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by