ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

यो तालले संविधान बन्दैनः खनाल


झापा, ३ असोज(दैनिकी)
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शीर्ष ३ दलबीच अधिकतम राजनीतिक सहमति नजुटे तोकिएको समयमा संविधान नबन्ने ठोकुवा गरेका छन। इलामको फिक्कलमा एमालेले आयोजना गरेको चियापान
कार्यक्रममा बोल्दै अध्यक्ष खनालले दलहरु बीचको जारी असमझदारी अन्त्य गर्न नसकिए देशमा दिगो शान्ति स्थापना हुनै नसक्ने पनि बताए।
उनले सबै दलले अधिकतम लचकता अपनाउनु पर्ने बताउदै देशलाई निकास दिन माओवादी पनि एमाले नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखे गृह जिल्ला इलाम आउनुभएका अध्यक्ष खनाल आइतबार राजधानी फर्कने कार्यक्रम रहेको छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by