ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 15, 2009

समयमा संविधान नलेखिए जनमत संग्रह:वादल

लीलावल्लभ घिमिरे

विराटनगर, २०६६ भाद्र ३० - एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापाले तोकिएको समयमा संविधान नलेखिए जनमत संग्रहमा जानुपर्ने वताएका छन् । उनले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार नवनेसम्म संविधान लेख्ने काम हुन नसक्ने तर्फ लक्षित गर्दै भन,े 'यदी यथास्थितिवादीहरुले त्यसो हुन दिएनन् भने विकल्पमा जनमत संग्रह हुनसक्छ ।' 
क्रान्तिकारी पत्रकार संघ मोरङले मंगलवार आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा वोल्दै महासचिव थापाले माओवादीले तोकिएको समयमा जनसंविधान लेखिनु पर्छ भन्ने चाहेको तर विदेशीको इशारामा शान्ति प्रकृया भाड्ने षडयन्त्र भइरहेको बताए । उनले निर्वाचित सरकारले राष्ट्रपतिलाई नै फांसीको सजाय दिने निर्णय लियो भने पनि सेरेमोनियल राष्ट्रपतिले लाह छाप लगाउनु पर्ने भएपनि अहिले जनताको अधिकारलाई फाँसी चढाएर दोहोरो सत्ता चलाउने प्रयास भएको आरोप लगाए । माओवादीले संक्रमणकालको अन्त्यका लागि आन्दोलन सुरु गरेको भन्दै उनले दोस्रो जनआन्दोलनले वढार्न वाँकी रहेका सामन्तवादका भग्नाबषेशहरु समाप्त पार्ने बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by