ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

स्याटेलाइटले ८ असोजदेखि मोबाइल टेलिफोन सुरु गर्ने

काठमाडौं, असोज १ (नागरिक)। नेपाल स्याटेलाइटले असोज ८ गतेदेखि मोबाइल टेलिफोन सुरु गर्ने भएको छ। यो कम्पनीले सुरुमा जिएसएम प्रविधिबाट टेलिफोन सुरु गर्ने घोषणा गरेको छ। यसको नम्बरको सुरुमा '९६३' अंक हुनेछ।
 'दाङमा मुख्य कार्यालय राखेर सेवा सुरु गर्ने तयारीमा छौं,' कम्पनीका कार्यकारी निर्देशक अजेयराज सुमार्गीले भने। यसको उद्घाटन रोल्पा, दाङ र काठमाडौंबाट एकैपटक गरिने पनि उनले बताए।

स्याटेलाइटले तीनठूला दलका नेताहरुलाई कन्फरेन्स कल गराएर टेलिफोनको उद्घाटन गर्ने जनाएको छ। 'काठमाडौंमा गिरिजाप्रसाद कोइराला, रोल्पामा पुष्पकमल दाहाल र दाङमा एमालेका एक वरिष्ठ नेताबीच कुराकानी गराएर उद्घाटन गर्ने योजना बनाएका छौं,' सुमार्गीले भने।
२०६४ फागुनमा यो कम्पनीलाई टेलिफोन सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको थियो। यो कम्पनीले मध्य र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका ५० प्रतिशत भूभागमा कभरेज पुर्‍याएपछि राजधानीमा सेवा सुरु गर्ने भएको छ। सेवा सुरु गर्न आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गीले गुणस्तरीय उपकरणको प्रयोग गरेर सेवा सुरु गर्ने बताइन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by