काठमाडौं, १ असोज (दैनिकी)
तराइमा सशस्त्र आन्दोलनरत जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वालासिंह समूहले ३६ दिनका लागि युद्धविरामको घोषणा गरेको छ।
मोर्चाका अध्यक्ष ज्वालासिंहले हिन्दुहरुको प्रमुख पर्व दशै, तिहार र छठ तथा मुस्लिमहरुको प्रमुख पर्व इदलाई ध्यानमा राखी असोज ३ गतेदेखि कात्तिक ८ गतेसम्म युद्धविराम गरेको जनाएका छन्। संचारकर्मीहरुसँगको कुराकानीमा ज्वालासिंहले यही असोज ३ गतेदेखि कात्तिक ८ गतेसम्म कुनै पनि सैनिक कारबाही नगर्न आफू मातहतका सैन्य समितिहरुलाई निर्देशन दिएको बताएका छन्।
No comments:
Post a Comment