ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

संविधान संशोधन गरेर भएपनि निकास निकालिने

काठमाडौ, २०६६ आश्विन १ - 





माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गरेर भएपनि राष्ट्रपति कदमको बारे निकास निकालिने बताएका छन् । बिहीबार हङकङबाट फर्केका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अरु दलसँग छलफल अघि बढाएर निकास निकाल्ने जानकारी दिए ।







माओवादीले राष्ट्रपतिको कदम नसच्याएसम्म व्यवस्थापिका संसदको बैठक लामो समयदेखि अवरुद्ध गर्दै आएको छ । अवरोधका कारण गत साउनमा सरकारले प्रस्तुत गरेकाे वजेटमाथि पनि व्यवस्थापिका संसदमा छलफल हुन सकेको छैन् ।




आफ्नो हङकङ बसाई क्रममा त्यहाँस्थित नेपालीसँग बर्तमान राजनीतिक परिस्थितिको बारेमासमेत छलफल भएको उनले बताए । साथै आफ्नो भ्रमण सफल रहेको समेत उनले दाबी गरे । अध्यक्ष  दाहाल आइतबार पार्टीको आन्तरिक कामका लागि हङकङ गएका थिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by