ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

'भारतीय नीति हस्तक्षेपकारी'

गंगा बीसी



काठमाडौं, २०६६ आश्विन ३ -  माओवादी स्थायी समिति सदस्य एवं विदेश बिभाग प्रमुख कृष्णबहादुर महराले भारतीय नीति हस्तक्षेपकारी भएको बताएका छन् । चीनको नीति भने ठिक रहेको उनको भनाइ छ । शनिबार कान्तिुरसंगको कुराकानीमा उनले भने, 'हाम्रो लागि चिनीय नीति ठिक छ ।' केही दिनअघि मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहालसंगै हङकङ पुगेर
चिनीय अधिकारीहरुसंग गोप्य भेटघाट गरेको चर्चा चलिरहेको बेला महराको यो भनाइ आएको हो ।

'उस -चीन) ले हस्तक्षेपकारी नीति लिएको छैन' उनल भने, 'चीनसित आतंकित हुनु जरुरी छैन ।' भारतले भने नेपालप्रति हस्तक्षेपकारी भूमिका खलेको उनको आरोप छ । सरकारले माओवादीको माग पुरा नगरे 'जनबिद्रोह'लाई कसैले रोक्न नसक्ने पनि उनले दावी गरे ।



'यस्तै भइरहे ठूलो जनबिद्रोहको जरुरी छ' उनले भने, 'दलहरुबीच सहमति भयो भने मात्र शान्ति स्थापना र संविधान निर्माण संभव छ ।' दलहरुबीच सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गर्दै दोश्रो चरणको आन्दोलनले निणर्ायक मोड लिने समेत दाबी गरे । माओवादी नेतृत्वको सरकारले मात्र जनताको लोकतान्त्रिक संविधान बनाउन सक्ने पनि उनले बताए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by