ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 18, 2009

एकै वर्ष ६ लघु विद्युत् आयोजना

लमजुङ, २०६६ आश्विन २ - जिल्लाको पूर्वी भेगका विकट चारवटा गाविसमा यस वर्ष एकैसाथ ६ लघु जल विद्युत् आयोजना निर्माण पूरा हुने भएका छन् ।पाचोकको किसेदी खोला, इलामपोखरीको छहरे खोला र पैसे खोला, कोल्कीको चिल्ली खोला दोस्रो र क्रिखोला तथा दूधपोखरीको फिरीपैचे खोला आयोजना
निर्माण सकिन लागेको हो ।


किसेदी खोलाको २१, छहरे खोला, पैसेखोला १०/१० र चिल्ली खोला दोस्रो ६ र पैचे खोला ५० किलोवाट क्षमताका छन् । तीमध्ये किसेदी खोला आयोजनाबाट दसै अगाडि बिजुली बल्ने तयारीमा रहेको लघु जल विद्युत् उपभोक्ता समितिका अध्यक्ष टकबहादुर गुरुङले बताए ।
पाचोकको दोभान करेदीमा निर्माणाधीन उक्त आयोजनाबाट वडा ८ माथिल्लो पाचोक, ७ तल्लो पाचोक, ३ बारीगाउँ र २ स्यार्लेका गरी २ सय घर लाभान्वित हुनेछन् । ५६ लाख रुपैयाँ लागतको आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र/ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, गाविस, अर्थ मन्त्रालय र स्थानीयवासीको सहयोगमा बन्न लागेको हो ।  त्यस्तै गत जेठ महिनादेखि निर्माण सुरु भएको फिरीपैचे खोला आयोजना माघभित्र सक्ने योजना रहेको उपभोक्ताले जनाएका छन् । छहरेखोला, पैसेखोला र चिल्लीखोला दोस्रोको काम तीव्र गतिमा भइरहेको छ । क्री खोलाको निर्माण कार्य पनि छिट्टै सुरु हुने जनाइएको छ । सबै आयोजना फागुनभित्र पूरा गर्ने लक्ष्य रहेको सामाजिक परिचालकको भूमिकामा रहेको क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र ग्रामीण सशक्तीकरण समाज दमौलीका परिचालक रामकृष्ण भट्टराईले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by