ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 15, 2009

माओवादी सरकारमा आए नेतृत्व हेरफेर गर्न सकिन्छः एमाले उपाध्यक्ष

रुद्र खड्का, नेपालगन्ज भदौ ३० - सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष अशोक राईले माओवादी यही सरकारमा सामेल हुने हो भने नेतृत्वमा फेरबदल गर्न सकिने जानकारी दिएका छन्। कांग्रेस, एमाले र माओवादीविना संविधान निर्माण सम्भव नहुने धारणा राख्दै राईले मंगलवार नेपालगन्जमा पत्रकारहरूसँग भने, 'राष्ट्रिय सरकार बन्छ भने एमालेले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुनै जरुरी छैन।' सरकारको नेतृत्व गर्न दिन्छौ/दिन्नौ भन्नलाई

एमाले 'कोही' पनि नभएको उनले प्रष्ट पारे।
'अहिले २२ दलले एमालेको नेतृत्व स्वीकार गरेझै राष्ट्रिय सरकार बन्दा अन्य राजनीतिक दलहरूले माओवादीको नेतृत्व चाहिन्छ भन्छन् भने सरकारको नेतृत्व माओवादीले गर्न पाउनु पर्ने एमाले उपाध्यक्ष राईले बताए।
संविधान निर्माणका लागि तीन दलको सहमति आवश्यक भएपनि पछिल्ला घटनाक्रमहरूले तीन दलको दूरी बढ्दै गएका कारण संविधान निर्माण पक्रिया अलमलमा परिरहेको उनले बताए। यदि माओवादी सरकारमा सामेल नहुने हो भने जिम्मेवारी प्रतिपक्षको भूमिका निभाउनु पर्ने माग गर्दै राईले प्रधानमन्त्री र मन्त्रीहरूलाई जहाँ भेट्यो त्यही ढुंगामुढा गर्नु माओवादीको 'बच्चापन' भएको बताए।
केही दिनयता एमाले नेताहरूबीच बढेको विवादलाई भने राईले एमालेभित्र लोकतान्त्रिकरणको नमुना भएको दावी गरे। ...एउटा परिवारमा बस्दा विवाद हुनु, कुरा नमिल्नु सामान्य कुरा हो उनले भने।







No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by