ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 14, 2009

परमानन्द झालाई बम राखेरै हैरान




काठमाडौं, २९ भदौ (दैनिकी)
नेपाली भाषामा सपथ नलिएका उपराष्ट्रपति परमानन्द झाको गौरीघाट स्थीत निजि निवास नजिकै सकेट बम फेला परेको छ। झाको निवास नजिक भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। उनको निवासदेखि १० मिटर परको दुरीमा सकेट बम फेला परेको थियो । 








झाको निवास नजिकै फोहोर फाल्ने स्थानमा सकेट बम फेला पारेको थियो। बम कसले राखेको हो भन्नेबारे केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ। केही साता अघि किराँत वर्कस पार्टीका कार्यकर्ताले झाको निवासमा बम विस्फोटन गराएका थिए। घटनाको जिम्मा कसैले पनि लिएको छैन। सपथ विवादमा मुछिएका उपराष्ट्रपति झाको निवासलाई लक्षित गर्दै यस अघि २ पटकसम्म बम फेला परिसकेको छ।
यसअघि सर्वोच्च अदालतमा आइतबार लिखित जवाफ पठाउँदै उनले आफूले पद तथा गोपनियताको सपथ लिइसकेकाले उपराष्ट्रपतिको कार्यभार सम्हाल्न पाउने भन्दै आफूले उपराष्ट्रपति भएको दाबी गरेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by