ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

राष्ट्रसंघको सहयोगमा जनविद्रोह हु्न्छ : दाहाल

चाँदनी हमाल, चितवन असोज ३- माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई खेलाँची नसम्झन दलहरुलाई चेतावनी दिएका छन् । खेलाँची सम्झने भुल गरे भने राष्ट्रसंघको सहयोगमा जनविद्रोह गर्ने धम्की पनि उनले दिए । 'दशैं तिहारभित्र सहमति भए माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्छ, होइन भने जनविद्रोह हुन्छ', उनले भने- जनविद्रोहलाई राष्ट्रसंघले पनि सहयोग गर्छ । 
क्रान्तिकारी पत्रकार संघ चितवनद्वारा शनिबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दाबी गरे- 'राष्ट्रसंघको बडापत्रमै दलीय असहमति भए जनताले जनविद्रोह गर्न पाउने व्यवस्था छ, त्यसैले पनि राष्ट्रसंघले सहयोग गर्छ। माओवादीलाई खेलाँची ठाने दलहरुलाई नै हानि हुने भएकाले कङ्ग्रेस र एमालॆले दमनको नीति नअपनाए हुन्छ ।' उनले जनविद्रोह चितवनबाटै शुरु गर्ने संकेत गर्दै राष्ट्रिय नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका लागि साथ दिन आग्रहसमेत गरे । माओवादीका एजेन्डामा कङ्ग्रेस र एमालले सम्बोधन नगरे जनविद्रोहको विकल्प नभएकोसमेत उनले दाबी गरे । तर राष्ट्रपतिको क्षेत्राधिकारको विषयमा संसदमा छलफल गर्न दिए माओवादी सहमतिमा आउन सक्ने उनको भनाई थियो । दलहरुले दशैं तिहारभित्र नयाँ सहमतिमा जाने प्रयास गरे जनविद्रोहमा जाने स्थिति नआउने बताउँदै कङ्ग्रेस र एमालेसँग उच्चस्तरीय छलफल चलिरहेको उनले बताए ।

विशेष समितिमा छलफल चलिरहेकाले सेना समायोजन विशेष समितिकै मातहतमा हुने प्रचण्डको भनाई छ । समायोजनका विषयमा आफ्नो पार्टीभित्र पनि आन्तरिक छलफल भैरहेको उल्लेख गर्दै उनले शुक्रबार शक्तिखोरमा माओवादी सेनासँग सेना समायोजन र अयोग्य लडाकुको पुनर्स्थापनाका विषयमा गम्भीर छलफल भएको बताए । 

शान्ति प्रक्रिया र नयाँ संविधानका लागि माओवादी पहिलेजत्तिकै अहिले पनि सक्रिय छ । माओवादीले बाधा नहालेको उल्लेख गर्दै नयाँ संविधान बनोस् र सेना समायोजन होस् भन्ने माओवादीको पनि चाहना छ - उनले खुलाए । 'तर सहमति गराउने व्यक्ति प्रधानमन्त्री माधव नेपाल नागरिक सर्वोच्चताको पक्षमा नआएर अरुको बलमा कुर्सीमा टाँसिएर बसिरहेको उनले बताए । माधव नेपालको कुरै नगरौं, अर्काको बलमा कुर्सीमा टाँसेर बस्नेले सहकार्यको कुरा गर्नु हाँस्यास्पद कुरा मात्रै हो'- उनले भने । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by