रोल्पा,२०६६ भाद्र २९ - सरकारले शान्ति सम्झौताविपरित भारतबाट हतियार ल्याउन लागेको माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले दाबी गरेका छन् । संयुक्त क्रान्तिकारी परिषद्द्वारा रोल्पामा सोमबार आयोजित कार्यक्रममा उपाध्यक्ष भट्टराईले सरकारले भारतबाट माओवादीविरुद्ध प्रयोग गर्न हतियार ल्याउन लागेको विशेष स्रोतबाट थाहा भएको दावी गरेका हुन् ।
उनले केही दिनपछि प्रधानमन्त्री माधवकुमार नेपाल फेरी भारत जाने र हतियार ल्याउने सम्झौता गर्ने उनको दावी थियो । माओवादीविरुद्ध हतियार ल्याएमा आफूहरु फेरी हतियार बोक्न बाध्य हुने भट्टराईले चेतावनी दिए । माओवादीलाई शान्ति वार्ताबाट भगाउन सरकारले षडयन्त्रका तानावाना बुनिरहेको उनले दाबी गरे । अर्का नेता नेत्रविक्रम चन्दले रोल्पाबाट फेरी अर्को जनयुद्ध तयारी गर्नुपर्ने बताए ।

No comments:
Post a Comment