ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 31, 2009

आजको कार्टुन !


प्रतिबद्धता पूरा नहुनु गम्भीर चिन्ताको विषयः महासचिव वान

• राष्ट्रिय सहमतिको सरकार आवश्यक


काठमाडौ/कान्तिपुर 

राष्ट्रसंघका महासचिव वान की मुनले नेपालको शान्ति प्रक्रियाका मुख्य प्रतिबद्धताहरूको अझै कार्यन्वयन नभएको बताएका छन् । शुक्रबार राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा जारी गरिएको प्रतिवेदनमा यसलाई गम्भीर चिन्ताको विषय भनिएको छ । उनले दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतित समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्‍याइरहेको समेत उल्लेख गरेका छन् । साथै उनले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याएका छन् । यस प्रतिवेदनलाई यसै साताको अन्त्यमा सुरक्षा परिषद्ले छलफल गर्ने कार्यक्रम रहेको छ ।

म नै हो उपराष्ट्रपतिः परमानन्द



विजेता सिंह/जनकपुर


उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई उपराष्ट्रपति मानोस या नमानोस तर आफ्नो दावी अहिले पनि यथावत नै रहेको बताउनुभएको छ। जनकपुरमा आयोजित विद्यापति स्मृति पर्व समारोहको अवसरमा शनिवार बोल्दै उपराष्ट्रपति झाले संविधानतः आफू अहिले पनि उपराष्ट्रपति नै रहेको दावी गर्नुभएको छ। उपराष्ट्रपति पदबाट आफुलाई हटाउन अहिले पनि सर्वोच्च

'सोलार कार निर्माता'लाई बधाई र सहयोगको ओइरो



इन्स्युरेन्स कम्पनीद्वारा आठ लाखको कार र दुर्घटना बिमा झन्डै नौ लाखबराबरको आर्थिक सहयोग



रामकृष्ण बोहरा/नयाँ पत्रिका - बाग्लुङ


नेपालमै पहिलोपटक शौर्यऊर्जाबाट चल्ने 'सोलार कार' बनाएपछि एकाएक चर्चामा आएका बाग्लुङका किशोर वैज्ञानिक कुशल केसीलाई आर्थिक सहयोग गर्ने र बधाई दिनेहरूको ओइरो नै लागेको छ । बाग्लुङमा बिहीबार एक पुस्तकको विमोचन गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कुशल निर्मित सोलार कारको अवलोकन गरी सहयोग गर्ने आश्वासन दिएका छन् ।

'नो कम्प्रोमाइज'- प्रचण्ड संग कुराकानी



बिबिसी वल्र्ड सर्भिस ट्रस्टले उत्पादन गरेको 'साझा सवाल' कार्यक्रमबाट । साझा सवालले तयार पारेको प्रचण्डसँगको विस्तृत अन्तर्वार्ता आइतबार राति नौ बजे बिबिसी नेपाली सेवा र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
नेपाली जनताले तपाईंलाई फेरि प्रधानमन्त्री भएको हेर्न पाउँछन् ?
यो कुरा त्यति महत्त्वपूर्ण होजस्तो मलाई लाग्दैन ।

प्याराग्लाइडिङ दुर्घटना


सन्तोष पोखरेल, पोखरा

पाइलटको कुशलताले दुर्घटनामा परेको प्याराग्लाइडिङ क्षतिबिना जोगिएको छ। सराङकोटबाट शनिबार दिउँसो यात्रुसहित उडेको प्याराग्लाइडिङ सन्तुलन बिग्रेपछि दुर्घटनामा परेको थियो।  ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सामान्य दुर्घटनामा पर्दा बेल्जियमकी ६० वर्षिया महिला यात्रु मिमीलाई सामान्य चोट लागेको छ। चालक बुल्गेरियाका 'गेरी' थिए। दुर्घटनामा परेलगत्तै चालकले नजिकैको अग्लो रुखमा लगेर प्याराग्लाइडिङ अड्काएका थिए।

बढे पर्यटक


काठमाडौ, 


प्राचीन सम्पदाले भरिपूर्ण भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ ।  नगरपालिका पर्यटक सेवा केन्द्रका इन्चार्ज दामोदर सुवालले भदौको तुलनामा असोजमा पर्यटक डेढ गुणाले बढेको बताए ।  भदौमा ८ हजार ९ सय पर्यटकले जिल्लाको अवलोकन गरेका थिए । असोजमा बढेर २० हजार ६ सय ३८ पुगे । असोजमा १३ हजार १ सय ८५ गैरसार्क राष्ट्रका र ७ हजार ४ सय ५३ सार्क राष्ट्रका पर्यटकले भ्रमण गरेका थिए । केन्द्रका अनुसार अघिल्लो असोजमा १७ हजार ६६ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।  नगरपालिकाले नगर प्रवेश गर्ने तेस्रो मुलुकका प्रतिपर्यटक ७ सय ५० र सार्क राष्ट्रप्रति पर्यटक ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।  असोजमा पर्यटकीय सेवा शुल्कबाट १ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

राष्ट्रपति राजापाक्षे फर्किए

काठमाडौं, कात्तिक १४ (नागरिक)- 

श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षे तीन दिने नेपाल भ्रमण सकेर शनिबार बिहान ११ बजे स्वदेश फर्किएका छन्। उनले विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं नेपालको शान्ति प्रक्रिया सफल हुनेमा विश्वास व्यक्त गरे। 'नेपालको राजनीतिक स्थिति अलि नाजुक देखें,' राजापाक्षेले भने,'बुद्ध जन्मेको देशमा शान्तिपूर्ण तरिकाले राजनीतिक समस्याको हल हुनेमा म विश्वस्त छु किन कि मैले भेटेका सबै नेता शान्तिकै पक्षमा देखिए। त्रिभुनव विमानस्थल वरपरको कमजोर 'भिजिबिलिटी' ले गर्दा श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षे निर्धारित समय शनिबार बिहान साँढे ९ बजे स्वदेश फर्कन सकेका थिएनन्। 

Friday, October 30, 2009

आजको कार्टून !


नबिलको नजर विदेशतिर


नारायण सापकोटा
राज्यलाई कर बुझाउने पाँचौं ठूलो कम्पनी नबिल बैंकले नयाँ व्यवसाय सुरु गर्ने भएको छ। 'बीमा, सामूहिक लगानी कोष, मर्चेन्ट बैकिङ, लघूकर्जा र सेयर दलाल लगायतका व्यवसाय सूरु गरिने छ' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने।

केएफसी र पिज्जा हट मंसिरदेखि


रोशन अधिकारी/काठमाडौ

विश्व प्रख्यात 'फास्ट प'mुड' केएफसी र पिज्जा हटले मंसिर पहिलो सातादेखि काठमाडौमा शाखा सञ्चालनमा ल्याउने भएका छन् । यी दुवैका शाखाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
दरबार मार्गस्थित अन्नपूर्ण कम्प्लेक्समा दुवैको शाखा खुल्न लागेको हो । केएफसीको शाखा भुइँ तलामा र पिज्जा हट पहिलो तलामा हुनेछ । नेपालमा पहिलोपटक दुई अन्तराष्ट्रिय रेस्टुराँ आउन लागेका हुन् ।

कालापानी र सुस्ताबाहेक सिमाङ्कन सकियो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १३ (नागरिक) 
 
कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालले कालापानी र सुस्ताबाहेक नेपाल भारतबीच सिमाङ्कन बाँकी नरहेको बताएका छन्। संविधानसभाको राष्ट्रिय हितको संरक्षण समितिको बैठकमा प्रधानमन्त्री नेपालले नेपाल भारतबीच ९८ प्रतिशत सिमाङ्कन सकिएको जानकारी दिए। नेपाल र भारतबीच सिमाका बारेमा तयार पारिएको १ सय ८२ ओटा 'स्ट्रिप' नक्सामा नेपाल भित्रै बिबाद देखिएकाले सिमाङ्कन गरी तयार पारिएका नक्सामा दुबै देशको हस्ताक्षर भने हुन नसेकेको प्रधानमन्त्रीले बताए।

आन्दोलनले माओवादीलाई पूर्वराजा ज्ञानेन्द्रको हालतमा पुर्याउने देउवाको चेतावनी

विजय नेपाल/ पोखरा
एकीकृत नेकपा माओवादी आन्दोलनले उसैलाई पूर्व राजा ज्ञानेन्द्रको हालतमा पुर्याउने काँग्रेस नेता शेरबहादुर देउवाले चेतावनी दिएका छन्।“माओवादी आन्दोलन सान्दर्भिक छैन”, नेपाल प्रेस यूनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संसदीय व्यवस्थामा आएर पनि ववण्डर मच्चाउने माओवादी नै पुर्वराजा ज्ञानेन्द्रको हालतमा पुग्नेछन्।” राष्ट्रपतिको कदमविरुद्ध माओवादीले आन्दोलन शुरु गरेर मुलुकमा ववण्डर मच्चाएको आरोप समेत उनले लगाए।

प्रहरीले नै लुटेका थिए ३ लाख डलर



केपी ढुंगाना/नयाँ पत्रिका
सवा दुई करोडभन्दा बढी लुटेको आरोपमा महानगरीय प्रहरीका दुईजना पक्राउ परेका छन् । प्रहरी भएर आफैं यति ठूलो अपराध गर्नेहरूमाथि कस्तो कारबाही भइरहेको छ, महानगरीय प्रहरी आयुक्तबाहेक कसैलाई थाहा छैन । 

गगन थापाले माफी मागे

काठमाडौं कात्तिक १३ (नागरिक) -

नेपाली कांग्रेसका सभासद् गगन थापाले समयमै सम्पत्ति विबरण उपलब्ध नगराएकोमा क्षमा मागेका छन्। नागरिकमा समाचार आएको पर्सीपल्ट संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको जानकारी थापाले शुक्रबार विज्ञप्ति मार्फत जनाएका छन्।

समासद थापाले शुक्रबार जारी गरेको विज्ञप्ति :

नागरिक दैनिकको मिति २०६६।७।१० मा प्रकाशित "१० मन्त्री र १५८ सभासद अटेरी" भन्ने समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ। व्यवस्थापिका-संसद सदस्य लगायत सार्वजनिक पदमा वहाल सबैले प्रत्येक आर्थिक

राष्ट्रपति शासन लगाउन खोजिरहेको आरोप

केशव सावद /कञ्चनपुर

सत्तारुढ नेकपा एमालेका सचिव युवराज ज्ञवालीले केही तत्वहरु अस्थिरता सृजना गराएर मुलुकमा राष्ट्रपति शासन लगाउन खोजिरहेको आरोप लगाउनुभएको छ।  दुई दिने कार्यकर्ता प्रशिक्षणका लागि कञ्चनपुर आइपुग्नुभएका सचिव ज्ञवालीले आज बिहान प्रेस चौतारी कञ्चनपुरले सदरमुकाम भीमनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा यस्तो आशंका देखिएकाले एकीकृत नेकपा माओवादी गम्भिर हुनु पर्ने बताउनुभयो।

'माओवादीको आन्दोलन गैरसंवैधानिक'

सरोजराज अधिकारी /काठमाडौ
 
सत्तारुढ दलहरुले माओवादीको आन्दोलन गैरसंवैधानिक र बृहत शान्ति सम्झौता तथा लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उपहास भएको बताएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार उनकै कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दलको बैठकले राजनीतिक र कानुनी रुपमा माओवादीको प्रतिकार गर्ने निर्णयसमेत गरेको छ ।

नयाँ समीकरणको प्रयास भइरहेछ : दाहाल

काठमाडौं, कात्तिक १३ (नागरिक) -

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ समीकरणको लागि प्रयास भइरहेको जानकारी दिएका छन्। बिबिसी साझा सवाल कार्यक्रमका लागि अन्तर्वार्ता दिदैं दाहालले नयाँ समिकरण बने र सेना प्रमुख थमौति प्रकरणमा राष्ट्रपतिको कदम गलत थियो भन्नेमा दलहरु सहमत भए माओवादी आन्दोलन रोकिने बताए।आन्दोलन भए पनि त्यो हिंसात्मक नहुने र अनुशासित हुने तर्फ पार्टी प्रतिवद्ध रहेको जिकिर अध्यक्ष दाहालले गरे। अध्यक्ष दाहालले आफ्नो पार्टीको जनतालाई दुःख दिने मनासाय नभएको दाबी गरे। दाहालले आफ्नो पार्टीका समर्थकहरु दिन दिनै बढिरहेको भन्दै लाखौं जनता सडकमा उतार्ने दाबी गरे।

Thursday, October 29, 2009

आजको कार्टुन !


माओवादी प्रजातन्त्र सिध्याउने खेलमा : देउवा

दिलिप पौडेल, बाग्लुङ कात्तिक १२ - नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एकिकृत नेकपा माओवादी प्रजातन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन्। 'संसदीय व्यवस्थालाई स्वीकार गर्ने प्रतिवद्धताकासाथ शान्ति प्रक्रियामा आएको माओवादी, अहिले कांग्रेसका नेता तथा कार्यकर्तामाथि आक्रमण गरिरहेको छ', देउवाले भने। 'शान्ति सम्झौता बमोजिम द्वन्द्वकालमा कव्जा गरेका जग्गाजमिनपनि फिर्ता गरेको छैन। अझै, नागरिक सर्वोच्चताको नाम वितण्डा मच्चाउन उद्दत छ,' देउवाले भने - 'माओवादीका हरेक क्रियाकलाप अप्रजातान्त्रिक छन्। यी क्रियाकलापले प्रमाणित गर्छ ,उ (माओवादी) लोकतन्त्र बिरोधी तत्वको रुपमा देखिएको छ।'

उपत्यकामा अधिकांश घर मापदण्डविपरीत • नियमनकारी निकायबीच अनुगमनमा हानथाप


सुशील पौडेल/ काठमाडौ

सरकारी मापदण्ड पालना नगरी घर बनाउने क्रम बढेकाले उपत्यका दिनहुँ अस्तव्यस्त बन्दै गएको छ । यो उपत्यकालाई अस्तव्यस्त बनाउनबाट रोक्ने कुनै निकाय छैन त ?  किन नहुनु, महानगरपालिका र उपत्यका नगर विकास समिति छ नि । तर नियमनकारी निकाय नै अनुगमन गर्ने जिम्मा अर्कोको भएको भन्दै पन्छिने गरेकाले अतिक्रमण गर्नेहरू बढदै गएका हुन् । 

भेडीगोठ छोडेर कम्प्युटर सिक्दै


चौँरी र भेँडीगोठ छोडेर कम्प्युटर सिक्न पाउदा धेरैले भविष्यको योजना बदलेका छन्
ध्रुव दंगाल/नयाँ पत्रिका

कर्थली (सिन्धुपाल्चोक), ११ कात्तिक
कक्षा नौमा अध्ययनरत प्रज्वल पौडेल यतिवेला दंग छन् । उनी दंग पर्नुको कारण हो, हिमाली गाउँमा कम्प्युटर शिक्षा लिने अवसर पाउनु । 'असाध्यै खुसी लागेको छ,' कुनै वेला कम्प्युटरको नाम सुन्दा अचम्म मान्ने उनले भने, 'विद्यालयको पढाइ सकेपछि छुट्टै समय निकालेर कम्प्युटर सिक्नुपर्ने बाध्यता हट्यो ।' हिमाली गाविस कर्थलीको बुँदेपास्थित सुनकोसी उच्चमाविले कम्प्युटर शिक्षाको व्यवस्था गरेपछि पौडेलजस्ता

कोरम नपुगेपछि संबैधानिक समितिको बैठक बस्न सकेन

के यिनले संविधान बनाउछन त?
काठमाडौं १२ कात्तिक(दैनिकी)

नयाँ संविधान बनाउने जनताको भोटबाट जितेर आएका र समयमै नयाँ संविधान बनाउने कसम खाएका सभासदहरु संविधान निर्माणकालागि बस्ने महत्वपुर्ण बैठकहरुमा अनुपस्थित भएपछि बैठकहरु स्थगित हुन थालेका छन् । संविधान निर्माणको सबैभन्दा महत्वपुर्ण समिति संबैधानिक समितिको बैठक आज गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । कुल ६३ सदस्य रहेको समितिमा आज १५ जना मात्रै सदस्यहरु गएपछि बैठक भोलि विहान सम्मकालागि स्थगित गरिएको छ ।

श्रीलंकाका राष्ट्रपति राजधानीमा


काठमाडौ, २०६६ कार्तिक १२ - 

श्रीलंकाको राष्ट्रपति महिन्दा राजपाक्षे धार्मिक भ्रमणका निम्ती बिहीबार काठमाडौ आइपुगेका छन् । राजपाक्षे दम्पतीसगै भ्रमणमा तीन मन्त्रीसहितको झण्डै ७० जनाको टोली आएका छन् । उनीहरु श्रीलंकाको राजधानी कोलम्बोबाट विषेश जहाज चढी काठमाडौ आएका हुन् । अपरान्ह २:४०मा उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । विमानस्थलमा परराष्ट्रमन्त्री सुजाता कोइराला र संस्कृति मन्त्री मिनेन्द्र रिजालले श्रीलंकन राष्ट्रपतिको स्वागत गरेका थिए । विमानस्थलमा संचारकर्मीसंग राष्ट्रपति राजापाक्षेले कुनै प्रतिक्रिया दिएनन् । उनले पछि मात्रै प्रेस संग बोल्ने बताए । शनिबार बिहान उनको पत्रकार सम्मेलन तय गरिएको छ ।

राष्ट्रपति राजपाक्षेको नेपाल भ्रमणका लागी गरिने सुरक्षाका सबै तयारी सम्पन्न भएको बताइएको छ । राजपाक्षे सहितका सबै पाहुनलाई औपचारिक सम्मानका साथ भ्रमण सम्पन्न गर्न गराउन गृह र परराष्ट्र मन्त्रालयले मातहतलाई निर्देशन दिइसकेको छ । 

राजपाक्षे मुख्य रुपमा बुद्धको जन्मस्थान लुम्बिनीको दर्शन गर्ने उदेश्यले नेपाल आउन लागेका हुन । लुम्बिनीमा राजपाक्षेले बुद्धको धार्मिक विधी विधानद्धारा पुजाआजा गराउने कार्यक्रम रहेको छ ।

दुई दिन नेपाल बर्साईका क्रममा राजपाक्षेले राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाललगायतका उच्च अधिकारीहरुलाई भेटने कार्यक्रम छ । राजपाक्षे सहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रेर सोझै होटल सोल्टी पुगेका छन् । साँझ सवा छ बजे होटल याक एण्ड यति जाने कार्यक्रम तय भएको छ । त्यसैगरी शुक्रवार बिहान सवा नौ बजे सोल्टीबाट बिमानस्थल गई हेलिकप्टरबाट लुम्बिनी जाने कार्यक्रम रहेको छ । लुम्बिनीबाट राष्ट्रपति सहितका पाहुनाहरु ३:४५ मा काठमाडौ आई होटल सोल्टी गएर ४:५० बजे महाराजगंजस्थित सित्तल निवास जाने कार्यक्रम छ । राष्ट्रपति सहितको टोली शनिवार बिहान आठ बजे होटलबाट बिमानस्थल पुगी स्वदेश र्फकनेछन ।

राजपाक्षे यसअघि मार्च पहिलो साता नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणमा रहेकै क्रममा पाकिस्तानमा श्रीलंकाली खेलाडीलाई गोली प्रहार भएपछि राजपाक्षे आकस्मिक रुपमा भ्रमण छोट्याएर फर्केका थिए । परराष्ट्रका एक अधिकारीले भने- ुराजपाक्षेको भ्रमण विगतमा भएको अधुरो यात्राको निरन्तरता मात्रै हो ।

सुरक्षा निकायले राष्ट्रपतिको औपचारिक सवारी चलाउन बुधवार बिहान बिमानस्थलदेखि होटल सोल्टीसम्मको पर्ूवअभ्यास गरेका थिए । साँझ सबै सुरक्षा निकाय संयुक्त रुपमा अह्रन खटन सम्बन्धी बैठक गरेका थिए

असन्तुष्ट सभापति बैठकमा नआउने सुजाताको सन्देश




सेरेमोनियल सभापतिसहितको विधान संशोधन मस्यौदाप्रति असन्तुष्ट कांग्रेस सभापति केन्द्रीय समिति बैठकमा अनुपस्थित रहने


नयाँ पत्रिका/बालकृष्ण अधिकारी


बहुमत केन्द्रीय सदस्य पार्टीलाई बहुपदीय अवधारणामा लैजान तयार भएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विधान संशोधन मस्यौदाप्रति असन्तुष्टि जनाएका छन् । उनले बिहीबारको केन्द्रीय समिति बैठकमा नआउने सन्देश पठाई यस्तो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

बेलायती सरकारबिरुद्ध गोर्खा फेरी अदालतमा


काठमाडौ, २०६६ कार्तिक ११ - 
बेलायती साम्राज्यका लागि करिव दुइ सय वर्षको बफदारीपूर्ण सेवा गरेका गोर्खाहरु फेरी तिनै वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा पुगेका छन् । बेलायती सैनिक बराबरको पेन्सन माग गर्दै गोर्खाहरुले मंगलबार बेलायती उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । त्यसमा यस पटक गोर्खा अभियानमा सहभागी जोहन लुम्लेलगायतले साथ दिएका छन् । बेलायतले हङकङ छाडेको समय सन् १९९७ भन्दा अघि अवकास पाएका पर्ूव गोर्खाहरुको पेन्सन बेलायती समकक्षीको बराबर हुनुपर्ने माग रिट निवेदनमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

माओवादी सडकबाट सत्ता कब्जामा लागेको प्रमको आरोप

काठमाडौं, १२ कातिक (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीहरू सदनमा आफ्नो बहुमत नपुग्ने भएपछि जवरजस्ती सडकबाट सत्ता कब्जामा लागेको आरोप लगाउनु भएको छ । नेकपा एमालेको संसदीय दलको बैठकलाइ सम्बोधन गर्दै उहाँले बहुमत पुर्‍याएर सरकार बनाउन माओवादीलाई चुनौती दिदै नभए अहिलेकै सरकारमा सहभागिता जनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री नेपालले माओवादीका अगाडि अन्य दलले आत्मसमर्पण नगर्ने भन्दै प्रधानमन्त्री नेपालले माओवादी अन्य दलहरुले आत्मसमर्पण गरुन भन्ने चाहन्छन् जुन सम्भव छैन भन्दै सहमतिका लागि लचिलो हुन आग्रह गर्नुभयो।

Wednesday, October 28, 2009

आजको कार्टून !

 

नेपालमै सोलार कार


दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-

बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।  उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा

कांग्रेस नेताको सुरक्षामा पाँच सय प्रहरी


विष्णु पौडेल/ नयाँ पत्रिका

कांग्रेसका सात नेतालाई सुरक्षा प्रदान गर्न मंगलबार चितवनमा पाँच सय प्रहरी परिचालन गरिएको छ । त्यतिले नपुगेर उनीहरूको सुरक्षाका लागि राजधानीबाट 'क्लोज प्रोटेक्सन युनिट'समेत मगाइएको छ । तरुण दलको ५६औँ स्थापना दिवसका

दक्षिण एसियामा सेवा व्यापार खोल्ने सहमति


काठमाडौ, २०६६ कार्तिक ११ - अन्तर क्षेत्रिय व्यापारलाई सहज बनाउने र सेवा व्यापारलाई पनि समावेश गर्ने प्रतिवद्धता जाहेर गर्दै दक्षिण एसियली क्षेत्र -सापmटा) मन्त्रीस्तरिय वैठक बुधबार सकिएको छ । व्यापार अवरोधका रुपमा रहेका संवेदनशील वस्तुको सूचि छोट्याउने, भन्सार दरवन्दी घटाउने र सेवा व्यापार लागु गर्ने मिति समेत बैठकले तोकेको छ ।

आतंककारी सूचीबाट हटाउन माओवादीको आग्रह/दाहाल-अमेरिकी राजदूत भेट

काठमाडौ, २०६६ कार्तिक ११ -
 
माओवादीले आफूलाई आतंककारी सूचीबाट हटाउन अमेरिका समक्ष आग्रह गरेको छ । युद्ध छाडेर शान्ति प्रक्रियामा आइसके पनि माओवादीलाई अमेरिकाले आतंककारी सूचीबाट हटाएको छैन । बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग उनकै निवास नया“ बजारमा भेट्न पुगेका नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत जेप|mी एमुनसंग दाहालले उक्त आग्रह गरेका हुन् ।

काङ्ग्रेस पनि प्रतिकारमा उत्रन्छ : देउवा

पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीको ज्यादतीविरुद्ध आफ्नो पार्टी पनि प्रतिकारमा उत्रने चेतावनी दिएका छन्। चितवनबाट पर्वतको पार्टी कार्यालय उद्‌घाटन गर्न जानेक्रममा बुधबार बिहान तनहुँमा पत्रकार भेटघाट गर्दै देउवाले माओवादी प्रतिकारको विकल्प नभएको बताए
'संसारको कुनै पनि देशमा बजेट पारित गर्नबाट रोकेको इतिहास छैन तर माओवादीले बजेट पारित हुन नदिएर गैरजिम्मेवारीपूर्ण व्यवहार गरेका छन्', देउवाले भने। देउवाले एकीकृत नेकपा (माओवादी)ले तर्साएर, धम्क्याएर, मान्छे मारेर एकदलीय हैकमवाद लाद्न खोजेको आरोप लगाए।

माओवादी आन्दोलन जनाबरको जस्तो: नेता ओली

विजय नेपाल पोखरा, ११ कात्तिक

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले आन्दोलनका नाममा गरेका ब्यवहारलाई जनाबरले गर्ने क्रियाकलापको संज्ञा दिएका छन् । "वार्ता र छलफलमार्फत् समस्याको समाधान गर्नुपर्नेमा काँग्रेस र एमालेका कार्यकर्तामाथि माओवादीको ढुंगामुढा प्रहार बोल्न नसक्ने जनाबरले गर्ने ब्यवहार हो", उनले भने । नेपाल सम्बत् ११३० को अवसरमा नेकपा एमाले पोखरा नगर कमिटीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना एवं चियापान कार्यक्रममा बोल्दै उनले भने, "जनाबरले प्रतिक्रिया दिन सिंग अघि सार्छ, बाटो छेकेर ढुंगामुढा गर्ने माओवादी ब्यवहार पनि जनाबरको जस्तो छ ।"

वाणिज्य सन्धि सात वर्षका लागि नवीकरण

बालकृष्ण ज्ञवाली, काठमाडौं,

नेपाल-भारत वाणिन्य सन्धि आगामी सात वर्षका लागि नवीकरण भएको छ। वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र भारतीय समकक्षी आनन्द शर्माले मंगलबार सन्धिमा हस्ताक्षर गरे। वाणिज्य सन्धिसँगै अनधिकृत व्यापार सहयोग सम्झौता पनि भएको छ। सन्धि मंगलबारैदेखि लागू हुनेछ।  प्रधानमन्त्री माधवकुमार नेपालको गत भदौ पहिलो साता भारत भ्रमणका बेला सन्धि नवीकरणमा दुवै मुलुक सहमत भएपछि सचिवस्तरबाट मस्यौदामा हस्ताक्षर भएको थियो।

Tuesday, October 27, 2009

आजको कार्टुन !


देउवाको गाडीमा माओवादी आक्रमण/ आधा दर्जन घाईते

दीपेन्द्र बडुवाल/चितवन


चितवनमा तरुण दलद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा चढेको गाडीमा वाईसीएलका कार्यकर्ताले मंगलबार ढुङ्गामुढा गरेका छन् । आक्रमणवाट देउवाको बा ६ च १०२५ नम्बरको निजी गाडीको सिसा फुटेको छ । देउवा भने सुरक्षित रहेको उनका निजी सचिव भानु देउवाले जानकारी दिए । आक्रमणमा कांग्रेस एकाई समितिका कोषाध्यक्ष ठाकुर बिष्ट घाईते भएका छन् । घटनामा दुवै तर्फका आधा दर्जन घाईते भएका छन् । 

'पार्टीभित्र अन्तरविरोध देखेर माओवादीले आक्रमण गरे'



दीपेन्द्र बडुवाल/नारायणगढ

नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले माओवादीले आफूहरुमाथि आक्रमणको हद पार गरेको भन्दै प्रतिरोध गर्न पार्टी भित्र एकताको खांचो औल्याएका छन् । उनले पार्टी भित्र अन्तरबिरोध देखेर माओवादीले चौतर्फी आक्रमण तीब्र पारेको बताए । उनले आफुले माओवादी आक्रमणको प्रतिरोध गर्न पार्टीलाई मिलाएर लैजान चाहेको बताए ।

नेपाल-भारत वाणिज्य सन्धिमा आज हस्ताक्षर हुने

काठमाडौं, १० कातिक (दैनिकी)

परिमार्जनसहितको नेपाल भारत वाणिज्य सन्धि मङ्गलबारदेखि नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा नवीकरण हुने यस सन्धिमा नेपाल र भारतका वाणिज्य मन्त्रीहरूले हस्ताक्षर गर्नेछन् । नेपालको व्यापार प्रवर्द्धन र भारतसँगको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने गरी पुनरावलोकनसहित नवीकरण हुन लागेको हो । यस सन्धिमा नेपालका उद्योगी व्यापारीले उठाउँदै आएका मुद्दासमेतलाई सम्बोधन हुनेगरी परिमार्जन हुने छ । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार वाणिज्य सन्धिमा हस्ताक्षर हुन लागेको हो । सन्धिमा हस्ताक्षर गर्न भारतीय वाणिज्य मन्त्री आनन्द शर्मा मङ्गलबारै काठमाडौँ आउने योजना छ ।

रक्षा मन्त्रीको भनाई व्यक्तिगत : प्रधानमन्त्री

काठमाडौ, कात्तिक १० (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकु सेनामा समायोजन गर्न नसकिने भन्ने रक्षा मन्त्री विद्यादेवी भण्डारीको अभिव्यक्ति सरकारको नभई भण्डारीको व्यक्तिगत मात्र भएको बताएका छन्। मंगलबार बसेको लडाकुको रेखदेख, समायोजन र व्यवस्थापन विशेष समितिको बैठकमा माओवादी प्रतिनिधिको जिज्ञासामा प्रधानमन्त्रीले लडाकु समायोजन सम्बन्धमा सरकारी धारणा परिवर्तन नभएको बताए। माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सभासद जनार्दन शर्माले रक्षा मन्त्री भण्डारीलगायतका केही मन्त्रीहरुको अभिब्यक्तिप्रति बैठकमा आपत्ति जनाएका थिए। मन्त्रीका त्यस्ता अभिब्यक्तिले शान्ति प्रकृयालाई अबरुद्ध पार्न सक्ने धारणा प्रधानमन्त्री समक्ष व्यक्त गरेका थिए।

माओवादीद्वारा रक्षामन्त्रीको भनाइमा कडा आपत्ति/लडाकुको आचारसंहिता आइतवार निर्णय हुने

काठमाडौ, २०६६ कार्तिक १० -

माओवादीले रक्षामन्त्री विद्या भण्डारीलगायतका केही मन्त्रीहरुको अभिब्यक्तिप्रति मंगलबार कडा आपत्ति जनाएका छन् । उनीहरुले लडाकुको रेखदेख, समायोजन र व्यवस्थापन बिशेष समितिमा यस्ता अभिब्यक्तिले शान्ति प्रकृयालाई अबरुद्ध पार्न सक्ने चेतावनी दिएका छन् । 'हामीले बृहत शान्ति सम्झौताको बिरुद्धमा रक्षा मन्त्रीलगायतले दिएको अभिब्यक्तिमा असहमति राख्यौं' माओवादी नेता जनार्दन शर्माले संवाददाताहरुसंग भने, 'यसले शान्ति प्रकृयालाई सहयोग गर्दैन भन्यौं ।' 

सगरमाथा आधारशिविरमा अन्तराष्ट्रिय वातावरण सम्मेलन गर्ने

कालोझण्डा देखाउने क्रममा प्रहरीसहित ३ घाईते
पवन पौडेल, १० कार्तिक (दैनिकी)

आफ्नो देशको अस्तित्व नै खतरामा परेको भन्दै मालदिभ्सले समुन्द्रमुनि मन्त्रीपरिषदको बैठक भएको केही समय नबित्दै नेपाल सरकारका एक मन्त्रिले जलवायु परिवर्तनका कारण नेपालको हिमालय क्षेत्रमा वातावरणीय समस्या देखा परेको भन्दै सगरमाथाको आधारशिविरमा विश्व वातावरण सम्मेलन गरिने बताएका छन् । वातावरण मन्त्री ठाकुर शर्माले तनहुको सदरमुकाम दमौलीमा आज आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सम्मेलनको प्रस्ताव कोपेनहेगनमा हुन लागेको वातावरण सम्मेलनमा नेपालले गर्न लागेको समेत खुलाशा गर्नुभयो ।

सरकार परिवर्तन गर्न खोजे मधेशवादी दलहरुले संसद अवरोध गर्ने

बुटवल,, कार्तिक १० (दैनिकी)

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गर्न माओवादीले खोजेको भए उसको नेतृत्वमा सरकार वने त्यो सरकारलाई ढाल्न मधेशवादी दलहरुले संसद अवरोध गर्ने चेतावनी दिनुभएको छ । उहाँले विधि सम्वद्ध रुपमा संसदमा वहुमत प्राप्त गरी वनेको सरकारविरुद्ध संसद अवरोध गरेर सरकार गठन गर्न माओवादीले चाहेको भए अव संसद घेर्न मधेशवादी सभासदहरु समेत पछि नहट्ने बताउनुभयो । रिपोर्टस क्लब नेपाल लुम्विनी समन्वय समितिद्धारा आज भैरहवामा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री गच्छदारले संसदमा रहेका मधेशी सभासद्हरु एक भै अव वन्ने सरकारलाई समेत राजिनामा दिन लगाउने चेतावनी दिनुभयो ।

सभामुख अधिकार प्रयोग गर : महत

पोखरा, कात्तिक १० (नागरिक)- 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामशरण महतले संवैधानिक अधिकार प्रयोग गरेर भएपनि अवरुद्ध संसद सुचारु गर्नुपर्ने बताएका छन्। 'सभामुखले दलहरुलाई मिलेर आउनु भनेर मात्रै पुग्दैन' मंगलबार पोखरामा संचारकर्मिसँग महतले भने-.'संविधानले दिएको अधिकार प्रयोग गरी विधेयक ल्याएर भएपनि सभामुखले अवरुद्ध संसद सुचारु गर्नुपर्छ।' संसद सुचारु भए माओवादीको नारावाजीकाबिच बजेट पारित हुने उनको भनाई थियो। महतले माओवादीले मुख्य विषयलाई कम प्राथमिकता दिएर जवरजस्ती संसद अवरुद्ध पारिरहेको आरोप लगाए। 'अहिलेको मुख्य विषय संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने हो' महतले भने- 'तर माओवादीले त्यसैलाई ओझेलमा पारेका छन्।'

Monday, October 26, 2009

आजको कार्टुन !


भारतीय प्रस्ताव सुपुर्दगी सन्धि

काठमाडौ, २०६६ कार्तिक ९ - 

भारतले सुपुर्दगी सन्धि र नक्कली नोट नियन्त्रणका विषयलाई प्राथमिकतामा राखी द्विपक्षीय सुरक्षा बैठक गर्न नेपालसँग प्रस्ताव राखेको छ । आगामी कात्तिक २० र २१ मा काठमाडौंमा हुने गृहसचिवस्तरीय बैठकमा सीमा अपराध र सुरक्षा सहयोगबारे छलफल हुने बताइए पनि भारतले भने सुपुर्दगी सन्धि र नक्कली नोटलाई मुख्य एजेन्डा बनाएको छ । भारतीय पक्षले यसअघि नै दिल्लीमा भएको द्विपक्षीय बैठकमै सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय सम्बद्ध अधिकारीका अनुसार भारतीय पक्षले काठमाडांैमा हुने बैठकमा द्विपक्षीय भरपर्दो संयन्त्रसहितको आश्वासन चाहेको छ । 

ट्राफिकले ड्राइभरका आँखा जाँच्ने

'आँखा खराब देखिए लाइसेन्स खारेज'
गजेन्द्र बोहरा, दाङ कात्तिक ९- 

तपाईँसँग सवारी चालक अनुमतिपत्र छ र तपाईं कुनै सवारी हाँक्दै हुनुहुन्छ भने अब तपाईंको आँखा नि:शुल्क जाँच हुनेछ। बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नका लागि यहाँको ट्राफिक प्रहरीले सबै 'ड्राइभर' को आँखा जाँच गर्ने भएको हो। दाङ ट्राफिकले जिल्लामा सबै सवारी चलाउने चालकको आँखा जाँच गर्ने अभियान सुरु गर्न लागेको हो। ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिलिपसिंह भण्डारीले स्वाथ्यकर्मी तथा प्रविधिका लागि स्वास्थ्य संस्थाको सहयोग खोजिरहेको बताए। ती संस्थाले सहयोग गर्ने भएमा ट्राफिक कार्यालयले सार्वजनिक सूचना गरेर सबै सवारी चालकलाई आँखा जाँच गराउनका लागि आह्वान गर्नेछ।

मधेसमा पनि आन्दोलन सशक्त पार्न निर्देशन


काठमाडौ, २०६६ कार्तिक ९ -

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसमा पनि सशक्त आन्दोलनको वातावरण तयार पार्न निर्देशन दिएका छन् । पार्टीको मधेस राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको सोमबार राजधानीमा भएको बैठकमा उनले मधेसमा संगठन मजवुत पार्दै पार्टीले थाल्ने आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएको सहभागी एक नेताले बताए । बैठकमा मधेस राज्य अन्र्तगतको मिथिला, भोजपुरा र अवध क्षेत्रका नेताहरुको उपस्थिति थियो ।

माओवादीले कार्तिक १५ गतेसम्म दलहरुसँग सहमति नभए सशक्त आन्दोलन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

चीन वा भारतले आणविक परीक्षण गर्दा नेपालले थाहा पाउन सक्ने


लेखनाथ पाण्डे, काठमाडौं, कात्तिक ९- 
नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को एक टोलीले नेपालमा 'सिस्मिक इन्डिकेटर ल्याव' स्थापना गर्न चाहेको छ। 'यसले चीन या भारत कुनै मुलुकले आणविक परीक्षण गर्दा नेपालले पूर्वजानकारी पाउन सक्छ। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आइएइए) ले स्वास्थ्योपचारका लागि उपयोग गरी बाँकी रहेका आणविक विकारहरू सुरक्षित रूपमा नष्ट नभएकामा चिन्ता व्यक्त गरेको छ।

रित्तिँदैछ सेनाको गोलीगठ्ठा


'त्यसैले सञ्चित गोलीगठ्ठा झन्डै सकिइसकेको छ । यही कारण लामो समयदेखि सेनाको दैनिक अभ्यास, फायरिङ प्रभावित भएको छ । यतिबेला ब्यारेकमा गोली नहानेको सिपाही बस्छ । त्यस्तो सिपाही शान्तिसेनामा कसरी जालान्, गोली नै नभएपछि सेनाको अपरेसनल तयारी के होला ?' उनको प्रश्न छ । 
सरोजराज अधिकारी/काठमाडौ, २०६६ कार्तिक ९ - शान्ति प्रक्रिया लम्बिँदै जाँदा नेपाली सेनाले आफ्नो शस्त्र भण्डारबाट गोलीगठ्ठा रित्तिँदै गएको जनाएको छ । वाषिर्क चाँदमारी भनिने अभ्यासका क्रममा मात्रै एक सिपाहीले एक सय राउन्ड गोली 'फायर' गर्छन् । यस हिसाबले प्राविधिकबाहेक ८० हजार सैनिकका लागि वर्षको एकपटक हुने उक्त अभ्यासमा मात्रै ८० लाख गोली खर्च हुन्छ ।  सबैखाले हतियारको नियमित 'फायरिङ' अभ्यासमा वाषिर्क ३० लाखभन्दा बढी गोली खर्च हुन्छ । अर्थात् बितेका पाँच वर्षमा सेनाको नियमित अभ्यासमा पाँच करोडभन्दा बढी गोली खपत भइसकेको छ तर गोली बन्ने कच्चा पदार्थको आयात भने शून्य छ ।

१० कम्पनीका ११ औषधि गुणस्तरहीन


अर्जुन पौडेल/नयाँ पत्रिका

गत वर्ष देशभरि बेचिएका १० कम्पनीका ११ औषधि गुणस्तरहीन पाइएको छ । औषधि अनुगमनको अख्तियार पाएको नेपाल औषधि लिमिटेडले आर्थिक वर्ष ०६५/६६ मा बजारबाट उठाएका औषधिको अनुसन्धानबाट सो तथ्य भेटिएको हो ।

नेपाललाई महिनाभित्रै विशाखापत्तनम् बन्दरगाह

काठमाडौ, २०६६ कार्तिक ९ - व्यापारका लागि कोलकाता/हल्दिया मात्र पाएका मुलुकका व्यवसायीहरूले छिट्टै भारतको विशाखापत्तनम् बन्दरगाह पनि प्रयोग गर्न पाउने भएका छन् । एक महिनाभित्रै दोस्रो बन्दरगाहमार्फत व्यापारका लागि आवश्यक प्रक्रिया टुंगिने अधिकारीले जनाएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणका क्रममा भारतले दोस्रो बन्दरगाह उपयोग गर्न दिने सैद्धान्तिक सहमति जनाएको थियो । उच्चस्तरमा भएको सहमतिलाई नोभेम्बर दोस्रो साता यहाँ हुने अन्तर सरकारी समितिको बैठकले अनुमोदन गर्नेछ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार त्यसपछि बन्दरगाह सञ्चालनको कार्यविधि निर्धारण गर्नुपर्नेछ ।

हाइटीमा नेपाली सेनाको मृत्यु

काठमाडौं, कार्तिक ९ (नागरिक)- 

शान्ति सेनामा हाइटी गएका नेपाली सेनाका हमल्दार पोषराज अधिकारीको मृत्यु भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले कर्तव्य पालनाको सिलसिलामा कार्तिक २ गते उनको निधन भएको जनाएको छ। 

सरकार कसैले ढाल्न सक्दैन : अध्यक्ष राणा

काठमाडौं, कात्तिक ९ (नागरिक) - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई २२ दलको समर्थन भएकाले एकिकृत माओवादीले ढाल्न नसक्ने दाबी गरेका छन् । 'माओवादीले सडकमा उफ्रिएको भरमा सरकार ढल्दैन,' अध्यक्ष राणाले सोमबार रिपोर्टर्स क्लबमा भने,'माओवादीसंग सामर्थ्य छ भने अविश्वासको प्रस्ताव ल्याएर देखाओस् ।' सडक र सदन अवरुद्ध पारेर माओवादीले जनतालाई दुःख दिइरहेको टिप्पणी पनि उनले गरे । लोकतान्त्रिक पद्धति विपरित माओवादी गतिविधि निर्देशित रहेको आरोप राणाले लगाए । बहुमत पुर्‍याउन नसक्ने देखेपछि माओवादीले जताततै अवरोध सृजना गरेको बताए ।

Sunday, October 25, 2009

'माओवादी सहमतिमा नआए बजेट पास गर्न सरकारका दुई विकल्प'

गजेन्द्र बोहरा, दाङ कात्तिक ८-

माओवादी सहमतिमा नआए पनि सरकारले खर्च चलाउनका लागि दुईवटा 'वैकल्पिक' बाटो अपनाउने भएको छ। ती 'विकल्प' जानुपरेमा सरकारलाई माओवादीको सहमति आवश्यक नपर्ने सरकारका प्रवक्ताले बताएका छन्। दाङमा पत्रकारसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शंकर पोख्रेलले कात्तिकभर माओवादी सहमतिमा नआए सरकारले वैकल्पिक बाटो रोज्ने बताएका हुन। उनका अनुसार दुईवटा विकल्पमध्य पहिलो विकल्प माओवादीबाहेकको संसदको बैठकबाट बजेट पारित गर्ने र दोस्रो अध्ययादेशमार्फत् खर्च चलाउनेबारे सरकारले तयारी गरिरहेको उनले बताए।

एमाले र माओवादीबीच नयाँ सहमति

काठमाडौं, ८ कार्तिक (दैनिकी)

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमलाई अप्रत्क्षरुपमा समेट्ने सहमति भएको छ । आइतबार बिहान भएको दुइदलीय कार्यदलबीच बिहान भएको छलफलमा राष्ट्रपति कदमलाई गलत भएको साझा संकल्प प्रस्तावमा उल्लेख नगर्ने तर क्षेत्राधिकार सच्याउन संविधान संसोधन गर्ने सहमति बनेको छ ।  राजधानीको बानेश्वरमा एक माओवादी नेताको घरमा भएको छलफलमा साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमका विषयमा राख्न सकिने शब्दका विषयमा सहमतिको नजिक पुगेको भेटमा सहभागि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

अन्तर्जातीय बिहे गर्नेलाई उल्टै जरिवाना


सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्‍यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन्

औद्योगिक क्षेत्रमा लगानी बढ्यो


विष्णु पोखरेल/नयाँ पत्रिका

औद्योगिक क्षेत्रमा लगानी गर्ने उद्योगी बढ्दै गएका छन् । आर्थिक वर्ष ०६४/०६५को तुलनामा आर्थिक वर्ष ०६५/०६६ यस क्षेत्रमा लगानी गर्ने संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा झन्डै २७ अर्ब रुपैयाँ लगानीका लागि स्वीकृति लिएका छन् । आर्थिक वर्ष ०६४/०६५को तुलनामा गत वर्ष औद्योगिक क्षेत्रमा झन्डै ६५ प्रतिशत अर्थात १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढी लगानी प्रस्ताव स्वीकृत भएको हो । विभिन्न किसिमका उद्योग सञ्चालन गर्न स्वीकृति लिने र उनीहरूले गर्ने लगानी प्रस्तावमा वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


नवीन तिमिल्सिना/ नयां पत्रिका -
विश्वकै लामो तथा मनमोहक पदमार्ग अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने पर्यटक संख्या बढेको छ । सेप्टेम्बर महिनामा पर्यटक आगमनमा देखिएको सकारात्मक परिणामले यो वर्षको पर्यटकीय मौसममा अघिल्लो वर्षभन्दा बढी पदयात्री नेपाल भित्रिने सम्भावना देखिएको छ । यो वर्षको सेप्टेम्बर महिनामा ८ हजार एक सय ७४ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र पदयात्राको अनुमति लिएको राष्ट्रिय प्रकृति संरक्षणको कोषअन्तर्गतको अन्नपूर्ण क्षेत्र समितिले जनाएको छ । गत वर्ष ६ हजार ६ सय ५० पर्यटकले सो क्षेत्रमा पदयात्रा गरेका थिए । अन्नपूर्णमा पदयात्रा गर्ने सार्क मुलुकका पर्यटक गत वर्ष सेप्टेम्बरको तुलनामा झन्डै तीन गुणाले बढी ३ सय ८० बाट ९ सय ४ पुगेका छन् ।

दोश्रो राष्ट्रिय कालीगण्डकी र्याफटिङ महोत्सव हुने

प्रकाश डोटेल स्याङ्जा-८ कार्तिक ।

कालीगण्डकी बेंसीलाई पर्यटकीय जलमार्ग बनाउने उद्देश्यका साथ मनाउन लागिएको दाश्रो कालीगण्डकी रिभर र्याफ्टिङ फेष्टिबल तथा राष्ट्रिय नदि महोत्सव २०६६ आगामी कात्तिक १२ गतेदेखि १५ गतेसम्म स्याङ्जामा संचालन हुनेभएको छ । नेपालकै बहुचर्चित कालीगण्डकी नदिको किनारामा रहेका स्याङ्जाका कुवाकोट रत्नपुर चापाकोट पक्वादी सांखर लगाएतका गाउं विकास समितिलाई पर्यटकीय स्थलको रुपमा घोषणा गराउने अभिप्रायले गत बर्षदेखि कालीगण्डकी रिभर र् याफ्टिङ तथा राष्ट्रिय नदि महोत्सव आयोजना गर्न लागिएको हो ।

'राष्ट्र सङ्घसमेत असफल हुने खतरा'

काठमाडौं, कात्तिक ८ (नागरिक)- 
नेपालस्थित अनमिन प्रमुख करिन ल्यानग्रेनले नेताहरुसँग भेटेर वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरेकी छन्। उनी वर्तमान नेपाली अवस्थाबारे निकै चिन्तित रहेको भेटघाटका क्रममा देखिएको एमाले अध्यक्ष झलनाथ खनालले बताए। संविधान निर्माण र शान्ति प्रक्रियामा देखिएको अवरोधले यस प्रक्रियामा सघाइरहेको संयुक्त राष्ट्र सङ्घ नै असफल हुने सम्भावना देखिएको भनाइ पनि खनालको थियो। 


सुनसरी, २०६६ कार्तिक ८ - 

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले कार्तिक १५ गतेदेखि मधेसमा आन्दोलनको सुरुवात गर्ने बताएका छन् । आन्दोलनको स्वरुपबारे छलफल भइरहेको र केही दिनमै सार्वजनिक गरिने उनले जानकारी दिए । आन्दोलनका सबै कार्यक्रम दवावमुलक हुने त्यसबाट उपलव्धी हसिल नभए बन्द, हडताल लगातयका कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष यादवले बताए ।

नेपालमा पर्यटन 'सन्तोषजनक’



शिला पाण्डे/काठमाडौ, २०६६ कार्तिक ८ - दक्षिण एसियाका पर्यटकीय मुलुकमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको विश्व पर्यटन संगठनले जनाएको छ । संगठनले जनवरीदेखि सेप्टेम्बरसम्म गरेको अध्ययनका क्रममा अन्य मुलुकभन्दा नेपाल आउने पर्यटक बढी भएको औंल्याएको हो ।  आर्थिक मन्दी, कमजोर सुरक्षा अवस्था र अन्य कारणले नेपालबाहेकका देशमा पर्यटक संख्यामा भारी गिरावट आएको छ । यसमध्ये सबैभन्दा बढी पर्यटक घटेको मुलुक पाकिस्तान हो । दोस्रोमा माल्दिभ्स छ ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by